logo

क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई

संबाददाता

Loading…

जकार्ता, ९ पुस रासस÷सिन्ह्वा
ः इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको समाचार छ ।

विशेषगरी मुस्लिम देश तथा अन्य देशहरुमा पनि इस्लामिक अतिवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसैबीच इन्डोनेसियाको राजधानी जकार्तामा पनि यसै प्रयोजनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको अधिकारीहरुले जनाएका छन् ।

विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनसियाका साथै अन्य देशहरुमा पनि सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर थप सुरक्षाकर्मी खटाउने र सुरक्षालाई थप चुस्त बनाउने तयारी गरिएको जनाएको छ ।

क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी गरिरहेको आशङ्कामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको बताइएको छ । सो सहरमा नागरिकको प्रवेशका क्रममा निकै निगरानी बढाइएको छ ।

एक हिंसात्मक इस्लामिक संगठन इस्लामिक स्टेट् ९आइएस० ले यस्तो आक्रमणको योजना बनाएको भन्दै विभिन्न देशमा यस हप्ताका लागि थप र नयाँ सुरक्षाको प्रबन्ध मिलाइएका समाचारहरु प्राप्त भएका छन् ।

यसरी गरिएको खोजीका क्रममा पक्राउ परेका केही व्यक्ति इस्लामिक स्टेट्स ९आइएस० सँग सम्बन्ध रहेको अनुुमान गरिएकोले पनि सुुरक्षामा ध्यान दिनुपरेको सुरक्षा अधिकारीहरुको भनाई छ ।

क्रिसमस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ ।

जकार्ताका सुरक्षा अधिकारीहरुले भनेका छन्– हामीले सार्वजनिक स्थलमा निगरानी बढाएका छौँ, आजदेखि लिएर नयाँ वर्षको सुरुवातसम्म गरिने यस निगरानीले यहाँ हुनसक्ने असुरक्षाको अवस्थालाई कम गर्नेछ ।

अमेरिकामा गोलीहानी ११ घाइते

यसैबीच संयुक्त राज्य अमेरिकाबाट प्राप्त समाचारअनुसार अमेरिकाका विभिन्न स्थानमा आयोजना गरिएका क्रिस्मसको पूर्व सन्ध्याका कार्यक्रमलाई लक्षित गरेर गरिएका आक्रमणहरुमा ११ जना घाइते भएका छन् ।

क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरुमा बन्दुक हमला हुने गरेका छन् ।

क्रिस्मस सप्ताहका लागि यहाँ सार्वजनिक विदाहरु सुरु भएका छन् । जसअनुसार ती विदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो ।

सन् २०१६ को यस्तै क्रिस्मस समारोहमा भएको बन्दुक हमलामा परी ११ जना नागरिकको ज्यान गएको थियो । साथै त्यसमा परी ५९ जना नराम्ररी घाइते भएका थिए ।

यस पटक भने सो समारोहलाई लक्ष्यगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुको भनाई छ । इस्लामिक स्टेट एवम् अन्य अतिवादीहरुका कारण हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरेर यो व्यवस्था गरिएको हो ।

९ पुष २०७४, आईतवार १३:१४ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »