logo

साइप्रससहित युरोपेली मुलुकमा श्रम स्वीकृति बन्द,

Tilak Bohara

Loading…

कामदार निर्देशिका चौथो संशोधनअनुसार श्रम सम्झौता नभएका कुनै पनि मुलुकका लागि घरेलु कामदारलाई श्रम स्वीकृति दिन मिल्दैन : विभाग
मलेसियासहितका ४२ मुलुकको श्रम स्वीकृतिमा रोक लगाइएको हो, युरोपेली मुलुक यसमा पर्दैनन् : व्यवसायी

काठमाडौँ — वैदेशिक रोजगार विभागले साइप्रसलगायत युरोपेली मुलुकमा घरेलु कामदारको श्रम स्वीकृतिमा आइतबारदेखि रोक लगाएको छ । घरेलु कामदार निर्देशिका सबैतिर आकर्षित हुने भन्दै विभागले युरोप जाने घरेलु कामदारलाई पनि श्रम स्वीकृति दिन रोक लगाएको हो । घरेलु कामदारको निर्देशिकामा दुई देशबीच श्रम सम्झौता नभएसम्म श्रम स्वीकृति नदिने उल्लेख छ ।

घरेलु कामदार निर्देशकाको चौथो संशोधनपछि खाडी र मलेसियासहित ४२ देशमा घरेलु कामदार पठाउन सरकारले एक वर्षअघि नै रोक लगाएको थियो । तर, साइप्रससहित युरोपका देश जानेलाई भने श्रम स्वीकृति दिइरहेको थियो । बिदामा आएकाले अब पुन: सोही देश गएर काम गर्न पाउने छैनन् । ‘घरेलु कामदारको विषयमा विवाद नै छैन । जुन देशमा श्रम सम्झौता छ, त्यो देशमा मात्रै श्रम स्वीकृति प्रदान गर्ने हो,’ विभागका महानिर्देशक भुवन आचार्यले कान्तिपुरसँग भने, ‘श्रम सम्झौता नभएकालाई स्वीकृति दिनु मनासिव हुँदैन ।’

साइप्रस मामिला हेर्दै आएको इजरायलस्थित नेपाली दूतावासले बिनाश्रम सम्झौता म्यानपावरले घरेलु महिला कामदार पठाइरहेको भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । दूतावासले साइप्रसमा पनि घरेलु कामदार निर्देशिका कार्यान्वयन हुनुपर्ने भन्दै मन्त्रालयको भूमिकाप्रति नै प्रश्न उठाएको थियो । पछिल्लो समय युरोपको मुलुक भन्दै घरेलु कामदारमा साइप्रस जानेको संख्या बढेको थियो । म्यानपावरलाई ३ लाख रुपैयाँसम्म बुझाएर साइप्रस जाने क्रम बढिरहेको थियो । आर्थिक वर्ष २०७३/७४ मा घरेलु कामदारका रूपमा विदेश जाने महिलाको प्रमुख गन्तव्य साइप्रस बनेको थियो । यस वर्ष १ हजार १ सय ६४ महिला साइप्रस गइसकेका छन् । अहिले पनि हरेक महिना एक सयजति संख्यामा महिला साइप्रस गइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले भने साइप्रससहितका युरोपेली देशमा घरेलु कामदार निर्देशिका लागू नहुने दाबी गरेको छ । ‘सरकारले घरेलु कामदार निर्देशिका लागू गर्ने भनिएका ४२ देशभित्र युरोपका देश पर्दैनन्,’ संघका अध्यक्ष रोहण गुरुङले भने । कान्तिपुर बाट

१५ फाल्गुन २०७४, मंगलवार ०२:१५ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »