logo

एक पटक मौका दिनुस्, मुस्ताङमा आमुल परिवर्तन ल्याउँछुः तुलाचन

संबाददाता

Loading…

प्रेम प्रसाद तुलाचन मुस्ताङी जनताका लागि कुनै नौलो नाम हैन् । आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन एक निःस्वार्थ समाजसेवा गर्ने व्यक्ति हुन् । थासाङ गाउँपालिकामा जन्मे हुर्किएका तुलाचन जिल्ला तथा समाजलाई विकासको गतिमा लैजाने सामाजिक अगुवा हुन् ।
सानै उमेरदेखि समाजका विभिन्न काममा नेतृत्वदायि भूमिका निर्वाह गदै आएका तुलाचन समग्र जिल्लालाई अगाडी बढाउन अहोरात्र खटिरहे । मुस्ताङका प्रख्यात निर्माण व्यवसायी एवं विभिन्न व्यवसायमा संलग्न तुलाचन राष्ट्रलाई समयमा र सबैभन्दा बढि राजस्व दाखिला गर्ने प्रदेश नं. ४ कै उत्कृष्ट र इमान्दार करदाता पनि हुन् ।
राष्ट्र विकास र परिवर्तनका लागि उनी २०४६÷०४७ को आन्दोलन र ०६२÷०६३ को आन्दोलनमा सकृय रुपमा लागेका थिए । तुलाचन जिविस सदस्य हुँदै, क्लव, थाक खेलकुद तथा साँस्कृतिक विकास संघ लगायतका सामाजिक संघसंस्थामा आफुलाई सकृय राख्दै समाजसेवा गरिरहेका छन् । विकासप्रेमी, बौद्धिक एवं जुझारु व्यक्तित्व प्रेम प्रसाद तुलाचन संग पत्रकार केशव विकले गरेको कुराकानी ।
१. जनताको घरदैलोमा पुग्नु भएको छ, कस्तो छ प्रतिक्रिया ?
चुनावी प्रचारको लागि हामी जनताको घरदैलोमा पुगेका छौँ । जनताहरु बाम गठबन्धनका उम्मेदवार प्रति आसावादी र धेरै खुःसी भएका छन् । मतदाताहरुको सकरात्मक प्रतिक्रिया पाएको छु ।
२. मुस्ताङी जनताले तपाईको उम्मेदवारीलाई कसरी लिएका छन् ?
जनताले पटकपटक एउटै उम्मेदवारलाई जिताएर पठाईरहँदा पनि मुस्ताङमा विकासका गतिविधिले तिव्रता पाउन सकेनन् । यहाँका जनता सँधै विकट ठाउँका भनेर चिनिनु प¥यो । जिल्लामा सोचेँ जस्तो विकासका कामहरु नहुँदा जनताले हैरानि व्यहोर्नु परेको तितो यथार्थ हामीहरु माझ जगजहेर नै छ । म एउटा सामाजिक एवं जनताको अगुवा भएकाले जीवनको यो घडी सम्म आइपुग्दा पनि मैले सदैव जनताको सेवामा लागिरहेको कुरा सम्पूर्ण जिल्लावासी आदरणीय जनसमुदायलाई थाहा भएकै कुरा हो । संधैभरि एउटै अनुहारलाई जिताएर पनि विकासको अनुभूति पाउन नसकेका मुस्ताङे जनताले नयाँ नेतृत्व अर्थात बाम गठबन्धनबाट मेरो नेतृत्व चाहिरहेको अवस्थामा मेरो उम्मेदवारीलाई सकरात्मक रुपमा लिइरहेका छन् ।
३. समग्र जिल्लाको विकासका लागि तपाईको प्राथमिकतामा के–के छन् त ?
मुस्ताङको विकास र समृद्धिका लागि बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नतीको कार्यलाई तोकिएको समय भित्र सम्पन्न गराउन सचेत गर्दै उत्तरी कोरला नाकालाई व्यवस्थित र नियमित रुपमा खोल्ने कार्यमा विशेष अग्रसरता देखाउने, जिल्लाका प्रत्येक गाउँमा सडक संजालको विकास र विस्तार गर्ने, जिल्लाका प्रत्येक गाउँ वस्तीमा ग्रामिण विद्युत र संचार सेवा पु¥याउने, पर्यटन व्यवसायको सम्मुचित प्रवद्र्धन र सम्वद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण कार्यलाई प्राथमिकता दिने र होम स्टे तथा ग्रामिण पर्यटनको विकास अभियानलाई विस्तार गर्ने, जिल्लामा रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको उचित संरक्षण र सम्बद्र्धन गर्ने कुरा प्राथमिकतामा छन् ।
त्यसैगरी औधोगिक ग्रामको स्थापना गरी रोजगारीको सृजना गर्ने, स्वदेशमा लगानीको वातावरण सृजना गर्ने, जिल्लालाई कृषि, पशुपालनमा आधुनिकिकरण गरी निर्यात बढाउने, वैकल्पिक पदमार्गको विकास विस्तार गर्ने, शिक्षा र स्वास्थ्य सेवालाई सर्वशुलभ र प्रभावकारी बनाउने, नदि काटन हुने ठाउँमा तटबन्ध निर्माण, वृक्षारोपण र पुल पुलेसा निर्माणका लागि ध्यान दिने, जिल्लामा रहेका खानीहरुको उचित व्यवस्थापन गर्ने र नयाँ सम्भावनाहरुको खोजी गर्नु मेरा प्राथमिकताका विषय हुन ।
४. भनिन्छ, मुस्ताङ प्रदेश नं. ४ कै उत्कृष्ट जिल्ला हो, यहाँ केके सम्भावनाहरु छन् ?
हो, मुस्ताङ प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले ४ नं. प्रदेश मै धनि छ । कृषि, पर्यटन, पशुपालन, खनिजहरु यहाँका संम्भावनाहरु हुन् । यी सम्भावनाहरुको विकास र विस्तारले यस जिल्लालाई समृद्ध तुल्याउन सकिन्छ । यसका लागि म निरन्तर लागिरहने छु । मुस्ताङ स्याउको राजधानी र बेमौसमी तरकारीको जिल्ला पनि हो । यस जिल्लालाई अर्गानिक तरकारी खेतीको जिल्ला बनाउन विशेष योजना र कार्यक्रम ल्याउने र खाली रहेको जग्गा जमिनलाई लिज सिष्टममा लगाई स्याउ तथा अन्य कृषि उपजहरुको उत्पादन गरी घरघरमा समृद्धिको वातावरण सृजना गर्ने मेरो लक्ष्य रहेको छ । मुस्ताङ विकासका लागि कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधारमा विशेष जोड दिने र उपल्लो मुस्ताङमा कृषि, पर्यटन र पशुपालनलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने, जिल्लामा बढि भन्दा बढि धार्मिक पर्यटक भित्राउनको लागि कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड संगै मानसरोवर सम्म जान धार्मिक पर्यटकलाई सहज बनाउने । त्यसैगरी तेस्रो मुलुकका पर्यटकको आगमन वृद्धि गर्न अन्नपूर्ण, धौलागिरी र तिलिचो ताल सम्मको पदमार्गलाई व्यवस्थित गर्ने ।
५. यहाँका स्रोत साधनको कसरी परिचालन गर्नुहुन्छ ? ताकि जिल्ला समृद्ध बनोस् ।
मुस्ताङ विकासका लागि प्रशस्त स्रोत साधनहरु हाम्रै जिल्लामा छन् । यहाँका स्रोत साधनको परिचालन गरी जिल्लालाई समृद्ध बनाउनको लागि विषय विज्ञ टोलीहरुको राय सल्लाह अनुसार अगाडी बढदै केन्द्र र प्रदेश सरकार संग सुमधुर सम्बन्ध कायम गरी ती निकायबाट जिल्लाको अति महत्वपूर्ण आयोजनाहरुमा बढि भन्दा बढि बजेट विनियोजन र कार्यान्वयनका लागि प्रयत्नशील रहने छु ।
६. २०७० को दोस्रो संविधानसभा निर्वाचन पश्चात पुनः दोस्रो पटक विपक्षी दलको उही उम्मेदवारसंग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, यसपटक चुनाव जित्नुहुन्छ ?
हाम्रो पक्षमा जनलहर उर्लिरहेको छ । तत्कालिन समयमा पनि हाम्रो पक्षमा जनलहर थियो तर प्रतिगामी तत्वको चलखेलका कारण जम्मा १२ मतान्तरले मैले पराजय भोग्नु परेको थियो । पटक पटक सांसद र मन्त्री हुँदा पनि जिल्लाको विकासमा तदारुकता नदेखाई जनताको मतलाई कुल्चिरहेका विपक्षी दलका उम्मेदवार प्रति जनतामा नैरास्यता छाएको छ । सँधै एउटै उम्मेदवारलाई जिताईरहे पनि अर्थात चलखेल गर्दै सोही उम्मेदवारले चुनाव जितेपनि झुठा आश्वासन दिँदै जनताको आँखामा छारो हाल्ने काम मात्र नेपाली काँग्रेसका उम्मेदवारले गरेको कुरा सर्वविधितै छ । जिल्लामा विकासका गतिविधिले तिव्रता नपाउँदा सँधै दोहोरिरहने अनुहार प्रति जनता दिक्क भैसकेका छन् ।
जनता विकास र समृद्धि चाहन्छन्, र त्यसका निम्ति नयाँ नेतृत्व अर्थात बाम गठबन्धनको तर्फबाट मेरो नेतृत्व चाहन्छन् । जनता चेतनशील भैसकेका छन्, जनता पक्कै पनि हावादारी कुरा र कसैको प्रलोभनमा नपर्ने कुरामा म विश्वस्त छु । जिल्लाको समग्र विकासका लागि जनताले मलाई विश्वास गरेर भोट दिनुहुनेछ । यसपटक अवश्य पनि चुनाव जित्छु ।

७. अन्तमा के भन्न चाहनुहुन्छ ?
राष्ट्र विकासको निम्ति सही नीति र स्थिर सरकारको आवश्यकता पर्दछ । नेपाली काँग्रेसले विगतका निर्वाचनमा पटकपटक बहुमत ल्याएर पनि कहिल्यै पुरा अवधि सरकार संचालन गर्न नसकि राजनीतिक अस्थिरता सृजना गरी विकास निर्माणका कार्यमा अवरोध खडा गरिरहेको त सबैलाई थाहा भएकै कुरा हो । देश विकासको निम्ति बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) को स्थिर सरकारको आवश्यकता छ । मुस्ताङमा पनि पटकपटक काँग्रेसका उम्मेदवारलाई जिताउनुभयो तर जिल्लाले विकासमा फडको मार्न सकेन् । आदरणीय मुस्ताङवासी जनसमुदायहरु अरुलाई दिनुभयो पटकपटक तर मलाई भोट दिनुहोस एकपटक, म तपाईहरुको विश्वासलाई गुम्न दिने छैन् । म मुस्ताङमा आमुल परिवर्तन ल्याउने योजनाका साथ चुनावी मैदानमा छु । मलाई मुस्ताङ जिल्लाको चौतर्फी विकास गर्ने अवसर प्रदान गर्नका लागि सम्पूर्ण मुस्ताङवासी मतदातालाई सुर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन अपिल गर्दछु ।
प्रस्तुतीः मुस्ताङमा सकृय पत्रकार केशव वि.क.

४ मंसिर २०७४, सोमबार २३:०१ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »