logo

एउटा मदौरु ट्याक्सि र पोखरेली माइकल

संबाददाता

Loading…


सज्जन कुमार सिँह
विहानाको साढे १० भदौ महिना, चर्को घाम र  गर्मि । पोखरामा पछिल्लो चरणमा सिटी बस र  ट्याक्सिको राम्रो व्यवस्था भएको छ । पानी पर्दा बाटो नै फेवाताल हुने महानगरपालिका पोखरामा र त्यहि नगरपालिका हजारौ यात्रीलाइ गन्तव्यमा पुराउन कस्सिएका नगर बस र ट्याक्सि । यस्तै ट्याक्सिहरु सँग टक्कर हानिरहेको एउटा मदौरी ट्याक्सि । २ बर्ष देखि त्यहि मदौरी ट्याक्सि हाकिरहेका छन  पोखरेली माइकलले ।

नया बजार देखि अमरसिँ चोक सम्म जानुपर्ने थियो । बाटैमा सिटी हाल्दै उनले भनिहाले । दाइ जाने हो ?
गर्मिले हपक्क पारेकाे थियो । हिडेर कति जानु । ठिकै छ । जाउ भन्ने लाग्यो । बसि हाले ।

ट्याक्सिमा करङ बाहेक अरु बाकि थिएनन् । एसि चल्छ भाइ ,?” दाइ झ्याल खोल्देउ पुरै एसि नै एसि “। २००४ भन्दा पहिलेको त्यो ट्याक्सि यति बुढो भएको छ ,तै पनि उ चलिरहेको छ । करङ र हड्डि खिइएर छाला सबै च्याउरी परे जस्तै भाकाे बृद्धअबश्था का मान्छे  जस्तै  यो फुच्चे ट्याक्सि पनि  मदौरु छ ।

आन्द्राभुडि नै निस्केला जस्तो गरि गन्नाउने धुँवा फाल्दै हिड्ने यहि मदौरी ट्याक्स्लिे मजस्ता सर्याै यात्रुहरु ओसारिरहको छ ।
भाइ नयाँ रहेछ ट्याक्सि, दुइ जनाको दोस्ती सारै जमेको छ ? मसुक्क मुस्काउदै उनले भने “हो दाइ यो मेरो साथी नै हो । त्यो भन्दा पनि अझै प्रिय जीवन साथी, हाहा लामो हासोको फोहोरा निकाले । जसले दुइ बर्ष देखि मलाइ पालेको छ । देशमा रोजगारी पनि छैन धन्न यहि पुरानो ट्याक्सिले हातमुख जोड्न सघाएको छ ।” उनी केहि गम्भिर बने । बस्नै कठिन लागेको त्यो ट्याक्सि माइकलको कुरा सुनेपछि मलाइ भर्खरै आएको  एवान महेन्द्र बोलेरेा जस्तो लाग्यो ।
दुइ वर्ष अगाडि अाफैले किनेको यो ट्याक्सिले पोखराका सबै गल्ली चाहरेको छ । त्यो पनि १३,१४ बर्ष देखि । कति मान्छे आए बसाइ सरे तै पनि ऊ यहि घुमिरहेको छ । १४ बर्षको बिचमा यसको स्टेरिङमामा १२,१३ जनाको हात लागि सक्यो ।डाईभर फेरिए उ फेरिएन ।
नयाँ प्रहरी प्रमुखले मिटर नचलाउनेलाई कारबाहि गर्ने बताउदै गर्दा त्यो मदौरी ट्याक्सिमा त मिटर सम्म पनि जडान भएको थिएन । मिटरमा जाने कि केमा  ? हाहा दाइ पनि सारै जोक गर्नु हुन्छ । मलाइ त मिटर चलाउन पनि आउदैन त ।
उनले यहि बर्षमा नयाँ टयाक्सि किन्ने बारे पनि बताए । विहे गरेका छौ ? नाइ दाइ गरेको छैन । कहिले काहि यसो छम्माहरुसँग रोमान्स गर्यौ विन्दास लाइफ ।उनि म सँग कुरा गर्न इच्छा जाहेर गरिरहेका थिए । यहाँ ट्याक्सी चलाउनेहरुको लाइफ पनि मज्जाको छ ।

दिन मै कहिले २,३ हजार सम्म कमाइ हुने यो ट्याक्सिले माइकललाइ खुसी दिएको छ तर प्रहरीप्रमुखको अभियानलाइ असफल पारेको छ ।
हरेक मान्छेका नजर किन यातायातमा पर्छ दाइ ,चिटचिट पसिना आएको अनुहारलाइ गाडिको सिसामा हेर्दै उनले भने ?  जब कर्णलीमा गाडि गुल्टिन्छ तब पोखरामा गाडिका छत फालिन्छ । काम गरेर खाना पनि कठिन छ ।उनको दुखेसो चर्को रहेछ । लामा जटापालेका उनलाइ खैरेको हेयर इस्टाइलले लोभ्याएको रहेछ । इ दाइ आफ्नै खालको रौ पाले, शिवजी शैलीको केस देखाउदै भने । ट्याक्सि चलाउदा सबैतिर हिडिन्छ,सबै कुरा बारे थाहा हुन्छ । नयाँ मेयरले पोखरा महानगरपालिकालाइ सुन्दर बनाउन सबैभन्दा पहिले नाली लगाउनुपर्ने सुझाब दिए । पानी आयोकि ट्याक्सि नै सडकमा गाडिन्छ यस्तो कन्त विजोग छ । बाटो र सलल सबैतिर व्यवस्थापन भए पोखरामा आफुले मिटर वाला सरर चल्ने ट्याक्सि हाल्ने र अर्को पटक आउदा मिटर मै चढाएर पोखरा घुमाउने प्रण सम्म गरे ।
पोखरामा चल्ने अधिकांस ट्याक्सिको रेट नै मनपरि छ । जति भनिदिए पनि हुने । मिटरमा नजाने ट्याक्सिलाइ कारबाहि गर्ने भनेपनि कुनै पनि ट्याक्सि मिटरमा जादैनन् । प्रहरी प्रमुखले जसरी पनि लागु गराउने यो नियमलाइ ट्याक्सि चालकले सिधै हासो लाग्दो कुरा भन्छन् । तर प्रहरी भन्छ कसैले अटेरी गरेमा कारबाहि हुन्छ । त्यस्ता निकै पुराना मदौरु ट्याक्सिहरु हटाएर स्मार्ट माइकलहरु सरर मिटरमा हिड्ने बनाउन समयमै कदम चालियोस ।

२८ भाद्र २०७४, बुधबार १७:५० मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »