logo

इजरायलको रोजगारी संकटमा

संबाददाता

Loading…

काठमाडौं- पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको केयरगिभर संकटमा परेको छ ।दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभरका लागि पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेपछि संकटमा परेको हो ।

 

इजरायलमा बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारका लागि दुई वर्षभित्र तीन सय केयरगिभर पठाउन त्यतिखेर नेपाल र इजरायल सरकारबीच सम्झौता भएको थियो । जिटुजी (दुबै देशका सरकारी निकायको माध्यम)ं प्रक्रियाद्वारा मात्र कामदार पठाउने सहमति भएकाले कैयौंले सहज तरिकाले इजरायल जान पाइने अपेक्षा गरेका थिए ।

 

इजरायल सरकारले केयरगिभरका लागि चारवर्षे १० महिनाको भिसा उपलब्ध गराउनुको साथै मासिक सवा लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक उपलब्ध गराउने सहमतिसमेत गरेको थियो । इजरायलमा मानव अधिकारको पनि राम्रो पालना हुने भएकाले कामदारले बसाइ र काम गर्न सहज मान्ने गर्छन् । एकातिर राम्रो पारिश्रमिक र अर्कोतर्फ सुरक्षित बसाइको ग्यारेन्टी गरिएकाले इजरायलमा केयरगिभरको काम गर्न नर्सिङ, अनमी, अहेब जस्ता विषय उत्तीर्ण गरेका युवायुवतीको बर्चस्व रहेको थियो । जबकि केयरगिभरका लागि त्यस सम्बन्धी तीन महिने तालिम लिएकालाई योग्य मानिने दुबै देशबीचको सहमतिमा उल्लेख छ ।

 

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि दुई वर्षको बीचमा दुई पटक इच्छुक युवायुवतीसँग आवेदन संकलन गरे पनि दोस्रो चरणमा सफल भएकाहरू अझै इजरायल जान पाएका छैनन् । जबकि दोस्रो चरणमा सफल भएकाहरू इजरायल पुगिसक्नुपर्ने अवधि गुज्रिसकेको छ ।

 

केही वर्षअघिसम्म मेनपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जिटुजी प्रक्रियाद्वारा मात्र केयरगिभर लैजाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय युवायुवतीलाई केयरगिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो |

 

जिटुजी प्रक्रियामा इजरायल जान पाइने भएपछि यतिखेर बजारमा करिब १० हजारले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ । पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयरगिभरका लागि छनोट भएका थिए ।

२६ मंसिर २०७४, मंगलवार १७:१२ मा प्रकाशित

समाचार

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली : फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा...... पूरा पढ्नुहोस् »

मनोजको इन्काउण्टरको खबरले युवा संघ रुपन्देही अध्यक्ष शाही खुसी !

फागुन ९ ररूपनादेही- गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्...... पूरा पढ्नुहोस् »

एका बिहानै काठमाण्डौमा भुकम्पको धक्का

फागुन ९ काठमाडौँः बुधबार सबेरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का...... पूरा पढ्नुहोस् »

मोबाइलमा तास खेल्नेलाई समेत कार्बाही हुन्छ : एसपी सिंह

फागुन ८ कास्की-कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइलमा तास खेल्नेलाई समेत कारबाही...... पूरा पढ्नुहोस् »

बन्द सफल पार्न सहयोग गरेकोमा जनतालाई धन्यवाद,प्रम ओलीलाई चेतावनी दिंदै विप्लवले घोषणा गरे संघर्षका कार्यक्रमहरू:

काठमाडौं, ८ फागुन- नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल...... पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका ५ दिन के-के गरे त ओलीले ?

फागुन ८ काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५...... पूरा पढ्नुहोस् »

घरमा श्रीमतीलाई छाडेर विदेश हिन्दा यस्तो पनि हुन सक्छ ! कृपया एक पटक ध्यान दिएर पढ्नुहोला !

फागुन ६ काठमाण्डौ- प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका...... पूरा पढ्नुहोस् »

एमालेको भान्सामा मिठो-मसिनो खान माकेको प्रवेश ,

फागुन ५ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता जटिल मोडमा पुगेको छ । दुबै...... पूरा पढ्नुहोस् »

पहिलो दिनमै प्रम ओलीका ५ गल्ती ,

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ...... पूरा पढ्नुहोस् »

खेतमा सन्नीलीयोनीको तस्विर राखेर तक्दिर बदल्दै !

एजेन्सी- मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई...... पूरा पढ्नुहोस् »