logo

विराटनगरमा सुरु भयो जुत्ताचप्पल व्यापार मेला, एक महिना हुने मेलामा छुटैछुट।

संबाददाता

Loading…

विराटनगर।नेपालमा उत्पादित जुत्ता तथा चप्पल प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले विराटनगरमा बुधबारदेखि जुत्ताचप्पल व्यापार मेला (फुटवेयर बिजनेस एक्स्पो) सुरु भएको छ ।
नेपाली जुत्ता घरले आयोजना गरेको मेलाको उद्घाटन मोरङ–६ का नवनिर्वाचित सांसद् लालबाबु पण्डितले गरे ।मेला कम्तीमा एक महिना सञ्चालन गरिने नेपाली जुत्ताघरले जनाएको छ ।मेलामा शिखर सुज, बिएफ, डियर हिल सुज, सुल्यान्ड र हाइलाइफ गरी पाँच ब्राण्डका उत्पादन राखिएको छ। जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीमा ७० वटा स्टल राखिने र कम्तीमा ७५ रुपैयाँदेखि बढीमा ६ हजार मूल्य सम्मका जुत्ताचप्पलको विक्री गरिने जानकारी दिए ।

एक्स्पोमा स्पोर्टस्, क्याजुअल पार्टी, अफिसियल, कलेज/स्कुल र लेडिज गरी सबै वर्ग, उमेर र समूहलाई हुने जुत्ताचप्पल राखिएको छ।एक्स्पोमा कतिपय जुत्ताचप्पलमा ७५ प्रतिशतसम्म छुटमा विक्री गरिने छ । विराटनगरमा हुन लागेको प्रदर्शनी पाँचौँ र प्रदेश १ का लागि पहिलो हो ।उद्घाटन समारोहमा नवनिर्वाचित सांसद् पण्डित, मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडा, उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय भट्टराई, शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाई लगायतले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सरकारको सहयोगी भूमिका आवश्यक रहेको बताए।बिजमाण्डु बाट।

६ पुष २०७४, बिहीबार ०२:२४ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »