logo

उत्तर र दक्षिण कोरियाको मिलनमा,खुसीका आँसु र अमेरिकी चिन्ता

संबाददाता

Loading…

सज्जन कुमार सिँह
आपसी सहमती र लचकता अपनायो भने हरेक कुरामा सहमती जुटाउन सकिन्छ । केहि दिन अघि सम्म एकले अर्कालाइ सिद्धाउने खेल खेलिरहेका आफ्नै दाजुभाइ उत्तर र दक्षिण कोरियामा केहि बर्ष यता कै उत्कृष्ट दृश्य देखियो । दक्षिण कोरियामा आयोजना भएको हिउँदकालिन ओलम्पिक गेमले उत्तर कोरियालीहरुले दक्षिणको भुमि टेक्ने बाटो खुला गरे । उनीहरुबीचको तिक्तता यति गहिरो गरि बढेको थियो कि कुन बेला कस्ले कसरी आक्रमण गर्छ । यहि भयका बीच बाचिरहेका छन् उत्तर दक्षिणका नागरिकहरु ।
१९५० यताका सबै समयहरु व्दन्द र त्रासमा वितिरहेका छन् । कोरियन युद्ध १९५० देखि ५३ कुनै सम्झौता विना नै टुँगियो । दशौ लाख मान्छेको रगत बग्यो ।पहिला एउटै देश रहेको उत्तर र दक्षिण टुक्रिय पछि दुइ देश बने । कोरियन युद्धको औपचारिक समाप्ति हुनै पाएन । यी दुइ देश विच आज सम्म पनि युद्ध चलिरहेको छ । कोरियन युद्धमा यस्तो एउटा अवस्था आयो । दुइ देशमा विभाजित भएपछि एउटै परिवार दुइतिर भए,बाबा उत्तरमा आमा दक्षिणमा ,छोरा उत्तरमा छोरि दक्षिणमा । एउटै परिवारका सदस्यहरु दुइ रास्टमा विभाजित भएर बाच्नुको पिडा पटकपटक टेलिभिजन र मिडियामा देख्न पाइन्छ । अझै बढि कोरियन चार्ड र विशेष पर्व जहाँ उत्तर र दक्षिणमा विभाजित परिवारका सदस्यलाइ केहि घण्टाका लागि भेटघाट गर्ने अवसर दिइन्छ । लामो समयसँग परिवार सँग छुटिएर बस्दाको पिडा उनीहरुको भेटमा खस्ने आसू र पिडाले बताउछ ।
यतिखेर दक्षिण्मा भइरहेको ओलम्पिक गेमको लागि उत्तर ले दक्षिण कोरियामा आवाजजावातको ढोका खुलेको छ । हिउदकालिन ओलम्पिक खेलमा भाग लिन दक्षिण कोरियामा आइपुगेका उत्तर कोरियाका खेलाडिहरुलाइ देखेर दक्षिण कोरियाका नागरिकको आँखा खुसीको आँसु बगे । त्यो खुुसीको आँसुले बोलिरहेको छ आफ्नै दाजुभाइ,आफ्नै छिमेकीहरु मिल्नुपर्छ । डर त्रास र एक अर्कालाइ सिद्धाउने खेल अब बन्द हुनुपर्छ ।
उत्तर कोरिया कम्युनिष्ट मुलुक हो । जो आणविक हतियार र अन्वर्षण मार्फत विश्वलाइ नै ध्यान केन्द्रित गरेको छ । विश्व मै दोस्रो आणविक रुपमा शक्ति सम्पन्न भएको बताइने उत्तर कोरियामा किम जोन उन रास्टपति भएपछि अझै आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् । प्राय दिनहरु र हप्ताहरुमा आणविक परिक्षण गर्नै गरिरहेको उत्तरलाइ अमेरिकी सेना दक्षिणमा बसेर उत्तरमाथी हौवा दिइरहको मन परेको छैन । उसले आफ्नो भुमि मिचेको आफुमाथि अन्याय गरेका र विगतमा अमेरिकी सेना र दक्षिण कोरियाली सेनाले गरेको ज्याजदीको हिसाबकिताब मिलान गर्न चाहनछ ।
तर युद्धमा सहयोग गरेको र विकासमा पनि सहयोग गरेको अमेरिकालाइ दक्षिण कोरियाले निकै मान्छ । उसको दाइने हात जस्तो बनेको दक्षिण कोरियाली नागरिकमा भने उत्तर र दक्षिणको विवादमो मुख्य जरो अमेरिकी हस्तक्षेप रहेको बताउछन् ।
केहि महिला अघि दक्षिण कोरिया र जापानी क्षेत्रमा क्षेप्तास्त्र हाने पछि सयुक्त रास्टसँघले उत्तरकोरियामा नाकाबन्दी लगाएको थियो ।
नाकाबन्दी ताका इन्धन तथा अन्य सामाग्री सहयोग गरेको भनि चिनलाइ समेत अमेरिकाले आरोप लगायो । उत्तरले आफु विरुद्ध नाकाबन्दी लगाउने देशलाइ सिद्धाउने चेतावनी समेत दिइरहे । कम्युनिष्टहरुले भन्दै आएको साम्यवादको दिशा पच्छाइरहको उत्तरलाइ त्यहाँका नागरिको मानव अधिकार हनन् गरेको र क्रुर शासन गरेका भन्ने आरोप पनि लगाउने गरिन्छ । तर उत्तर कोरियाले भित्र भित्रै चमात्कारिक ढँगले विकास गरिरहेको छ । जहाँ सबै नागरिकका लागि समान खालको खानपान,शिक्षा र सेवा प्रदान गरिन्छ ।
दक्षिण कोरिया विश्व कै शक्ति रास्टको रुपमा उदयमान छ । उसले ५० बर्ष कै छोटो समयमा आफूलाइ सँसारका १० औ आर्थिक रुपमा शक्तिसम्पन्न रास्टको रुपमा उभ्याउन सफल भएको छ ।युद्धको कठिन अवस्थाबाट गुज्रीएर भोकमरी बाट ग्रसीत दक्षिण कोरियाली नागरिकमा श्रम गर्ने बानीको विकास भयो । विकासवादी नेताको उदयले दक्षिणले फट्को मार्यो तर उत्तर सँगको सम्बन्ध भने सुधार्न सकेन । अहिले भने दुइ देश विचको आवाजजावत खुला र खेलामा सहभागीताले सकारात्मक वातावरणके सन्देश प्रवाह गरेको छ । अमेरिका दक्षिण एसियामा आफ्नो प्रभाव जमाउनका लागि आफ्नो खेल्ने भूमि र मित्रका रुपमा दक्षिण कोरियालाइ लिन्छ । अमेरिकी शिखो गर्दै सडक, घर तथा अन्य निती पारित गरेका दक्षिण कोरियाले युद्धमा लगाएको अमेरिकी गुनलाइ यसै वेवास्ता गर्न सकेको छैन । बर्षेनी अमेरिकी सेनाको सैन्य अभ्यास गराउने, सेनाको क्याम्प्मा अमेरिकी सेना राख्ने जस्ता कार्य गर्दै आएको दक्षिण कोरियाले अमेरिकी सेनलाइ फिर्ता गरेर उत्तर सँगको सम्बन्ध सुधार गर्नुपर्ने आवाज पनि उठिरहेको छ । तर अमेरिका जसरी पनि दक्षिणको बाटो भएर उत्तरको आणविक शक्तिलाइ क्षिण पार्न र उत्तर कोरियालाइ पनि ध्वस्त पारेर सिद्दाउन चाहन्छ । उत्तर र दक्षिणको मिलन प्रति अमेरिकाइ हजम भएको छैन । ट्रम्प नेतृत्वको अमेरिकालाइ चिनले आर्थिक रुपमा गरेका उन्नती र उत्तर कोरियाको धम्किको साँख मार्नुपर्ने छ । आफ्नो छिमेकी बीचको सम्बन्ध सुधार गर्दै उच्च आर्थिक सम्वृद्धिमा जानुकोविकल्प छैन । आपसी मतभेद र एक पक्षबाट भएको अन्यायलाइ पुर्नविचार गर्नू पर्छ । एसियाको भुमिमा चर्किरहको उत्तर दक्षिण कोरियाको युद्ध यहि हिउदकालीन ओलम्पिकले साम्य पार्ने ढोका खोलोस शुभकामना ।

 

२२ माघ २०७४, सोमबार १०:५९ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »