logo

उपचार खर्चका नाममा सरकारसंग ७३ लाख माग गर्न मन्त्रालय पुगेका यी पूर्वमन्त्री कर्मचारीको कुरा सुनेर सोफा मै ढले पछि…!.

संबाददाता

Loading…

काठमाडौं, २९ माघ- पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

२६ असार ०७३ को मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदनसहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलब्ध गराउने निर्णयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो ।

तर, पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने या नदिने भन्नेमा अन्योलमा देखिएका छन् । उनलाई प्यांक्रियाजमा समस्या भएकाले उपचार सुरु गरिएको थियो ।

काठमाडौंको शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गरेको मात्र होइन खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि उनले मागेका छन् ।

कर्मचारीको कुरा सुनेर सोफामै ढले पासवान

आफूले निवेदनमा दाबी गरेअनुसार तत्काल रकम निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए ।

कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताएपछि उनी रिंँगटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए । ‘उपचार खर्चको नाममा ७३ लाखको बिल पेस गरे पनि रकम नपाउनेजस्तो देखेपछि प्रेसर लो भएको भन्दै सोफामा ढल्नुभयो,’ मन्त्रालयका कर्मचारीले भने ।

पासवानले पेस गरेका बिलका शीर्षक

भारतीय नोट सटही : १५ लाख दुई हजार ९९४ (एक सय ६० नेपालीबराबर सय भारु हुन्छ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी छ । कालोबजारमा साटेको पैसा केमा खर्च भयो भन्ने विवरण भने उल्लेख छैन । औषधि उपचारलगायत सम्पूर्ण खर्च अलग्गै छ ।)
० होटेल, चियाखाजा खर्च : १८ लाख ७३ हजार ६ सय
० यातायात : ८ लाख ९१ हजार ५७
० काठमाडौंको शिक्षण अस्पतालमा उपचार : ७ लाख १६ हजार
० भारतको मेदान्त अस्पतालमा उपचार : २३ लाख ४८ हजार ४२८

‘पूर्वमन्त्री पासवानले जम्मा ७३ लाख ३२ हजार मागदाबी गर्नुभएको छ । तर, सबै बिलका आधारमा दिन नमिल्ने भएपछि हामीले ४३ लाख सिफारिस गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनले औषधि उपचारमा लागेको रकमभन्दा बाँकी दिन नसक्ने बताए । ‘उहाँ सरकार ढल्न लाग्यो, मेरो रकम निकासा गर्नुस् भनेर दिनहुँ आउनुभएको छ । तर, हामीले ४३ लाख मात्रै दिन मिल्ने सिफारिस गरेका छौँ ।

त्यो पनि अर्थले सहमति दिन्छ–दिँदैन भन्न सक्ने अवस्था छैन,’ उनले भने । मन्त्रिपरिषद्ले गरेको निर्णय भएकाले औषधि उपचारमा लागेको बिलका आधारमा ४३ लाख सिफारिस गरेको लेखा शाखाका एक कर्मचारीको भनाइ छ ।

२९ माघ २०७४, सोमबार १७:४२ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »