logo

एक पटक पुग्नै पर्ने धार्मिक पर्यटकिय स्थल सर्वसिद्धिधाम पञ्चकोट बाग्लुङ,(फोटो फिचर सहित)

Tilak Bohara

Loading…

तिलक बोहरा
फागुन ८ बाग्लुङ- पछिल्लो समय सबैको ध्यान तान्न सफल धार्मिक तथा पर्यटकिय स्थल हो सर्बसिद्धिधाम पञ्चकोट! बाग्लुङ नगरपालीका वार्ड नं ६ तारजाल कोटमा निर्माणाधिन अबस्थामा रहेको यस पञ्चकोटमा “संस्थापक सदस्य बनौं !
पवित्र सर्वसिद्धिधाम निर्माण कार्यमा सहभागी बनौं!”
भन्ने मुल नारा सहित यहि फागुन ९ गते देखि १५ गते सम्म "श्री पञ्चकोट महायज्ञ-२०७४" भोली देखि महायज्ञ शुभारम्भ हुंदै छ !

पञ्चकोटमा १ सय ८ फिट अग्लो विश्व शान्ति कलश,५ हजार ५ सय ५५ किलोको महा घण्ट,बिभिन्न कलाकृति युक्त मठ मन्दिर,बिश्राम स्थल,गौवंशको संरक्षणको लागि गोपाल गौशाला निर्माण गरि यस क्षेत्रलाई विश्वकै शुन्दर धार्मिक पर्यटकिय स्थलको रूपमा विकाश गर्ने उद्धेश्यका साथ सुरू गरिएको महायज्ञ बिगतका बर्षहरू जस्तै यो बर्ष पनि आयोजना गरिएको छ ।

स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पमा निर्माण हुन लागेको पाँच वटा कोट(संसारकोट,राँयराँयकोट,कारिकोट,माझकोट र तारजालकोट)को संयोजन हो पञ्चकोट! मिती २०७१ साल देखि हरेक बर्ष आयोजना गरिंदै आइएको महायज्ञ अन्तर्गत यो चौंथो महायज्ञ हो । यस महायज्ञमा बाग्लुङ,पर्वत र बेनि लगायत देश भरिका हिन्दु धर्ममा आस्था र विश्वास राख्ने तिर्थालु भक्तजनहरूको उल्यख्य उपस्थिती हुने गरेको छ ।

बाग्लुङ बजार देखि देख्न सकिने यस पञ्चकोटमा भारत देखि ल्याइएका कुशल कालीगढहरू द्वारा बिभिन्न कलाकृती युक्त मठ मन्दिरहरू निर्माण कार्य भईरहेका छन्। हनुमानको मुर्ति,गण्डकी माताको मन्दिर,शिशमहल,अतिथी गृह, गोपाल गौशाला,भगवान बिष्णु सवार गरूडको मुर्ति,पानी ट्याङकी लगाएत अन्य बिभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य सम्पन्न भइसकेका छन्

बाग्लुङ सदरमुकाम,पर्वत र बेनिका बिभीन्न स्थानहरूको अबलोकन गर्न सकिने यस स्थान बाट धौलागिरी,निलगीरी र माछापुच्र्छ्रे, हिमालहरूका साथै कलकल बग्ने कालीगण्डकी नदिको पनि अबलोकन गर्न सकीन्छ ।
यहाँ दैनिक जसो सैयौंको संख्यामा घुम्नको लागि पर्यटकहरू आउँने गर्छन। बिभिन्न स्कुलका बिद्यार्थीहरू अबलोकन भ्रमण गर्न आउँनुका साथै यस क्षेत्रमा बिभिन्न म्युजिक भिडियोको छायाँकन गर्न समेत आउने गरेका छन ।

पर्यटन बोर्ड पोखराको सहयोग साथै स्थानियको श्रमदानमा बाग्लुङ नगरपालिका वार्ड नं ६ सिम ओखर बोट देखि पञ्चकोट सम्म र साथै बाग्लुङ नगर पालिका ६ भान्सा स्वामि कमल नयनाचार्यको जन्मस्थान देखि पञ्चकोट सम्म रेलिङ सहितको पद मार्गको निर्माण गरिएको छ भने सिम हुंदै पञ्चकोट,भान्सा धारापानी देखि स्वमिको जन्मस्थल हुंदै पञ्चकोट सम्म साथै भान्सा बुढाघर-पोखरी हुंदै पञ्चकोट सम्म मोटर बाटो पुर्याइएको छ भने बा न पा ७ कालिमाटी देखि पनि पञ्चकोट सम्म मोटरबाटो जोडिएको छ ।

दुई अर्ब भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको यस पञ्चकोट निर्माण कार्यका लागि रकम संकलन गर्न साथै यस क्षेत्रलाई चिनाउनका खातिर हरेक बर्ष महायज्ञको आयोजना गरिएको कुरा “श्री पञ्चकोट महायज्ञ मूल आयोजक समिती”ले जानाएको छ । यस क्षेत्रमा आज सम्म करिब १५ करोड भन्दा बढिको भौतिक संरचना निर्माण गरि सकिएको छ ।

१ सय ८ फिट अग्लो विश्व शान्ति कलस, मोटर बाटोको स्तरोन्नति,५ हजार ५ सय ५५ किलोको महाघण्ट निर्माण कार्य भइरहेको र यसको निर्माण सम्पन्न गर्नको लागि ठुलै धन राशिको आवश्यकता पर्छ । त्यस्तै कारीकोटमा शत्तल सहितको मन्दिर निर्माण र तार बार गरिसकिएको छ भने अन्य कोटहरूमा पनि मन्दिर तथा अन्य संरचना निर्माण कार्यको आरम्भ गरि सकिएको छ ।

सर्वसिद्धिधाम पञ्चकोटमा सवा लाख शालिग्राम राख्ने, ३ सय ६५ तुलसीका मठ र १ सय ८ पिपलहरू रोप्ने योजना पनि छ ।पञ्चकोट निर्माण कार्य सम्पन्न भए पछि नेपाल देखि मात्र नभएर भारतका बिभीन्न ठाउँहरू बाट तिर्थालु भक्तजनहरू पनि यहाँ पुण्य कमाउन आउने बिश्वास गरिएको छ ।

पञ्चकोटमा पुण्य कमाउनका साथै यहाँ देखि देख्न सकिने हिमश्रिङखला,बाग्लुङ,पर्वत र बेनिका सम्मा फाँट,डाँडा काँड र गर्मि महिनामा शित्तल र जाडो महिनामा घाम ताप्न साथै बिभिन्न मनमोहक दृश्यावलोकन गर्न पनि सकिने हुंदा बिदा र फुर्शदको समयमा एक पटक जानै पर्ने स्थल मध्यको एक रमणिय स्थल हो बाग्लुङ नगरपालिका वार्ड नं ६ तारजालकोटमा अबस्थित सर्बसिद्धिधाम पञ्चकोट !


तस्विर : मोहन के.सी./ राजन क्षेत्री बाग्लुङ

८ फाल्गुन २०७४, मंगलवार ०९:३६ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »