logo

अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास

संबाददाता

Loading…

सोल- संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् । ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन् ।

 

सो सैन्य अभ्यास सोमबारबाट सुुरु भएको छ । सोमबार सुरुभएको सो अभ्यास तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

 

कोरियाली प्रायद्वीपमा सो अभ्यास सुरु भएको बताइएको छ । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित रहेको पनि बताइएको छ ।

 

त्यस अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित व्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि कम्प्युटरका माध्यमबाट कामहुने संयन्त्रको पनि विकास गरिएको बताइएको छ ।

 

हालैमात्र पनि उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो ।

 

पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ ।

 

उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिई आएका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको केही समयमात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गरेका थिए ।

२६ मंसिर २०७४, मंगलवार १४:२७ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »