logo

पुनःविद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

Tilak Bohara

Loading…

फागुन २३ काठमाडौँ — संसदको सबैभन्दा ठूलो दल एमालेले पुन: विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राति अबेरसम्म बसेको स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । ‘वर्तमान राष्ट्रपतिलाई नै दोहोर्‍याउने निर्णय भयो,’ गौतमले यतिमात्रै भने। राष्ट्रपतिका लागि भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो।

साँझ साढे ५ बजेदेखि झण्डै ७ घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले खनाललाई राष्ट्रपति बनाउनुपर्ने अडान अन्तिम समयसम्म राखेपछि निर्णय गर्न सकस परेको थियो।

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ।

भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनले नेपालको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपतिको इतिहास बनाएकी थिइन्।

एमाले तत्कालिन महासचिव मदन भण्डारीकी पत्नी विद्या विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा थिइन्। महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले अनेमसंघ केन्द्रीय अध्यक्ष तथा एमाले केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरिन्। भण्डारी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री, जनसंख्या तथा वातावरण र रक्षा मन्त्री भइसकेकी छन्।

मदन भण्डारीको निधनपछि भएको काठमाडौं– १ को उपनिर्वाचनमा तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि भण्डारी केन्द्रीय राजनीतिमा स्थापित भइन्।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन्। उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउँदैछन्।

संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी र पुनले दोस्रो कार्यकाल पनि निरन्तरता पाउने निश्चित छ।

२३ फाल्गुन २०७४, बुधबार ०८:०२ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »