logo

उद्योगमा एघार अर्ब लगानी

संबाददाता

Loading…

दाङ, १२ मंसिर

दाङमा स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ ।

उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो ।

उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगको भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग अहिलेसम्म खुलेको र दर्ता भएको बताउनुभयो ।

जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उद्योग ७४८ वटा दर्ता भएको छ । त्यसैगरी होटल, रेस्टुराँ उद्योग ६२२, पोल्टी फिड ५८६, सः मिल तथा फर्निचर उद्योग ३६५, ग्रिल उद्योग २२३ र निर्माण सेवा २५५ वटा दर्ता भएका छन् ।

कृषि बहुउदेश्यीय उद्योग तीन सय ७ र पशुपालन उद्योग ३३२ वटा दर्ता भएका छन् । ती ५४ प्रकारका उद्योगले वार्षिक रु आठ अर्ब, ६७ करोड ६२ लाख ३७ हजार १६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिनुभयो । ती उद्योगमा २२ हजार ९८१ जनाले रोजगारी पाएका छन् ।

चालु आवको पहिलो चौमासिकमा तीन सय आठवटा उद्योग दर्ता भएका छन् भने रु ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन् ।
–––

१२ मंसिर २०७४, मंगलवार १६:०२ मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »