logo

बल्कोट-काठमाण्डौ सेवा समाजको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न (तस्बिर सहित)

Krishna Acharya

Loading…

अर्घाखाँची, बल्कोट-काठमाण्डौ सेवा समाज, काठमाण्डौंले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीज २०७४ को अवसरमा तीज विशेष दरखुवाउने तथा सास्कृतिक कार्यक्रम आज भदौ ३ गते शनिवार काठमाण्डौमा सम्पन्न गरेको छ ।


बल्कोट (छत्रदेव गाँउपालिका वडा नं. २ र ३ )बाट काठमाण्डौमा आई बसोवास गरिरहनुभएका सवैलाई आमन्त्रण गरी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न पेशा ब्यवसाय गरी वा कुनै कारणले बल्कोट छोडी काठमाण्डौमा बसेका करिब २०० जनाकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा सहभागीहरुले तिजकाे गितमा नाचगान गरी रमाईलो गरेका थिए भने ७० वर्ष पारगरेका २ जना महिला जेष्ठ नागरिक लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हालै तराईमा आएको बाढिले पुर्याएको जनधनको क्षतिमा थोरै भएपनि मलम लगाउनका लागि सवैले आ आफ्नो स्थानबाट सहयोग गर्नका लागि आग्रह गरिएको थियो ।


समाजले विगत केही वर्ष देखि विभिन्न अवसर पारी शुभकामना आदानप्रदान, तिजमिलन तथा बनभोज जस्ता कार्यक्रमहरु गर्दै आईरहेकोछ ।
“काम विशेषले आप्mनो जन्मस्थान छोडी बाहिर रहेपनी विभिन्न कार्यक्रम आयोजना गरी सवैजना भेटघाट गर्दा सामाजिक भावना उत्पन्न हुने, नयाँ पिढिहरु पनी समाजमा घुलमिल हुनुका साथै हाम्रा कला सस्कृतीको बारेमा परिचित हुन पाउछन्” महेन्द्र उ.मा. वि. का पूर्व प्राचार्य ठाकुर प्रसाद पाण्डेले भन्नुभयो ।

कार्यक्रममा बल्कोटकै डा. दिनेश भट्टराई सम्माननीय प्रधानमन्त्रीज्यूको परराष्ट्र सल्लाहकारमा नियूक्ति हुनुभएको तथा सेवा समाजका सदस्य राजेश पन्थी छत्रदेव गाँउपालिका वडा नं. २ को अध्यक्षमा निर्वाचित हुनभएकाले उहाँहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुले आफ्नो कार्यकालमा सकेसम्म धेरै भन्दा धेरै बल्कोटको हितमा कामगर्न अनुरोधका साथ उहाँहरुको कार्यकालको सफलताका लागि शुभकामना ब्यक्त गरिएको थियो ।


सेवा समाजका संयोजक मान बहादुर रायमाझीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा समाजका सहसंयोजक राजेन्द्र भट्टराईले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
छोटो औपचारिक कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, शंकर पौडेल, नारायण भट्टराई, डा. मुक्तिराम श्रेष्ठ, अनिता ज्ञवाली, बावुराम पौडेलले आ आफ्नो मन्तव्य सहित शुभकामना ब्यक्त गर्नुभएको थियो भने समाजका सचिव काशिनाथ पौडेले कार्यक्रममा सन्चालन गर्नुभएको थियो ।

४ भाद्र २०७४, आईतवार ०९:०३ मा प्रकाशित

समाचार

नवनिर्वाचित समानुपातिक उम्मेदवारको बधाँइ कार्यक्रममा यसो भने प्रचण्डले

काठमाडौँ, ५ माघ नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा...... पूरा पढ्नुहोस् »

सत्य मोहन जोशीले भने ः वैदिक संस्कृतिमा आधारित छ विज्ञानको मान्यता पनि

काठमाडौँ, ५ माघ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास...... पूरा पढ्नुहोस् »

जानकारीका लागि शेयर गरौ माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसोमा बन्द हुने

चितवन, ५ माघ –मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर...... पूरा पढ्नुहोस् »

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »