logo

मैले गीत लेख्न छाडेको पाँच बर्ष भयो – शिव हमाल

संबाददाता

Loading…

कृष्ण आचार्य, ८ असार काठमाण्डौ – स्याङजा जिल्ला मलाङकोट गाविसमा जन्मीएका शिव हमाललाई लोक दोहोरी क्षेत्रमा धेरै कलाकारले सम्मान गर्ने र सबैले सहजै चिन्न सक्ने नाम भित्र पर्दछ । करि एक हजार ५ सय गीत सिर्जना गरिसकेका हमालका दर्जनौं हिट गीत छन । आज लोक दोहोरी क्षेत्रमा नाम कमाएका केहि कलाकारहरुलाई कलाकार बनाउनमा उनको धेरै ठुलो योगदान रहेको छ ।

काठमाण्डौमा २०६० सालमा गित निकाल्नकै लागि भनेर प्रेवश गरेका शिवलाई कलाकार बन्ने धोको भने सानै उमेर देखि थियो । सानो उमेर देखी गीत संगीतलाई अत्याधिक माया गर्ने हमालले सम्झनाले आसु झरेको बोलको गीत बाट व्यवसायीक रुपमा गीत लेखनमा हात हालेका हुन ।

गाउ घरमा हुने धेरै प्रतियोगीतमा सहभागी भई पुरस्कार समेत जितिसकेका हमाल स्टेजमा दोहोरी गाउनमा माहिर मानिन्छन ।यसो त धेरै जसो कलाकारहरुले नाम र दाम कमाए पछि आफुलाई त्यस स्थान सम्म पुराउन सहयगो गर्ने सहयोगीहरुलाई विर्सन्छन । त्यस माथी कलाकारीतामा लय तथा शव्द सिर्जना गर्ने व्यक्तिहरु त्यति चर्चामा आउदैनन्, जति उनीहरुले बनाएको गीत गाउने कलाकारहरु चर्चमा आँउछन ।कतिपय अबस्थामा आफुले सिर्जना गरेको गीत चिन्ने तर सर्जक लाई नचिन्ने अबस्था समेत आएको बताउदै त्यो गीत आफुले सिर्जना गरेको भन्दा सबैले अनौठो मान्ने हमालले बताउनुहुन्छ ।


मुना थापा,रामजी खाँड, भागीरथ चलाउने, मेक्सम खाती,जमुना राना,सरिता कार्की,शान्ती श्री परियार जस्ता धेरै नयाँ प्रतिभालाई शिवले कलाकार बनाउनमा धेरै ठुलो भुमिका निर्वाह गरेका छन ।शिव आँफुले गीत र लय सिर्जना गरे बापतको पारिश्रमिक लिन्छन तर त्यस पछि गीतले स्रोता माझ पार्ने प्रभावको भने केहि डेविट क्रेडिट लिन पाँउदैनन् ।

आफ्नै गीत स्टेजमा गएर गाउने कलाकारहरुले पनि लय तथा शव्द सिर्जना गर्ने व्यक्तिको नाम समेत नलिदा शिवलाई सबै भन्दा धेरै दुख लाग्छ । गीतको बास्तवीक मालिकलाई हेला गर्दा दुखको सिमा नहुने उनको भनाई छ । सर्जकले पाउने त्यहि एउटा नाम त हो नि त्यो दिन कसैले पनि कन्जुसाई गर्नु नहुने उनको भनाई छ ।

उनका सहयात्री साथी मध्येका एक गायक कुलेन्द्र विश्वकर्माले लोकदोहोरीको क्षेत्रमा शिवले गरेको योगदानको खुलेर प्रशंसा गर्छन । त्यस्तै लोकदोहोरी गायीका शान्ती श्री परियारले पनि शिवको उच्च मुल्याङन गर्दै गीत संगीतमा उहाँको योगदान महत्वपुर्ण रहेको बताउनु हुन्छ ।

सबै सँग मिलनसार र सबैको सम्मान गर्ने सर्जक भनेर चिन्दछ हमाललाई ।आगामी दिनमा गीत संगितको व्यवसायीक पाटोलाई सुधार गर्नको  लागी केहि कदम चाल्नु पर्ने शिवको सोचाई रहेको छ । प्रतिलिपि अधिकार सम्बन्धी काममा कलाकार र सम्बन्धीत निकाय लाग्नु पर्ने यदि त्यो हुन सकेन भने  गीत संगीत अझ अफ्टेरो बाटोमा जाने उनको ठम्माई छ  । सर्जकको सिर्जना र परिश्रमलाई त्यसै खेर जान दिन नहुने उनको धारण रहेको छ । पछिल्लो समय तिजको गीत सिर्जनामा व्यस्त रहेका हमाललाई इनेपाल खवर डट कमको लागी गरिएको कुराकानीको सम्पादीत अंश प्रस्तुत छ ।

शिव जी करिव १५ सय गीत सिर्जना गरि सक्नु भएको छ धेरै गीत चर्चीत पनि भएका छन । यो क्षेत्रमा आफुलाई कुन स्थामा छु जस्तो लाग्छ ?
म गीत संगीतको एउटा विद्यार्थी हु । मैले यो क्षेत्रमा केहि सिक्दै र केहि जान्दै गइरहेको छु । म भन्दा धेरै राम्रो सिर्जना गर्न सक्ने सर्जकहरु हुनुहुन्छ । त्यसैले पनि म यो क्षेत्रमा स्थान भन्दा पनि केहि राम्रो गर्ने प्रयास गरिरहेको छु ।

पछिल्लो समय धेरै सिर्जनाहरु आफै गाउन थाल्नु भएको छ के गीत नगाए सम्म यो क्षेत्रमा टिक्न गाह्रो रैछ भन्ने लागेर हो ?
विल्कुलै हैन । आज सम्म मैले गीत लेखैकै भरमा यो अबस्थामा छु । तर एउटा सर्जक शिव हमालले गायक शिव हमालललाई सँधै छाँयामा पारेको हुँदा गीत गायनमा पनि हात हालेको हुँ । मैले गायका गीतहरु पनि स्रोता दर्शकले उत्तीकै मन पराइदिनु भएको छ, लाग्छ गायकको रुपमा पनि मलाई स्विकार गर्नु भएको छ ।

यो भन्दा अगाडीका चर्चित गीतहरु चाँहि किन नगाउनु भएको त ?
यो प्रश्न शोभाविक पनि हो । म विगत केहि बर्ष  देखि घाँटीको समस्याले गर्दा गीत गाउन नसकेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहान्छु । जव म त्यो समस्याबाट मुक्त भए म गायन क्षेत्रमा पनि सक्रिय छु ।

आफुले सिर्जना गरेका गीतहरु अरुले गाँउदा कत्तिको न्याय गरेर गाएका रैछन त ? कि त्यो भन्दा आफुले राम्रो गाउर्थे जस्तो लागेको छ ?
हैन मेरा सफल गीतहरु जो जस्ले गाउनु भया,े उहाँहरुले पनि एकदमै मेहनत गरेर गाउनु भयो । सायद मैले गायको भए गीत त्यो अबस्थामा नपुग्न पनि सक्थ्यो त्यसैले मेरो कसै प्रति गुनासो र दुखेसो छैन ।

तपाइैलाइ केहि कलाकारहरुले अल्छी सर्जक पनि भन्छन तपाई गीत रेकर्ड गर्न स्टुडियो छिरे पनि मात्र शव्द लेख्नुहुन्छ रे नि हो ?
हा हा हा….. यो कुरा एकदमै सहि हो । मैले घरमा बसेर गीत लेख्न छाडेको ५ बर्ष हुन लाग्यो । जव गीतको धुन बज्छ जव गायक स्टुडियोमा जान्छ जव मलाई गीत फुर्छ । र सिर्जना पनि राम्रो हुन्छ । जहाँ सिर्जना फुर्छ त्यहि सिर्जना गर्ने छ हो नी ।

कहिले काँँही आफुले सिर्जना गरेको गीत सबैले चिन्ने तर आफुलाई नचिनेको अबस्था आएको छ ?
यस्तो अबस्था मेरो लागी  सर्यौ पटक आएको छ । आफ्नो गीत बजिरहेको हुन्छ । उहाँहरुले मलाई गाली गरिरहनु भएको हुन्छ । कतिले प्रसंसा गरिरहनु भएको हुन्छ । यस्तै परेर गीत बनाएको होला भन्नु हुन्छ । रमाइलो लाग्छ त्यस्ता घटनाले पनि । गायक नायकहरु फुल हुन सबैले चिन्छन हामी जरा हौं कमैले मात्र चिन्छ । तर फुल फुलाउने योगदान जराको कति हुन्छ भन्ने कुरा सबैलाई थाहानै छ ।

८ असार २०७४, बिहीबार ०९:०२ मा प्रकाशित

समाचार

नवनिर्वाचित समानुपातिक उम्मेदवारको बधाँइ कार्यक्रममा यसो भने प्रचण्डले

काठमाडौँ, ५ माघ नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा...... पूरा पढ्नुहोस् »

सत्य मोहन जोशीले भने ः वैदिक संस्कृतिमा आधारित छ विज्ञानको मान्यता पनि

काठमाडौँ, ५ माघ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास...... पूरा पढ्नुहोस् »

जानकारीका लागि शेयर गरौ माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसोमा बन्द हुने

चितवन, ५ माघ –मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर...... पूरा पढ्नुहोस् »

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »