logo

स्याङ्जा—२ मा उपप्रधानमन्त्री श्रेष्ठलाई पराजित गर्दै एमालेकी अर्याल विजयी

संबाददाता

Loading…

काठमाडौं –  स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ ।नेकपा (एमाले) केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

 

क्षेत्र नं २ मा कुल ६९ हजार ४८२ मत खसेकोमा वाम गठबन्धनकी विजयी उम्मेदवार अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठले ३१ हजार ४३६ मत ल्याउनुभयो ।

 

क्षेत्र नं २ मा कुल एक लाख एक हजार ३४९ मतदाता रहेका र जसमा ६७ हजार ६५५ मत सदर तथा एक हजार ८२७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

दुई प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको स्याङ्जाका दुई प्रतिनिधिसभा र तीनवटा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ भने एउटा प्रदेशसभामा नेपाली काँग्रेस विजयी भएको छ ।

 

यसअघि, स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी भैसक्नु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी निवर्तमान सांसद काँग्रेस नेता राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।

 

विजयी उम्मेदवार मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्दा पराजित उम्मेदवार थापाले २८ हजार ७३१ मत प्राप्त गर्नुभएको थियो । २०७० सालको संविधानसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा उहाँहरु दुवै प्रतिस्पर्धी हुनुहुन्थ्यो । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापासँग बदला लिनुभएको हो ।

 

क्षेत्र नं २ को प्रदेश ‘ख’ मा काँग्रेस नेता भगवतप्रकाश मल्लले माओवादी केन्द्रका युवा नेता सूर्यप्रसाद गैह्रे (पारस) लाई एक हजार ५४० मतले पराजित गर्नुभएको हो । काँग्रेस नेता मल्लले १९ हजार १७० मत ल्याउँदा वाम गठबन्धनका गैह्रेले १७ हजार ६३० मत प्राप्त गर्नुभयो ।

 

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका मोहन रेग्मी विजयी हुनुभएको छ । नेकपा (एमाले) खेलकुद विभागका केन्द्रीय सदस्य मोहन रेग्मीले १६ हजार ६१३ मत ल्याई विजयी हुनुभएको हो ।

 

वाम गठबन्धनका रेग्मीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु पौडेललाई तीन हजार ४७३ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । पराजित पौडेलले १३ हजार १४० मत प्राप्त गर्नुभएको हो ।

 

क्षेत्र नं १ को प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ । एमाले जिल्ला अध्यक्ष गुरुङले काँग्रेस नेता तुलसी गिरीलाई पाँच हजार ७३८ मतले पराजित गरी विजयी हुनुभएको हो ।

 

प्रदेशसभामा विजयी गुरुङले २० हजार २४८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका तुलसी गिरीले १४ हजार ५१० मत प्राप्त गर्नुभएको हो ।

 

क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका दीपक चर्तीमगर विजयी भैसक्नुभएको छ । माओवादी केन्द्रका उम्मेदवार चर्तीमगरले काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

 

विजयी चर्तीमगरले कुल १७ हजार ३९२ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल पंगेनीले १४ हजार ६६६ मत प्राप्त गर्नुभयो । बिहीबार मतदान सम्पन्न भएपनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिदेखि मात्रै शुरु भएको थियो ।

२७ मंसिर २०७४, बुधबार ०९:५५ मा प्रकाशित

समाचार

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली : फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा...... पूरा पढ्नुहोस् »

मनोजको इन्काउण्टरको खबरले युवा संघ रुपन्देही अध्यक्ष शाही खुसी !

फागुन ९ ररूपनादेही- गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्...... पूरा पढ्नुहोस् »

एका बिहानै काठमाण्डौमा भुकम्पको धक्का

फागुन ९ काठमाडौँः बुधबार सबेरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का...... पूरा पढ्नुहोस् »

मोबाइलमा तास खेल्नेलाई समेत कार्बाही हुन्छ : एसपी सिंह

फागुन ८ कास्की-कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइलमा तास खेल्नेलाई समेत कारबाही...... पूरा पढ्नुहोस् »

बन्द सफल पार्न सहयोग गरेकोमा जनतालाई धन्यवाद,प्रम ओलीलाई चेतावनी दिंदै विप्लवले घोषणा गरे संघर्षका कार्यक्रमहरू:

काठमाडौं, ८ फागुन- नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल...... पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका ५ दिन के-के गरे त ओलीले ?

फागुन ८ काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५...... पूरा पढ्नुहोस् »

घरमा श्रीमतीलाई छाडेर विदेश हिन्दा यस्तो पनि हुन सक्छ ! कृपया एक पटक ध्यान दिएर पढ्नुहोला !

फागुन ६ काठमाण्डौ- प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका...... पूरा पढ्नुहोस् »

एमालेको भान्सामा मिठो-मसिनो खान माकेको प्रवेश ,

फागुन ५ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता जटिल मोडमा पुगेको छ । दुबै...... पूरा पढ्नुहोस् »

पहिलो दिनमै प्रम ओलीका ५ गल्ती ,

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ...... पूरा पढ्नुहोस् »

खेतमा सन्नीलीयोनीको तस्विर राखेर तक्दिर बदल्दै !

एजेन्सी- मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई...... पूरा पढ्नुहोस् »