logo

अनियमितता गर्नेमाथि कारबाही हुन्छ

संबाददाता

Loading…

विराटनगर( प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा संलग्नलाई कारबाही गर्ने बताएका छन्। निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारमा सत्तासीन दल चुप लागेर बसेको आरोप लागिरहेको बेला देउवा र दाहालले मुख खोलेका हुन्।

देउवाले नेपाल आयल निगमले जग्गा किन्दा अनियमितता भएको पुष्टि भए कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘निगमको जग्गा खरिद प्रकरणमा सरकार मौन बसेको छैन । छानबिन भइरहेको छ’, विराटनगरमा मंगलबार पत्रकारसँग प्रधानमन्त्री देउवाले भने, ‘संसद्का विभिन्न समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यो प्रकरण छानबिन गरिरहेका छन् । त्यसैले सरकारले सिधै हात नहालेको हो ।’ प्रधानमन्त्री देउवाले जग्गा खरिदमा अनियमितता पुष्टि भए संलग्न सबैलाई कारबाही हुने बताए ।

प्रदेश २ मा हुने चुनावी सभालाई सम्बोधन गर्न निस्केका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवालाई विराटनगर विमानस्थलमा पत्रकारले ‘निगमको जग्गा खरिदमा भएको अनियमितताबारे सरकारको धारणा के हो रु’ भन्ने प्रश्न सोधेका थिए ।

संसदको सार्वजनिक लेखा समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै निगम नेतृत्व र सञ्चालक समितिलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिइसकेका छन् ।

चुनावी अभियानमै हिँडेका सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि निगमको जग्गा खरिदमा भ्रष्टाचार पुष्टि भए दोषीमाथि कारबाही हुनुपर्ने बताए । दाहालले पनि विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निगममा बेथिति रोक्न आपूर्तिमन्त्रीलाई निर्देशन भइसकेको जानकारी दिए । ‘जग्गा खरिदमा बेथिति भएको हो भने कडा कदम चाल्नुपर्छ,’ दाहालले भने, ‘मैले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई पनि भनेको छु, यसमा छुट दिनु हुँदैन ।’ आपूर्ति मन्त्री मण्डल उनकै पार्टीका नेता हुन् । यस विषयमा संसदीय समितिले छानबिन गरी अनियमितता भएको निष्कर्ष निकाले पनि सरकार र राजनीति दलका शीर्ष नेताले सार्वजनिक रुपमा मुख खोलेका थिएनन्

नागरिक दैनिक

२८ भाद्र २०७४, बुधबार ०८:५९ मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »