logo

अमेरिका ‘उत्तर कोरियासँग निशर्त: वार्ताका लागि तयार’

संबाददाता

Loading…

वासिंगटन – अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि शर्त बिना उत्तर कोरियासँग सिधा वार्ता गर्न उनको देश इच्छुक रहेको बताएका छन्।प्योङयाङको परामाणु कार्यक्रम नियन्त्रण बारे मात्र वार्ता गरिने अडान अमेरिकाले राखिरहनु यथार्थपरक नहुने धारणा टिलरसनले राखेका छन्।

 

 

उत्तर कोरियाले त्यस कार्यक्रममा ठूलो लगानी गरिसकेकाले वार्ताको मार्गचित्र निर्धारण गर्न जुनसुकै विषयमा छलफल गर्न सकिने उनको भनाई छ।तर ह्वाइट हाउसका एक जना प्रवक्ताले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पका विगतका धारणामा कुनै परिवर्तन नभएको जनाएकी छन्।

 

 

विगतमा पनि टिलरसनले वार्ताका सम्भावित शर्तहरुको कुरा राखेका थिएनन् तर उनको पछिल्लो भनाईले नयाँ कुटनीतिक वातावरण बनाउनसक्ने अपेक्षा गरिएको छ।आफ्नो धारणा राख्ने क्रममा उनले उत्तर कोरियासँग कुनै पनि किसिमको प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताए।

 

उनले भने, “भेटेर त हेरौँ र उनीहरु चाहन्छन् भने मौसमका बारेमा कुराकानी गरौँ, तर के हामी बसेर एकअर्कालाई प्रत्यक्ष रुपमा हेर्नसक्छौँ? त्यसपछि हामी कुराकानीमा कस्ता आपसी विषय समेट्ने भन्ने मार्गचित्र तय गर्नसक्छौँ।”तर परमाणु परीक्षण बिनाको शान्त अवधिमा मात्र कुराकानी अघि बढ्न सक्ने उनले चेतावनी दिएका छन्।

 

उनले अमेरिकाले परमाणु अस्त्रले सुसज्जित उत्तर कोरिया नस्वीकार्ने प्रष्ट पारेका छन्।पछिल्लो धारणाले वार्ताका लागि उत्तर कोरिया शुरुमा निशस्त्र हुनुपर्ने भन्ने अमेरिकी धारणामा केहि परिवर्तन आएको देखिन्छ। तर अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पको दृष्टिकोण नबदलिएको जनाएको छ।

 

ह्वाइट हाउसकी प्रवक्ताले उत्तर कोरियाले जापान, चीन र दक्षिण कोरिया मात्रै नभइ पूरै विश्वका लागि जोखिम थपिरहेको बताइन्।

 

२७ मंसिर २०७४, बुधबार १०:२१ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »