logo

भिडन्तका नाममा मरिन्छकि भनेर पिसाब फेरिन :रञ्जित तामाङ

संबाददाता

Loading…

भदाै २२

१५ माघ ०६० मा बाबुराम भट्टराईको नेतृत्वमा दोस्रो वार्ता समिति बन्यो । उहाँहरू कीर्तिपुरबाट सार्वजनिक हुनुभयो । त्यसपछि हामीमा उत्साह थपियो । माओवादीका मुद्दाहरू पुनरावेदन अदालतले हेर्ने भनियो । हामीले पनि अदालत जाने निर्णय गर्‍यौँ । सुरुमा सँगै भएका बन्दीमध्ये सातजना पुरावेदन अदालत जाने निर्णय गर्‍यौँ । पुनरावेदन गएर रिहा भएकामध्ये दुईजनालाई नक्कली मुद्दा लगाइयो । यातनाका कारणले उहाँहरू डिप्रेसनमा पर्नुभयो ।
जेलनजिकै रहेको लाइब्रेरीमा कसैले कम्युनिस्ट विचारधाराका पुस्तकहरू पढेको छ भने प्रशासनले खोस्ने गथ्र्यो । हामीलाई असाध्यै मानसिक यातना दिइएको थियो । त्यही क्रममा २१ चैत ०६० मा मलाई पुनरावेदन अदालत इलाम झिकायो र रिहा गर्न आदेश दियो । तर, अदालत परिसरभित्रै लखेटेर प्रहरीले पुनः पक्राउ गर्‍यो । त्यो दिन अब मलाई पनि नक्कली मुद्दा लगाएर यातना दिन्छ भन्ने लाग्यो । सुरुमा इलामको जिल्ला प्रहरी कार्यालयमा राख्यो । तर, राति झापा लैजाने भन्यो । मेरो मनमा डर पस्यो । राति झापा लाने क्रममा दोहोरो भिडन्तको नाममा मलाई बाटोमै गोली ठोकेर मार्छन् कि भन्ने लाग्यो । झापासम्म लैजाँदा बाटोमा मनमा धेरै कुरा खेले ।
त्यतिखेर पिसाबले च्यापेको थियो । तर, जबर्जस्ती रोकेँ । भाग्न खोजेको बहानामा सिध्याउलान् भन्ने डरले पिसाबको पीडा दबाएर राखेँ । बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय झापाको हिरासत पुर्‍यायो । त्यो हिरासतमा अन्य माओवादी बन्दी थिएनन् । केही मादक पदार्थ सेवन गरेका व्यक्ति थिए । उनीहरू मलाई थर्काउँथे । भोक खुबै लागेको थियो । त्यसो त बाटोमा प्रहरीले समोसा र तरकारी दिएका थिए । तर, खाएको थिइनँ । विष मिसाएर मार्न खोजेको हो कि भन्नेसम्म सोच्न पुगेँ । झापा प्रहरी कार्यालयमा पुगेपछि भोक लागेको कुरा सुनाएँ । उनीहरूले भात ल्याइदिए । पत्रिकाले छोपेर ल्याएको भातमा १०–१२ वटा साङ्ला मरेका रहेछन् । भोक लागे पनि खान सकिनँ । अब भोकले भन्दा पीडाले मलाई बढी सतायो । त्यो घटनामा आँसु थाम्न सकिनँ । खाना लिएर आउने प्रहरीले माथि–माथिको फालेर खान भन्यो । तर, मैले खाइनँ ।( तामाङ नव निर्वाचित अखिल क्रान्तिकारिका अध्यक्ष हुन् ।)
(नया पत्रिका)

२२ भाद्र २०७४, बिहीबार ०८:५१ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »