logo

बाह्र वर्षीया बालिकाले वालुवा बोकेर चर्पि बनाइन

संबाददाता

Loading…

भद्रपुर, ११ पुस
खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले ।

उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् ।

घरको आर्थिक अवस्था निकै कमजोर, बुबा बिरामी र आमा बेरोजगार भएपनि अशिकाले हिम्मत गरेर बनाएको चर्पीले गाउँका मानिस पनि दंग परेका छन् ।

शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो ।

चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए ।

सुकुम्बासी अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरिन् र सधैँ खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यतालाई पनि सधैँका लागि बिदा दिइन् ।

“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायको सहयोगमा गरेर चर्पी बन्यो ।”

अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ । चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ बिहान खुल्ला ठाउँमा दिसा हुने स्थानमा गस्ती गरिरहेका छन् ।

जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाले चर्पीमा मात्र दिसापिसाब गर्न र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुन सुझाइरहेका छन् ।

समुदायका युवा र वडास्तरीय समितिका प्रतिनिधि खुल्ला दिसामुक्त घोषणाको तयारीमा लागेका छन् ।

“एक जुगमा एक पटक हुने खुल्ला दिसामुक्त घोषणालाई सभ्य र भव्य तरिकाले मनाउने तयारीमा वडाहरु लागेका छन्”, पाँचगाछीमा नै रहेर अभियान सहजीकरण गरिरहेको सगरमाथा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक सोमनाथ आचार्यले बताउनुभयो ।

दुई हजार ४३२ घरधुरी रहेको पाँचगाछीमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि एक हजार ४८७ घरधुरीमा सुरक्षित चर्पी थिए भने खुल्ला दिसामुक्त अभियानका क्रममा ९४५ घरमा सुरक्षित शौचालय निर्माण गर्नुपर्ने भए पनि बसाइँ सराइ र संयुक्त शौचालय प्रयोग गरेकाकारण ८१८ घरायसी शौचालय निर्माण गरी पाँचगाछीलाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याएको वडा नं ४ का अध्यक्ष अधिकचन ताजपुरियाले जानकारी दिनुभयो ।
–––

११ पुष २०७४, मंगलवार १३:३० मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »