logo

१५ दिन भित्र विद्युत् चोरी नरोकिए ललितपुरमा ‘ब्ल्याक आउट’ गरिने : कुलमान

संबाददाता

Loading…

१८ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलेे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । संगठित रुपमा विद्युत चोरी भइरहेका क्षेत्रमा ब्ल्याकआउट गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउँछन् । साथै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरेका छन् ।

ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैब, बाँडेगाउँ, लुभु जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् ।

यसैगरी, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युत चोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले जानकारी दिएका छन् ।

ती क्षेेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युतको प्रयोग गरिरहेका छन् ।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,’ घिसिङले भने ‘त्यसपछि जस्तो जुकै ठूलो दबाव आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’

चोरी गरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख विरेन्द्र सिंह बताउँछन् ।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ’, उनले भने, ‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’

प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक बत्ती मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापक रुपमा भइरहेको छ ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग छलफल गरिरहेका छन् ।

‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ,’ घिसिङले भने, ‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्याे ।’

प्राधिकरणले उपभोक्तालाई समेत विद्युत चोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिँदै पोष्टर टाँस्ने, माईकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिक रुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने घिसिङले जानकारी दिए ।

असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्र प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ!

तपाईलाई हाम्रो यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइट मा जानुहोस् धन्यबाद ।

Home Page

१८ माघ २०७४, बिहीबार १३:४१ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »