logo

नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।

संबाददाता

Loading…


विकास श्रेष्ठ 


अन्तर्राष्ट्रिय मजदुर संगठन आइएलओका प्रमूखले रोजगार अनुमति प्रणाली इपिएस पुर्नवलोकन गर्न कोरिया सरकारसँग आग्रह गरेका छन् । कोरिया भ्रमणमा आएका आइएलओ प्रमूख गाइ राइडरले प्रवासी मजदुर माथि भेदभाव भइरहेको इपिएस नीति पुर्नवलोकन गर्नुपर्ने बताएका हुन् ।
 
कम्पनी परिवर्तन गर्न नपाएको भन्दै एक नेपाली युवकले आत्महत्या गरेको घटनालाई उद्धृत गर्दै आइएलओ प्रमूख राइडरले इपिएस नीति पुर्नवलोकन गर्न कोरिया सरकारसँग आग्रह गरेका थिए । इपिएस नीति कम्पनीमैत्री मात्र भएको र त्यसले सम्पुर्ण अधिकार कम्पनी मालिकलाई दिएका कारण मजदुरले काम अप्ठेरो वा इच्छा नभएपनि जोखिम मोलेर गर्नु पर्ने बाध्यता रहेको छ । गत महिना काम अप्ठेरो भएको भन्दै कम्पनी साहूसँग लेटर दिन आग्रह गरेपनि नदिएको भन्दै एक नेपालीले आत्महत्या गरेका थिए । इपिएसमा कम्पनी साहुको अनुमति विना मजदुरले आफुखुसी कम्पनी परिवर्तन पाउदैन् । प्रवासी मजदुरलाई गर्ने व्यावहार समान हुनुपर्ने, ज्याला र काम गर्ने वातावरणमा पनि समानता र भेदभाव गर्न नहुने आइएलओको स्पष्ट सिंदान्त रहेको र त्यसको पालना पनि कोरियाका कम्पनीमा हुनुपर्ने राय उनको थियो । उनले मजदुर अधिकारको रक्षा गर्न पनि कोरिया सरकारलाई सुझाव दिएका छन् ।
 
आइएलओका प्रमूख राइडर कोरियामा देखिएको मजदुर समस्याका विषयमा राष्ट्रपति मून जे इनसँग छलफल गर्न गत साता सउल आएका थिए । भ्रमणका क्रममा राइडरले सउलका मेयर पार्क वन सून, श्रम मन्त्री कि योङ र यहाँ मजदुर संगठनका प्रतिनिधीसँग भेटघाट गरेका थिए ।
कोरियामा यहाँको मजदुर संगठनहरु र  प्रवासी मजदुर संघले प्रवासी मजदुर माथि भइरहेको दुव्र्यवहार, भेदभाव अन्त्यका लागि इपिएस प्रणाली खारेज गरी डब्लुपिएस लागू गर्नुपर्ने, मजदुर तीन अधिकार, न्यूनतम ज्याला प्रतिघण्टा दश हजार वोन हुनुपर्ने माग राखि आन्दोलन र जुलुस गर्दै आएका छन् ।

२७ भाद्र २०७४, मंगलवार २१:२२ मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »