logo

वसन्तको आवाज,नारायणको शब्दमा अनुप पाण्डेको प्रस्तुति “हासी-हासी” बजारमा।

संबाददाता

Loading…

नवराज तिमल्सिना ‘एकान्ते’
२,पौष।

लोक तथा दोहोरी गीतका हस्तीहरु बसन्त थापा र नारायण कडेल दर्शक श्रोता माझ सुपरिचित नाम हो।परदेशीहरुको कथा कलम मार्फत पोख्न माहिर सर्जक नारायण कडेल र हजारौं युवायुवतीहरूको लगनगाँठोमा पन्चे बाजाको धुन भर्न सिपालु गायक बसन्त थापा लाई एउटै मालामा अटाउने प्रयास स्वरुप अनुप पाण्डेको पन्चेबाजा गीति एल्बम “हाँसी-हाँसी”भर्खरै बजारमा उपलब्ध भएको छ।

लामो समयको पिरती लाई जीवनसाथीको रुपमा प्राप्त गर्न नसक्दाको पीडाबोध समेटिएको उक्त गीतले हिजोका दिन लाइ भुलेर भोलि भविष्य र आगामी दिनको बाटो पहिल्याउँदै जोसँग जीवनको लगनगाँठो बाँधिएको छ उसैलाई जीवन पर्यान्त साथ दिनुपर्छ भन्ने भाव र सन्देश दिन खोजेको छ।

वसन्त थापा र सीता श्रेष्ठ को आवाजमा रहेको गीतको लया संकलन गायक बसन्तले गरेका छन् भने शब्द संकलन चर्चित सर्जक नारायण कडेल ले गरेका छन्। विष्णु शर्माको सम्पादन र सुरेश श्रेष्ठको छायाँकन रहेको म्युजिक भिडियोमा कलाकारहरु रन्जिता गुरुङ र ओबी रायमाझी को अभिनय रहेको छ। प्रकाश भट्टको निर्देशन रहेको गीतको अडियो भिडियोको एरेन्ज गरेको छ अभ्यास डिजिटल प्रालीले भने बसन्त थापाको युट्युब च्यानल मार्फत युटुबमा गीतलाई सार्वजनिक गरिएको छ। अथक मेहनत र चर्चित कलाकारहरुको साथले हौसिएका अनुप पाण्डे गीत सफल हुनेमा विस्वस्त रहेको हामिलाइ बताए।


भिडियो हेर्न माथिको link मा click गर्न नभुल्नुहोला।

२ पुष २०७४, आईतवार ०३:२६ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »