logo

राजतन्त्र फर्काउने राप्रपाको संकल्प, यस्तो छ घोषणापत्र (पूर्णपाठसहित)

संबाददाता

Loading…

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र फर्काउने मुख्य संकल्पसहित आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मंगलवार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

राप्रपाले चुनावी राजनीतिभन्दा माथि रहने तथा सबैले सम्मान गर विश्वास गर्ने साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको उल्लेख गरेको छ ।

अबको राजसंस्था पहिलेको जस्तो नहुने भन्दै राप्रपाले  परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझाका रुपमा राजसंस्था रहने राप्रपाले दावी गरेको छ ।

मंगलवार ललितपुरस्थित होटेल हिमालयमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको घोषणापत्रमा राप्रपाले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने विषय पनि उल्लेख गरेको छ ।

 

यस्ता छन् राप्रपाका मुख्य संकलप्हरु

दुरदृष्टि : सुन्दर, सवल, समृद्ध एवं समतामुलक राष्ट्र नेपालको निर्माण

– राष्ट्रिय अखण्डता, सार्वभौमिकता, एकता एवं स्वतन्त्रताको संरक्षणप्रति राप्रपा सदैव सचेत रहने छ र प्रतिवद्ध छ ।

–सुन्दर, सवल, समतामुलक एवं समृद्ध ंराष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिका निमित्त राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई चार प्रमुख वैचारिक आधारस्तम्भका रुपमा आत्मसात गरेको छ ।

– जनता बिना राष्ट्रको परिकल्पना हुन सक्दैन । जनता राष्ट्रका आत्मा हुन् । राष्ट्रियता बलियो हुन राष्ट्र बलियो हुनु पर्दछ, अनि राष्ट्र बलियो हुन जनता बलियो हुनु पर्दछ । जनतालाई बलियो बनाउनु भनेको प्रजातन्त्रलाई बलियो बनाउनु हो । त्यसैले, नेपालको संविधान (२०७२) को परिधिभित्र रही लोकतान्त्रिक विधि र प्रकृयाबाट जनमत जिति नेपालमा सामाजिक, आर्थिक एवं राजनीतिक रुपान्तरण गर्नु नै राप्रपाको अभीष्ठ हो । यही महान् लक्ष्य सहित राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण एवं नेपाली जनताको आर्थिक समृद्धिको चाहना परिपूर्तिका लागि राप्रपा तपसिलका संकल्पहरु गर्दछ र Mission Modeको रुपमा अगाडि बढ्ने प्रण गर्दछ । त्यसैले, हामी, राप्रपा ; 

१. सबै धर्मका बिचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनस्र्थापना गर्छौं ।
२. दीर्घकालीन महत्व राख्ने राष्ट्रिय विषयहरुमा जनताको राय बुझ्न जनमत संग्रहको विधि अवलम्बन गर्छौं  ।
३. महिलाको सुरक्षा, स्वाभिमान, सम्मान र समानताकोलागि सशक्तीकरणलाई उच्च प्राथमिकता दिने छौं ।
४. नेपाल बन्दजस्ता कार्यक्रमहरु कहिले पनि गर्ने छैनौं ।
५. नेपालको राष्ट्रियतामा आँच आउने कुनै कार्य गर्ने छैनौं र राष्ट्रिय स्वाधीनताको विषयमा कसैसँग कुनै सम्झौता गर्ने छैनौं ।
६. अल्पसंख्यकहरुको सुरक्षा र संरक्षणमा सदैव लागिरहने छौं  ।
७. स्वास्थ्य सुविधालाई पहुँचयोग्य, गुणात्मक, सस्तो एवं सर्वसुलभ बनाउने छौं ।
८. राष्ट्रिय सुरक्षा, सार्वजनिक हित र वातावरणीय संरक्षणको निमित्त आवश्यक देखिएका बाहेक अन्य सबै आर्थिक क्रियाकलापबाट राज्यको संलग्नता क्रमशः हटाउँदै लानेछौं ।
९. ग्रामीण इलाकामा बैंक शाखा विस्तार गर्ने र प्रत्येक नागरिकको बैंक खाता खोल्ने व्यवस्था गर्नेछौं ।
१०. रुग्ण एवं बन्द भएका औद्योगिक प्रतिष्ठानहरुलाई पुनसंचालन गर्नेछौं ।
११. काठमाण्डौको वीर अस्पताल सरहका अस्पताल सातै प्रदेशमा निर्माण गर्नेछौं ।
१२. शैक्षिक क्षेत्रमा विद्यमान पार्टीकरण र भागवण्डालाई अन्त्य गर्नेछौं र शिक्षालाई राजनीतिको प्रत्यक्ष प्रभावबाट मुक्त तुल्याउने छौं ।
१३. एक घर एक रोजगारीको अवधारणा कार्यान्वन गर्नेछौं ।
१४. सदाको लागि लोडसेडिंग अन्त्य गर्नेछौं ।
१६. आर्थिक तथा व्यवसायिक क्षेत्रमा सिण्डिकेट प्रथा र कार्टेलिंगलाई निरुत्साहित गर्नेछौं ।
१७. जलश्रोतको एकीकृत विकासको लागि एकिकृत जलस्रोत मन्त्रालयको पुनस्र्थापना गर्नेछौं ।
१८. अपराधीको राजनीतिकरण र राजनीतिलाई अपराधीकरणबाट पूर्णतः मुक्त राख्न कटिबद्ध छौं ।
१९. प्रशासनलाई राजनीतिकरणको प्रकोपबाट पुर्णतः मुक्त तुल्याउने छौं ।
२०. राष्ट्रिय स्वार्थ र स्वाभिमान रक्षाको लागि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं ।
२१. बाह्य शक्तिको सहयोग अभिवृद्धिका निमित्त आर्थिक कुटनीतिलाई जोड दिनेछौं ।
२२. राजनैतिक सुधारको लक्ष्य हासिल गर्न तथा आर्थिक वृद्धिदर बढाउन जनमुखि भूमिसुधार लागु गर्नेछौं ।
२३. सबैलाई शिक्षा भन्ने मान्यता अनुरुप विद्यमान शिक्षा प्रणालीमा आमूल सुधार गर्न तत्काल ‘राष्ट्रिय शिक्षा सुधार आयोग’ गठन गर्नेछौं ।
२४. उच्च शिक्षा आर्जन गर्न चाहने गरीब तर जेहेन्दार विद्यार्थीलाई विनाधितो दीर्घकालीन शैक्षिक ऋण पाउने व्यवस्था गर्नेछौं ।
२५. प्रत्येक नागरिकको जिऊ–धनको सुरक्षाको ग्यारेण्टिका साथ कुनैपनि प्रकारका हिंसा र आतंकलाई जरै देखि निर्मुल गर्नेछौं ।
२६. निजी क्षेत्र, सार्वजनिक क्षेत्र र जनताको प्रत्यक्ष साझेदारीमार्फत आर्थिक क्रान्तिलाई अगाडि बढाउँनेछौं ।
२७. प्रत्येक नेपालीले बिना कुनै झन्झट÷दुःख÷अवरोध नागरिकताको प्रमाणपत्र पाउनु पर्दछ । कुनै पनि नेपाली नागरिक नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित नहोस् भन्ने मान्यतालाई दृढता पूर्वक पालना गर्नेछौं  ।
२८. पारदर्शिता, जवाफदेहिता र कानुनी राज्यजस्ता मान्यता र सिद्धान्तलाई अवलम्बन गरी भ्रष्टाचार शुन्य प्रशासनको प्रत्याभुति दिलाउछौं ।
२९. खेलकुद, साहित्य, कला, संस्कृति र चलचित्रको उत्थानमा विशेष जोड दिनेछौ ।
३०. प्रत्येक नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्नेछौं ।
३१. १० वर्षमा १० हजार मेघावाट विद्युत्त उत्पादन गर्ने योजना कार्यान्वन गर्नेछौं ।
३२. सबै प्रकारका जातीय भेदभाव र शोषणको अन्त्य गर्नेछौं ।

घोषणापत्रको पूर्णपाठ

२१ कार्तिक २०७४, मंगलवार १३:०५ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »