logo

लैंगिक हिंसाविरूद्ध अभियान कहिलेसम्म  ( रीता अधिकारी

संबाददाता

Loading…

( रीता अधिकारी

 

महिला हिंसालाई राज्यले पनि गम्भीर फौजदारी अपराध मात्र होइन, राज्यविरुद्धकै अपराधको रूपमा स्वीकार गरेर कडा कदम चाल्नुपर्छ ।
मंसिर २५, २०७४(‘म यो चाहन्न कि महिलाले पुरुषमाथि अधिकार जमाउन्, महिलाले पहिला आफैंमाथि अधिकार जमाउनुपर्छ ।’ नारीवादी लेखिका मेरी क्राफ्टको यो भनाइ महिला हिंसा नियन्त्रणको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ । यतिबेला महिला हिंसा विरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान चलिरहेको छ । यो अभियान चलिरहेकै बेला पनि लैङ्गिक हिंसाका घटना उत्तिकै सार्वजनिक भइरहेका छन् ।

नेपालमा लैङ्गिक हिंसा र महिला हिंसा पर्यायवाची जस्तै बनिसकेको छ । हाम्रो देशमा परापूर्व कालदेखि नै महिला हिंसाको अवस्था अत्यन्तै लज्जाजनक छ, जसले सिंगो समाजलाई नै कुरूप बनाइरहेको छ । कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला आफ्नै परिवारदेखि राज्यसम्मको हिंसाको चपेटामा परेका छन् । आज पनि हाम्रो समाजमा महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातनाजस्ता हिंसाको सूची धेरै लामो छ । महिला विरुद्ध हुने शारीरिकभन्दा पनि मानसिक हिंसाको अवस्था अझ डरलाग्दो छ ।

 

कुनै व्यक्ति वा समूहमाथि उसको इच्छा विपरीत हुने दुव्र्यवहार हिंसा हो । कसैको आत्मसम्मानमा चोट पुर्‍याउने वा दुस्ख दिने नियतले गरिने नियोजित वा अनियोजित सबै व्यवहार हिंसाभित्र पर्छन् । महिलामाथि हुने सबै प्रकारका हिंसा लिङ्गमा आधारित हिंसाको डरलाग्दो रूप हो । महिला हिंसा गम्भीर फौजदारी अपराध भए पनि हाम्रो समाजमा यसलाई निजी र पारिवारिक मामिला मानी धेरैजसो यस्ता मुद्दा गाउँघरमै मिलापत्र गराइन्छ । महिला हिंसालाई सामान्य, घरायसी र निजी मामिलाका रूपमा हेरिने हुनाले थोरैमात्र त्यस्ता घटना मिडियामा आउँछन् । शारीरिक रूपमा अङ्गभङ्ग नभएसम्म वा देखिने प्रमाण नभएसम्म यस्ता हिंसाका घटना न मिडियाको खबर बन्छ, नत प्रहरीमा दर्ता नै हुन्छ ।
नेपालले यो अन्तर्राष्ट्रिय अभियान मनाउन थालेको पनि वर्षौं बितिसकेको छ । हरेक वर्ष राजधानी, जिल्ला सदरमुकाम लगायतका सहर–बजारमा महिला हिंसा विरुद्धका कार्यक्रम आयोजना गरिन्छन् । केही थान वक्ताले महिला उत्थानका चर्का भाषण र कार्यपत्र पनि प्रस्तुत गर्छन् । सहरिया नारी समाज प्लेकार्ड र अखबारका पानामा महिला मुक्तिको आवाज कोर्दै गर्दा बहुसंख्यक ग्रामीण महिला यसप्रति बेखबर हुन्छन् । सबैजसो क्षेत्रमा महिला हिंसा भइरहेको भए पनि बहुसंख्यक महिला घरेलु श्रमिक हुन्, मजदुर हुन्, जसले आफूमाथि भइरहेको व्यवहार हिंसा हो भन्नेसम्म पत्तो पाउँदैनन् । हिंसा हो भन्ने थाहा पाउनेले पनि त्यसविरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । आवाज उठाइहाले पनि त्यसको सुनुवाइ कतैबाट हँुदैन ।
महिला विरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा सबैभन्दा बढी हुने गरेको अध्ययनले देखाएको छ । यसको अर्थ महिलाहरू सबैभन्दा बढी आफ्नै परिवारमा, आफन्तबाटै असुरक्षित छन्, पीडित छन्, चाहे पुरुषबाट होस् या महिलाबाटै । आक्रमण त्यसमाथि हुन्छ, जो कमजोर छ । परिवारमा पनि यही नियम लागू हुन्छ । जबसम्म महिलाहरू आवाज उठाउन सक्दैनन्, कमाउन सक्दैनन्, उजुरी गर्न सक्दैनन्, उनीहरूमाथि हिंसा हुने सम्भावना रहिरहन्छ । हाम्रो समाजमा महिला हिंसाले संस्थागत रूप धारण गरिसकेको छ । यो आज एक्कासी देखापरेको पनि होइन । यो त महिला र पुरुष बीचको ऐतिहासिक शक्ति सम्बन्धको उपज हो । यसले पीडितलाई तत्काल हुने शारीरिक पीडा त छँदैछ, त्यसको जुन मनोवैज्ञानिक पीडा हुन्छ, स्वाभिमानमा चोट पुग्छ, त्यसले सिंगो समाजमै दीर्घकालीन असर पुर्‍याउँछ । समाज विकासको क्रमलाई नै हजार कदम पछाडि धकेलिदिन्छ । त्यसैले अब यो अभियान सोह्र दिनमात्र नभई तीन सय पैंसठी दिन नै हरेक घरबाट हरेकको मनैबाट सुरु हुन जरुरी छ । हिंसाको बिज मनमा रोपिन्छ । जबसम्म सबैको मनमा महिलाहरू साँचिकै पीडित छन्, मैले यस्तो व्यवहार गर्नु हिंसा हो भन्ने अनुभूति हुँदैन, तबसम्म त यस्ता कार्यक्रमको कुनै अर्थ रहँदैन ।
यो त अन्तस्करणवादी अभियान हो, जसले हरेक व्यक्तिको मानसिकता र दृष्टिकोणमा आमूल परिवर्तन चाहन्छ । युगौंदेखि चलिरहेको नारीवादी आन्दोलनको एक हिस्सा हो, यो । यसलाई सम्बोधन गर्न नेपालमा कानुनको अभाव पटक्कै होइन, समस्या त्यसको कार्यान्वयन पक्षको हो । महिला अधिकारको रक्षा कानुन बनाएर मात्र सम्भव छैन भन्ने कुरा हाम्रो अभ्यासले पुष्टि गरिसकेको छ । कानुनले त मानिसको बाहिरी आचरणमात्र नियन्त्रण गर्ने रहेछ । कानुन जतिसुकै महिलामैत्री भए पनि मानिसको सोचाइ, दृष्टिकोण, धारणा महिलामैत्री नभएसम्म हिंसा अन्त्य सम्भव छैन । त्यसैले महिलाप्रतिको हाम्रो दृष्टिकोण, धारणा, व्यवहार बदलिन जरुरी छ । समस्या हाम्रो सोचमा छ ।
महिलाले अधिकार पहिला आफैंमाथि जमाउनु आवश्यक छ । आफ्नो शरीरमाथिको अधिकार जबसम्म हँुंदैन, तबसम्म त हिंसा जारी रहन्छ । त्यसैले महिला आफै पनि उठौं, जागौं, आफूलाई सशक्त बनाऔं, अत्याचारको विरुद्धमा आवाज उठाऔं । अन्याय गर्नेभन्दा सहने अपराधी हो । आफूमाथि र आफ्नो नजिकमा भइरहेका हिंसाविरुद्ध आवाज उठाऔं, सहयोगी हातहरूको कमी छैन ।
जहाँ, जसले, जसरी गरे पनि हिंसाको पीडा एउटै हुन्छ, पीडाको भाषा एउटै हुन्छ । विकसित देशहरूमा पशुपन्क्षी अधिकारको चर्को बहस चल्दै गर्दा महिला अधिकार पनि मानवअधिकार हो भन्नलाई कति दिन आन्दोलन गर्ने रु कति वर्ष अभियान चलाउने रु अब त अति भो, महिला हिंसा अन्त्य गरौं, यसले सिंगो राष्ट्रलाई नै पछाडि धकेलिरहेको छ । अब महिला हिंसालाई राज्यले पनि गम्भीर फौजदारी अपराधमात्र होइन, राज्य विरुद्धकै अपराधको रूपमा स्वीकार गरेर कडा कदम चाल्न अबेर भइसकेको छ ।

 

२५ मंसिर २०७४, सोमबार १२:१६ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »