logo

दक्षिण कोरियामा आत्महत्या तथा आकस्मिक मृत्युका कारणहरु

संबाददाता

Loading…

लेखक गुरुदत्त न्यौपाने

पछिल्लो समय दक्षिण कोरिया नेपाली यूवाहरुको एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ।रोजगारीको शिलशिलामा रोजगार अनुमति प्रणाली ९भ्एक्० मार्फत धेरै युवाहरु दक्षीण कोरियाका औधोगिक,कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने क्रम जारी छ।आम्दानिको दृस्टिकोणले अरु गल्फ मुलुकहरुमा भन्दा राम्रो भएको कारणले पनि युवाहरु यतातर्फ आकर्षित छन।नेपालमा बिधमान राजनैतिक अस्थिरता,परिवारको आर्थिक अबस्था, बेरोजगारी,शैक्षिक योग्यता अनुसार काम नपाउनु साथै पाईहाले पनि पारिश्रमिक एकदमै कम हुनुका पछाडि वैदेशिक रोजगार आकर्षित छ।वैदेशिक रोजगारको नाममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल को बाटो भएर दिनहुंजसो हजारौं युवाहरु आफ्नो मातृभूमि छोडेर आकाशको यात्रा तय गर्छन।बैदेशिक रोजगारी ले एकातिर रेमिट्यान्स भित्राएर समग्र रास्ट्रको आर्थिक विकासमा कांध थापेको छ भने अर्कोतर्फ बर्शेनि शिक्षित जनसक्ति अदक्ष कामदारको रुपमा बैदेशिक रोजगारिको नाममा बाहिरिनु भबिस्यमा देशकै लागि अभिसाप सरह हुनेत होइन भन्नेजस्ता प्रश्नचिह्न खडा भएका छन।

रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जाने युवाहरुको संङख्या पनि बर्षेनि बढदो क्रममा छ।रोजगार अनुमति प्रणाली लागु भए यता दक्षिण कोरियामा नेपालिहरुको सङख्या झन्डै ५०,००० को हाराहारि पुगेको छ।नेपालको परिप्रेक्ष्यमा दक्षिण कोरिया जाने १८ देखि २५ बर्ष उमेर समुहका ं२ तथा स्नातक पढदै गरेका युवाहरुको संङख्या उच्च छ।बिधार्थि उमेरमा नेपालमा कामको नाममा सिन्को नभाचेका,परिवारमा बुवा आमाले पुलपुल्यायर पालेका,अभाबको महशुश नगरेका,जिम्मेवार बहन नगरेका साथै घरमा सेठ पल्टेर खाएका युवाहरुलाइ दैनिक १२र१५ घन्टाको कामको प्रेशर तथा त्यहाको ब्यस्त दैनिकि संग हेलमेल हुनको लागि हम्मेहम्मे पर्छ।त्यो पारिवारिक पृस्ठभुमि बाट हुर्केका व्याक्तिहरु छिट्टै मानसिक तनाबमा पर्ने गरेका छन।हुनत मानसिक तनाब नभएका मान्छेहरु यो संसारमा सायदै छैनन होला।मानसिक तनाबमा पर्नु ठुलो कुरा पनि होइन तर त्यसको सहि ब्यबस्थापन गरेर अगाडी सबैभन्दा महत्वपुर्ण पक्ष हो।जसले समस्यालाइ सारथि बनायर सुख र दुःख जिन्दगीका पाटा हुन भन्ने स्विकार्छ उसले अर्थपुर्ण जिन्दगी जिउन सक्छ तर त्यसको ठिक बिपरित जसले समस्या,बाधा,अडचन र संघर्ष लाइ सारथि बनाउन सक्दैन त्यो मान्छे मानसिक तनाब मा फस्दछ।जब तनाब ले चरम बिन्दु पार गर्दछ तब उसले त्यसको अन्तिम समाधान आत्महत्या रोज्दछ।

पछिल्लो समयमा कोरियामा नेपाली युवाहरुको बिभिन्न कारणले मृत्यु भएका खबरहरु सामाजिक संजालमा छ्यापछ्यापति सरदर मासिक २र३ वटा घटना को दरले समाचार हरु पढनुपरेको तपाइहरु माझ सर्वविदितै छ।जसमा औधोगिक दृर्घटना,हृदयधात,डिप्रेशन तथा अन्य बिभिन्न कारणले ज्यान गुमाउने हरु छन।यो हाम्रो लागि दुर्भाग्य तथा चुनौती को बिषय बनेको छ।कोरिया गएर कतिपय युवाहरुले आफ्नो परिवारको आर्थिक अबस्थालाइ कायापलट गरेका थुप्रै उदाहरण भएतापनि केहि युवाहरुले परिवारलाइ कहिल्यै सन्चो नहुने घाउ बनाईदिएर संसारबाट बिदा भयका छन।यो निर्णयले भलै उसको समस्या त समाधान होला।तर परिवारलाई थप समस्या थुपारेर लिएको निर्णय को कुनै तुक हुदैन।

कोरियामा नेपाली युवाहरु मानसिक तनाब यानिकि डिप्रेसन मा पर्ने कारणहरु धेरै छन।जसमा नेपालमा जस्तो सोचेको थियो वास्तबिकता मा त्यस्तो नहुनु,बृद अशिक्षित मान्छेहरु संग काम गर्दा उनिहरुको बिचार संग हेलमेल हुन नसक्नु,भाषागत समस्या,आफुलाई निको हुन नसक्ने रोग लागेको थाहा हुनु,कार्यक्षेत्रमा दिनहुंजसो दुब्यबहार तथा झगडा पर्नु,त्यहांको ब्यस्त दैनिकि संग समायोजन हुन नसक्नु,आफ्नो कामसंग रमाउन नसक्नु,कम्पनि छोडन साहुबाट लेटर नपाउनु,आफ्नै नेपालि साथिहरु द्वारा हेपिनु,त्यहांको संस्कृति,वातावरण,खानपानमा रमाउन नसक्नु,बस्ने ब्यबस्था भनेजस्तो नहुनु,आफ्नै रुममेट संग पर्याप्त संचार नहुनु,नेपालमा भयका परिवारसंगको झगडा तथा बेमेल,प्रेममा असफल हुनु जस्ता धेरै कारणहरुले नेपाली युवाहरु मानसिक तनाब९डिप्रेसन०को शिकार भएका छन।मानसिक तनाब को लेबल उच्च हुदैगर्दा आत्महत्या का शोचहरुको बिजारोपण हुन्छ।

मानसिक तनाब बाहेक मृत्युहुने अरु कारणहरु पनि ब्याप्त छन।अत्यधिक धुमपान तथा मधपान गरि बेहोश तालमा सुत्नु,कोठामा पर्याप्त मात्रामा अक्सिजनको परिबहन नहुनु,जाडो समयमा झ्यालढोका तथा भेन्टिलेशन बन्द गर्नु तथा बोइलर,हिटर जस्ता हिटिङ उपकरण को तापक्रम मेन्टेन नगरि सुतिदिनाले कोठामा भएको अक्सिजन तथा शरिरमा भयको पानीको मात्रा ति हिटिङ उपकरणले शोशिदिनाले शरिरलाई चाहिंने अक्सिजन अभाब तथा डि(हाईड्रेशन का कारणले कतिपयले अकालमै आफ्नो ज्यान गुमाउनु परेको छ।साथै औधोगिक क्षेत्रतर्फ कामगर्ने हरुले लगातार रुपमा स्वचालित तथा म्यानुअल मेशिनमा काम गर्नुपर्ने भएकोले अत्यधिक मदिरा शेबन गरि काम गर्नाले,अनिद्राको कारणले,काम गर्दा मन अन्तै डुलाउनाले,मानसिक तनाबको कारणले,पारिवारिक झैझगडा,कार्यस्थलमा हुने दुर्वबहार का कारणले औधोगिक दुर्घटना भई अंगभंग तथा ज्यानै गुमाउने जस्ता घटनाहरु पनि बढिरहेका छन।

जहां ईच्छा त्यहां उपाय भनेजस्तै हरेक समस्याको कहिं न कहिं समाधान लुकेकै हन्छ।समस्या आउछ त समाधान लिएर त्यसैले माथि चर्चा गरिएका कतिपय समस्याहरुलाई सहि पहिचान गरेर हामीआंफै ब्याक्तिगत तबरले पनि समाधान गर्नसक्छौं भने कतिपय समस्याहरु समाधान गर्न साथिसमुह,बिशेशज्ञ ,संबन्धित निकाय तथा संघसंस्था हरुले महत्वपुर्ण भुमिका खेल्दछन।हामी नेपालीहरु कतिपय सानातिना,झिनामसिना कुराहरुलाइ वेवास्था गर्छौं तर पछि गएर तिनै साना झिनामसिना कुराहरु बिकराल भइदिन्छन।हामीहरुले सामान्य खानपान तथा सुत्ने बानीमा मात्रै सुधार ल्यायौंभने पनि कतिपय समस्याहरु आंफै हल हुन्छन।समयमा खाने,सुत्ने,उठने,ब्यायाम गर्ने,मादक पदार्थ तथा धुमपान नगर्ने,कोठाको भेन्टिलेशन रेगुलर चेक गर्ने यानकि कोठामा प्रशस्त मात्रामा अक्सिजन छिर्ने ब्यबस्था मिलाउने,सुत्नु अगाडि ठुलो भांडोमा पानी भरेर कोठामा राख्ने जसले गर्दा कोठाको आद्रता मेन्टेन भइ शरिरमा डि(हाइड्रेशन हुन पाउदैन,हिटर तथा हिटिङ उपकरण को तापक्रम दिनहुंजसो घटबढ गराईरहने,साथै आफ्ना समस्या साथी हरुलाइ शेयर गर्ने,फुर्सदको समयमा साथीहरु संग घुम्न जाने रमाइलो गर्ने,नेपाली संघसंस्था हरुले आयोजना गरेका सांस्कृतिक कार्यक्रम,पार्टि ,पिकनिक तथा भ्रमणमा सहभागी हुने,बिदाको समयमा मनपर्ने परिकार साथीहरुसंग मिलेर बनाएर खाने,छुसक तथा सलनालमा आफ्नो गाउंठाऊं का साथीहरुसंग भेटि सुख दुःख शेयर गर्ने,नजिकैको बिदेशी सहयोग संस्था मा गइ त्यहां आयोजना गरिएका बिभिन्न कार्यक्रममा सहभागिता जनाउने,गितार ,कम्प्युटर तथा कोरियन भाषा साथै बेलाबेलामा ज्च्म् ले आयोजना गर्ने तालिमहरुमा सहभागी हुने,घरपरिवार संग नियमित रुपमा इन्टरनेटको माध्यमबाट अपडेट भईराख्ने,गुगलबाट बिभिन्न कुराहरु सर्चगरि सिक्ने,साथै आफुलाइ मनपर्ने गितसुन्ने तथा मुभिहरु हेर्ने ,गेम खेल्ने गर्नाले मानसिक समस्याहरुलाइ न्युनिकरण गर्न सकिन्छ।

मानसिक तनाब दक्षिण कोरियामा यउटा बिकराल समस्याको रुपमा खडा भएको छ।यसलाई न्युनिकरण गर्न बिलम्ब गर्नुहुदैन।सम्बन्धित निकायहरुले यसको बारेमा गहन अध्ययन गरेर छिट्टै न्युनिकरण गर्ने उपायहरु प्रतिस्थापन गर्नुपर्ने देखिएको छ।हुनत बेलाबेलामा कोरियामा भएका जिम्मेवार संघसंस्था हरुबाट यस बिसयमा कार्यक्रम नभएका भने होईनन तर जति प्रभाबकारी हुनुपर्ने हो त्यो उचाइ सम्मचांही नभएकै हो।नेपाली दुताबास,गैर आवासिय नेपाली संघ साथै बिभिन्न जिम्मेवार संस्थाबाट बेलाबेलामा नेपालबाट नशा तथा मानशिक रोग बिशेशज्ञ हरुलाई कोरिया बोलाएर प्रतयक्षरुपमा काउन्सेलिङ प्रोग्राम तथा मानसिक रोग लागेको पहिचान भएका ब्यक्तिहरुलाइ सल्लाह तथा उपचार साथै जटिल नै समस्या भएकाहरुलाइ सुरक्षित देश फिर्ति गर्न सकेपनि केहिमात्रामा यो समस्यालाई हल गर्न सकिन्थ्यो किरु

कोरियामा मानसिक समस्यामा हुनुहुन्छ भने म तपाईहरुलाई के भन्न चाहन्छु भने सर्वप्रथम त तपाईहरुले आफुले आफुलाई विस्वास गर्नुस।त्यसपछि नेपालबाट संगालेका सबैसबै सपनाहरुलाइ सम्झनुहोस।परिवारको भविस्यको बारेमा सोच्नुहोस,आमाबुवा तथा परिवार प्रतिको जिम्मेवारि सम्झनुहोस,तपाइ बिनाको परिवारको भबिस्यको बारेमा कल्पना गर्नुहोस।साथै २ दिनको जिन्दगी जतिसक्दो भरपुर हांस्नुहोस,खेल्नुहोस,रमाउनुहोस।सोच्नुहोस कि तपाइ तपाईको मात्र जिन्दगि जिउदै हुनुहुन्न,तपाइहरुकै भरमा यहां नेपालमा सुन्दर जिन्दगीको कल्पना गर्ने परिवार हुनुहुन्छ भन्ने सोच्नुहोस,काम गर्न सक्नुहुन्छ गर्नुहोस परिवाको आर्थिक अबस्था सबल बनाउनुहोस,सक्नुहुन्न नेपाल फर्कनुहोस आफ्नो जिन्दगि त्यहां गयर नसेलाउनुहोस।

साथै हाम्रो चाहना देशमा छिट्टै राजनैतिक स्थिरता कायम होस।यो देशको माटोमा जन्म लिएका हामी यहि देशको माटोमा कोरियाकै जसरि श्रमदान गर्न पाऔं।कोरियामा सिकेको सिप,श्रम र पुंजीलाइ आफ्नैदेश मा खन्याउन पाऔं। विदेशी माटोमा लतपतियका हामी सारा नेपाल आमाका सन्ततिहरु आफ्नै मातृभुमी मा फर्किएर देशलाइ समृद्दिको बाटोमा अग्रसर गराउन सकौं।

र अन्त्यमा आत्महत्या समस्या समाधानको पुल होईन।समस्या संग हतासियर गलत निर्णय नगरौं।समस्या संग जुध्न,भिडन सिकौं साथै सबैको कोरिया बसाइ सफल र रमाईलो बनोस ।स्वस्थ रहनुस,ब्यस्त रहनुस।

कोरियाको ४ बर्ष १० महिने
कार्यकाल पश्चात
हालबुटवल रुपन्देही,नेपाल

३० कार्तिक २०७४, बिहीबार १५:३६ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »