logo

धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संबाददाता

Loading…

काठमाडौँ, १९ पुस
प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलले पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई प्रदेशको राजधानी बनाउँदा अन्तर्राष्ट्रिय सिमाना र भौगोलिक समदूरीले पनि उपयुक्त रहेको तर्कसहित प्रदेशसभाको पहिलो बैठक गर्न निर्णय गरिदिन माग गरेको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रादेशिक राजधानी बनाउन आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

प्रतिनिधिमण्डलमा प्रादेशिक राजधानी निर्माण अभियान समितिका संयोजक उमेश घिमिरे, प्रदेशसभाका सांसदहरु इन्द्रमणि पराजुली, लीला सुब्बा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहरनारायण श्रेष्ठ, नेपाली काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, मानवाधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीलगायत विभिन्न पार्टीका सम्पर्क समितिका पदाधिकारी हुनुहुन्थ्यो ।

समितिले आजै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर धनकुटालाई प्रादेशिक राजधानी तोक्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । भेटमा अध्यक्ष दाहालले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको सचिव राईले जानकारी दिनुभयो ।
–––

१९ पुष २०७४, बुधबार १७:२७ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »