logo

गित संगित नशा हो म यसबाट अलग हुन सक्दीन् : गायिका कल्पना कुसुम

संबाददाता

Loading…

गुल्मीमा जन्मिएर बुटवललाई कर्म थलो बनाउदै शैक्षिक क्षेत्र सँगै साँगितिक क्षेत्रमा एकैसाथ लागिरहेकी र पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी गायिका कल्पना कुशुमसंग अनिल खत्री संग गरिएको कुराकानी ।

  • कल्पना जी स्वागत छ यहाँलाई
    -हजुर धन्यवाद !
  • आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
    -यस्तै हो सधै झैँ स्कुल तथा कलेजमा पढाउछु खालि समयमा साँगितिक कार्यक्रमहरुमा जान्छु विशेष भन्नु पर्दा आफ्नै दैनिकीमा व्यस्त छु ।
  • तपाईको सांगीतीक यात्रा कसरी र कहाँबाट शुरु भयो ?
    -मेरो साँगितिक यात्रा २०६८ सालबाट सुरु भएको हो । मलाई संगीत सानैदेखि नै मन पर्थ्यो पछि सङ्गीत कक्षा लिन थालेपछी झन मोहनी नै लगायो संगीतले । अहिले पनि निरन्तर सङ्गीत कक्षा लिईरहेकी छु ।
  • गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?
    -गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीतले बाच्न सिकायो, यसले थप उर्जा पनि दिएको छ । साथै म आधुनिक सगै लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ ।
  • तपाईलाई अलि फरक किसिमकी गायिका भनेर चिनिन्छ नि ?
    -हजुर मैले सन्देस मुलक गितहरु बढी गाउने गर्छु र दर्शक तथा श्रोताहरुले पनि पढेलेखेकी गायिका भएको भएर त्यस्तै किसिमका गित मात्रै गाउने फरक हुनुहुन्छ भन्नू हुन्छ, यस्तो सुन्दा निकै खुशी लाग्छ । शब्द मन परेमा गाउछु जुन पायो त्यहि शब्द गाउन अप्ठ्यारो लाग्छ ।
  • तपाईको पहिलो एल्बम कुन हो, र त्यसले कति चर्चा पायो बजारमा ?
    -मेरो पहिलो एल्वम भमरा हो । उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा भमरा एल्वम राम्रो रह्यो र मलाई साँगितिक यात्रामा अगाडी बढ्नका लागि प्रेरीत गरायो । गत वर्षको तीजमा लेहंगा लगाउछु नामक तिज गित निकाले त्यो गित निकै नै चर्चित भयो । सोहि गितले मलाई अवार्ड समेत जितायो । त्यपछी गतवर्षको तीजमा पनि शिवजीको दर्शन नामक तिज गित धेरैले मन पार्नु भयो र अहिले रानी चरी तिजगित निकालेको छु र यो गित पनि यतिखेर चर्चामा रहेको छ ।
  • आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?
    -म खास शिक्षा क्षेत्रको मान्छे हु शिक्षा संगै संगीतलाई पनि निरन्तरता दिदै आगामी दिनमा एउटा राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडी बढी रहेकी छु । भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु । गित संगित नशा हो म यसबाट अलग हुन सक्दीन् ।
  • तपाईको साँगितिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
    -मलाई गायन क्षेत्रमा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु । साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपाईहरु अझै गाली गर्नुहोस कुरा काट्दै जानुहोस तर म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गाली र नकारात्मक सोचाइले भन्न चाहान्छु ।
  • पढाई कहाँ सम्म पुराउनु भयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?
    -पढाईको सन्दर्भमा भन्नु पर्दा मैले ः.भ्म्. सम्म अध्यन गरेकी छु । र यो क्षेत्रमा आउनका लागि २०६८ सालमा म निकै बिरामी परे, अनि मलाई व्यस्त र स्वस्थ राख्नको लागि मेरो श्रीमानले संगीत कक्षामा भर्ना गरिदिनु भयो । ततत्पश्चात सङ्गीत क्षेत्र निरन्तर लागि रहेको छु । मलाई यहाँसम्म ल्याई पुराउने प्रेरणाको श्रोत नै मेरो श्रीमान हुनुहुन्छ ।
  • विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
    -यस क्षेत्रमा म अझै नयाँ नै भएकोले होला विदेशबाट त्यति कार्यक्रमका लागि अफर आउने गरेको छैन तर हामी तपाइलाई हाम्रो कार्यक्रममा बोलाउछौ भन्ने धेरै हुनुहुन्छ । तिजको अबसरमा जापानमा हुने कार्यक्रममा जादै छु ।
  • अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
    -आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु । साथै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु । धन्यवाद !

१० श्रावण २०७४, मंगलवार ०३:२५ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »