logo

जहाज  र  बस भाडा उस्तै बस भाडा १५ सय हवाई भाडा १७ सय

संबाददाता

Loading…

ढकाठमाडौँ, भाद्र २४ – दसैंकै मुखमा विराटनगरबाट काठमाडौं आउने हवाई भाडा अत्यधिक सस्तो भएको छ।  यति सस्तो भएको छ की बस भाडा र हवाई भाडा झन्डै झन्डै बराबरी जस्तो नै छ । बिराटनगरबाट काठमाडौँको लागि छुट्ने माइक्रोबसको भाडा १५ सय रुपैंयाँ छ भने  हवाई भाडा पनि अहिले जम्मा १७ सय रुपैयाँ बनाईएको छ।

शुक्रबारदेखि एक साताका लागि भन्दै विराटनगर–काठमाडौंको हवाई भाडा सस्ताईएको हो । एक ट्राभल्स एजेन्सीका संचालकले भने – ‘आजबाट मात्र हामीले १७ सयमा टिकट काट्न थालेका छौं ‘ यो टिकट डर एक साता भनिएको हो भनिएको छ तर यो भाडा दसैंको टीकाका दिनसम्म रहन्छ की जस्तो देखिन्छ।’ हाल हवाई मार्गबाट काठमाडौं जाने यात्रुको संख्या अत्यधिक कम भएका र अहिले चाडपर्वको बेला हुँदा काठमाडौंबाट विराटनगर आउने यात्रुको ठूलो चाप भएकाले बिराटनगरबाट काठमाडौँ जाने भाडाडर घटेको हो।

दैनिक ६ सयभन्दा बढी यात्रु विराटनगर विमानस्थलबाट काठमाडौं जाउजाउ गर्छन् । केही दिनयता डेढ सय पनि नभएपछि एयरलाइन्सले भाडा घटाएका हुन् । ‘दसैं लागेजस्तो छ, विराटनगर आउने यात्रु छन् तर यताबाट जाने ह्वात्तै घटे,’ यती एयरलाइन्सका स्टेसन मेनेजर प्रेम कुँवरले भने, ‘त्यसैले भाडा घटाउनुपरेको हो ।’ यात्रुको चाप हेरेर भाडा बढाइने कुँवरले बताए ।

२४ भाद्र २०७४, शनिबार २०:४१ मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »