logo

बागलुङ महोत्सव सम्पन्न, टिकट बाटै २४ लाख सँकलन,दश करोडको कारोबार

संबाददाता

Loading…

बागलुङ, २४ पुुस– पुष १४ गते बाट सँचालित चार नम्बर प्रदेश नम्बर स्तरीय कृषि तथा औद्योगिक व्यापार मेला तथा पाचौ बागलुङ महोत्ससव विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ ।
दश दिन सम्म चलेको मेलामा १० करोड भन्दा बढिको कारोबार भएको आयोजकको दाबी छ । टिकट बाट मात्र झण्डै २४ लाख सँकलन गरिएको छ ।
महोत्सवको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा छन्त्याल कन्ट्रक्सन बागलुङ प्रथम,पश्चिमाञ्चल भलिबल संघ दृतीय र २३ नम्बर बाहिनी तृतीय भएको छ ।
त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगितामा दर्शन ट्रान्सपोर्ट प्रथम,खेलकुद विकास समिती बागलुङ दृतीय र वाइसियल बागलुङ तृतीय भएका छन् ।
त्यस्तै खुल्ला लोकदोहोरी गित प्रतियोगितामा गामवेसी दोहोरी साझ प्रथम,रास्टिय लोकदोहोरी गित प्रतिष्ठान उपत्यका समन्वयन समिती दृतीय भएका छन् ।

लोकदोहोरीमा आईतवार भएका फाईनलमा गामबेसी दोहोरी साँझ काठमाण्डौ ले रु ७५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र पाएको छ भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो । महोत्सवको अन्तिम दिन आइतबार हेलिकोप्टरबाट धौलागिरीका विभिन्न पर्यटकिय ठाउको अवलोकन गराइएको थियो ।
राष्ट्रिय तहमा ख्याति प्राप्त ५ दर्जन बढि कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । महोत्सवको समापनका अवसरमा उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले टिकट विक्रि तथा महोत्सवको तर्फबाट नेपाल पत्रकार महासंघ को भवन निर्माणमा २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । संघले अझै थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
महोत्सवमा लगभग ४१ हजार टिकट बिक्रि भएको टिकट व्यवस्थापनको जिम्मा लिएको पत्रकार महासंघका अध्यक्ष दिल श्रीसले जानकारी दिए ।
मेलाको मुख्य आकर्षणमा रहेका उँट नाचले पनि मेलालाइ अझै रौनकता थपेको आयोजकको ठम्याइ छ ।
दैनिक रुपमा दुइ हजार भन्दा बढि व्यक्तिले उँटको नाच हेरेका थिए ।

२४ पुष २०७४, सोमबार ११:२७ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »