logo

प्रदेशहरूका लागि ३ अर्ब २९ करोड रुपैयाँ बजेट निकासा,

संबाददाता

Loading…

१८ माघ काठमाडौँ — सरकारले प्रदेशहरूका लागि ३ अर्ब २९ करोड रुपैयाँ बजेट निकासा गरेको छ । ४७ करोड रुपैयाँका दरले प्रदेशका सबै संरचनाले खर्च गर्न पाउने गरी सरकारले बजेट निकासा गरेको हो ।

प्रदेशसभा, प्रदेशका ७ वटा मन्त्रालय र प्रदेश प्रमुखको सचिवालयलाई खर्च गर्नका लागि ४७ करोड रुपैयाँका दरले अर्थ मन्त्रालयले बिहीबार बजेट निकासा गरेको छ । मन्त्रालयको बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीका अनुसार प्रदेशसभाका लागि १० करोड रुपैयाँका दरले बजेट निकासा दिइएको छ । प्रतिमन्त्रालय ५ करोडका दरले ३५ करोड रुपैयाँ निकासा दिइएको छ । प्रदेश प्रमुखको सचिवालयका लागि भने २ करोडका दरले निकासा दिइएको हो ।

प्रदेश सभा–१० करोड
प्रतिप्रदेश मन्त्रालय ५ करोड–३५ करोड
प्रदेश प्रमुखको सचिवालय–२ करोड
प्रतिप्रदेश जम्मा रकम–४७ करोड
७ प्रदेशलाई कुल निकासा–३ अर्ब २९ करोड

अब प्रदेशको आवश्यकताअनुसार खर्च गर्न पाउने बाटो खुला भएको छ । ‘प्रदेशसभा र प्रदेशका मन्त्रालयहरूलाई चालु आर्थिक वर्षको बजेटमा छुटयाइएको अनुदानअन्तर्गतको शीर्षकबाट बजेट निकासा दिइएको हो,’ अधिकारीले भने, ‘प्रदेश प्रमुखको सचिवालयलाई संघीय सञ्चित कोष (केन्द्र सरकारको खाता) अन्तर्गतको हो ।’ नेपाल सरकारले तोकेको सचिवलाई खर्च गर्ने अख्तियारीसहित निकासा दिइएको हो । ‘प्रचलित कानुनको अधीनमा रही अब प्रदेश सचिवहरूले यो बजेट खर्च गर्न पाउनेछन्,’ उनले भने । सरकारले प्रदेशका ७ मन्त्रालय र प्रदेश प्रमुखको सचिवालयका लागि सरकारका ८ जना सचिव तोकिसकिएको छ । प्रदेश व्यवस्थापिका (प्रदेशसभा) का लागि भने व्यवस्थापिका संसद् सचिवालयअन्तर्गतका कर्मचारीहरूलाई सचिव तोकिएको छ । उनीहरूले प्रदेशसभाको बैठकको तयारी गरिरहेका छन् ।

अर्थले निकासा दिएको बजेट सरकारका सचिवहरूको अधीनमा रही खर्च हुने हो । प्रदेशका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । यसमध्ये हाल ४७ करोड रुपैयाँका दरले निकासा भएको हो । बाँकी बजेट आवश्यकताअनुसार थप निकासा हुने अर्थ मन्त्रालयले जनाएको छ । यसअघि सरकारले प्रदेशको अस्थायी राजधानीका लागि १ अर्ब ८ करोड रुपैयाँ निकासा दिएको थियो । अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत सातवटै प्रदेशका १५ करोड ४२ लाख रुपैयाँका दरले निकासा दिइसकेको छ । उक्त रकमले प्रदेशका लागि आवश्यक भवन शीर्षकमा खर्च गर्न पाउने निर्देशन छ । भवनको रङरोगन, भाडा तथा त्यससँग सम्बन्धित पूर्वाधारमा मात्र उक्त रकम खर्च हुनेछ । उक्त रकम सहरी विकास मन्त्रालयमार्फत सहरी डिभिजन कार्यालयहरूलाई निकासा दिइएको हो ।

बिहीबार निकासा दिइएको रकम प्रदेशको आवश्यकताअनुसार विभिन्न क्षेत्रमा खर्च गर्न पाउनेछन् । त्यसका लागि पुँजीगत र चालु गरेर बजेट निकासा गरिएको अर्थले जनाएको छ । संविधानले व्यवस्था गरेअनुसार प्रादेशिक सञ्चित कोषमा उक्त रकम जम्मा हुनेछ । त्यसका लागि प्रदेशले सञ्चित खाता खोलिसकेका छन् । तत्कालका लागि खर्च गरे पनि प्रदेशसभा गठनपछि भने बजेट पास गरी खर्च गर्नुपर्ने हुन्छ । सरकारले दिएको अनुदान तथा रोयल्टी, प्रदेशको राजस्वलगायत विभिन्न शीर्षकबाट प्राप्त रकम बजेटमा समावेश गरेर मात्रै खर्च गर्न पाउने व्यवस्था गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेशको अर्थमन्त्रीले असार १ गते बजेट पेस गर्नेछन् । उक्त बजेटलाई प्रदेशसभाले पास गरेपछि खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
कान्तिपुर बाट

१८ माघ २०७४, बिहीबार २३:४८ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »