logo

गृहमन्त्री थापाको सालिनता: गृह र पुरै प्रहरीनै परे अचम्मित?

संबाददाता

Loading…

शिवजी श्रेष्ठ
यसपटक गजब भो, जब जब नेपालमा गृहमन्त्री परिवर्तन हुन्छ, तब पदबहालीसँगै गृहमन्त्रीको गर्जन शुरु हुन्थ्यो र प्रहरीलाई चेतावनीको भाषा बोलिने परम्पराविपरीत नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई व्यावसायिक बनेर सहयोग गर्न अनुरोध गर्दै सहयोग गरे संसारकै नमूना प्रहरी बनाउने प्रतिबद्धता व्यक्त गरेछन् । जहिल्यै नवनियुक्त गृहमन्त्रीबाट कारवाही र चेतावनीको भाषा सुन्दै आएका प्रहरीहरुलाई अचम्म लाग्यो होला ।

रक्षामन्त्री भएर सेनाको मुख्यालय भ्रमण गर्दा सेनाको प्रशंसामा ओतप्रोत भएर फर्किन्थे भने यता नेपाल प्रहरी मुख्यालय पुगेर फर्केका नवनियुक्त गृहमन्त्री कारवाही र चेतावनीका भाषा बोलेर फर्कन्थे । लाग्थ्यो, नेपालका प्रहरी भनेको ‘बाटोको मादल’ को, बाटो हिँड्ने जो बटुवाले पनि बजाउँदै हिड्ने ।

यसरी गृह प्रशासनको नेतृत्वमा आएकाहरुको अबरोधले गर्दा नै प्रहरी नेतृत्वसँग असमञ्जस्यता बढ्दै जान्छ र सम्पूर्ण समन्वय भत्किने क्रम शुरु हुन थाल्छ । जसले गर्दा कि गृह प्रशासनको डोमिनेशनको प्रकृया शुरु हुन थाल्छ कि त गृहमन्त्री र आईजीपीका बीच टकराव शुरु हुन थाल्छ ।

तसर्थ, प्रहरीमा ब्यापक असुरक्षा र अनिश्चयको भाव बढ्दो छ । यसकारण प्रहरी अधिकारीहरुको अनावश्यक घरदैलो कार्यक्रम ब्यापक रुपमा देखिन्छ । यो रहर नभएर बाध्यता हुँदै गएको छ । त्यसैले आफ्नो सुरक्षा (पदीय प्रगति र सरुवा सुरक्षा)को लागि गृहमन्त्रीको परिवर्तन सँगसँगै प्रहरीभित्र पनि चलखेल शुरु हुन थाल्दछ ।

प्रहरी प्रशासनलाई पावर, पैसा र हाईफाईको रुपमा लिइन्छ, प्रहरी प्रशासन जसको हातमा भयो, उसको हातमा एउटा ठूलो शक्ति आएको अनुभूति हुने हुँदा सत्तारुढ पार्टीका शक्तिशाली पावर सेन्टरहरु सबैको ध्यान यहि गृह मन्त्रालयतिर खिचिएको हुन्छ ।

अहिले पनि पार्टीका नेताहरुको सम्पूर्ण ध्यान यतैतिर खिचिएको पाइन्छ । बेलायत लगायतका विकसित मुलुकहरुमा को गृहमन्त्री आए ? को गृहमन्त्री गए ? चासोको विषय हुँदैन तर हाम्रो नेपालमा चिया पसलेदेखि नाङ्ले पसलेसम्मलाई यस बारेमा चासो रहन्छ ।

सुरक्षा कुनैपनि देशमा सरकारको उपस्थितिको पहिलो आभास हो, जनताले आफ्नो ठाउँमा आफ्नो गाउँमा तब सुरक्षित मान्दछ, अब उसले निस्पक्ष र कलंकरहित सुरक्षा व्यवस्थाको अनुभव गर्दछ । तब त शुरु हुन्छ, व्यापक प्रेसर । यसरी प्रेसरभित्र परेर नै हामीले सम्झौतामा आफूलाई लैजान थाल्दछन् ।

यसरी सम्झौतामा बाँचेको सुरक्षा व्यवस्था न त बलियो हुन्छ, न त सुरक्षाकर्मी नै । नेपालको प्रहरीमा जति जति माथिल्लो ओहोदामा पुग्दै जान्छ, त्यति नै मनोबल खस्किदै गएको हुन्छ ।

जब कि हुनुपर्ने त जति जति माथिल्लो ओहोदामा पुग्दै गयो अनुभव, योग्यता र परिपक्वताले गर्दा झनै हिम्मत, मनोबल बढ्दै जानुपर्ने हो । तर नेपालको वर्तमान प्रहरीको मनोबल ठीक विपरीत खस्किँदै गएको देखिन्छ ।

पदिय दायित्वको हिसाबले डीएसपी, एसपी हुँदासम्म उच्च मनोबलमा रहेका प्रहरी अधिकारीहरु डीआईजी, आईजीपी हुँदासम्म मनोबल पुरै खस्किसकेको हुन्छ ।

अहिले नवनियुक्त गृहमन्त्रीले केही सकारात्मक कुराहरु साँकेतिक रुपमा सम्बोधन गर्न खाजेका देखिन्छन् । प्रहरीभित्रका गुटका कुराहरु उठाउनु, प्रहरीसँग सहयोग माग्नु, देशमा आमुल परिवर्तनलाई संस्थागत विकास गर्न शान्ति, सुशासन र अमनचयनको खाँचोको कुराहरु उठाउँदै प्रहरी संगठनमा सुधार गर्नुपर्ने

कुराहरु धेरै भएको अनि व्यावसाियक प्रहरीको प्रसंगहरु उठाएको देखिँदा प्रहरीभित्रको आवश्यकता र हालको समसामयिक अवस्थालाई नजिकबाटै गृहमन्त्रीले हेरिरहेको महशुस हुन्छ । हो, गृहमन्त्रीले औँल्याएझैँ प्रहरीभित्र गुटबन्दीले राम्रोसँग जरो गाडेको छ, जसको कारक शक्ति केन्द्रहरु नै भएको कुरा स्पष्ट छ ।

तसर्थ, यदि गृहमन्त्रीले यी कुराहरु गम्भीर रुपमा लिनुभएकै हो भने गृह प्रशासनका अनुभवी अभियान्ताहरु प्रहरीका पूर्वपदाधिकारीहरुसँग यथासक्य चाँडो बस्न जरुरी छ ।

पूर्व गृहमन्त्रीहरुसँग ‘कफी टक’ गर्दै उनीहरुको पश्चाताप र यदि अहिले गृहमन्त्री भइरहनु भएको भए के गर्नुहुन्थ्यो ? यिनै कुराहरुको जवाफ लिएर आफ्नो पालामा सुधारका लागि प्रयत्न गर्नु बद्धिमानी ठहर्छ । हिजो मौका पाएर पनि सदुपयोग गर्न नसकेकाहरुको पश्चातापभित्र धेरै सम्भावनाका कथाहरु हुन सक्छन् ।

नवनियुक्त गृहमन्त्रीले तत्काल विचार गर्नुपर्ने अर्को विषय हो – निकट भविष्यमा हुन गइरहेको नयाँ प्रहरी प्रमुखको छनौट । आईजीपीको छनौटलाई प्रहरी ऐन र परम्परा अनुसार उपयुक्त आधारमा उपयुक्त तवरले निर्णय हुन सकेन र बाहिरी एवम् भित्री तत्वले खेल्न पायो भने, गृहमन्त्रीजी, तपाईले भनेका गुटबन्दीले फेरी

प्रश्रय पाउने छ, त्यो नै दुर्भाग्यपूर्ण हुनेछ । यतिखेर प्रहरीभित्र धेरै आकांक्षीहरु छन्, त्यसलाई बुद्धिमतापूर्वक व्यवस्थापन गर्न सकियो भने हिजो बिग्रिएको थितिलाई बाटो देखाउन समर्थ हुन सक्छ र त्यही परम्परा बन्दै जानसक्छ ।

अर्को, अघि माथि नै भनिएझैँ जति जति माथिल्लो ओहदामा पुग्दै गएका प्रहरी अधिकारीहरुका घट्दै गएका मनोबलको कारण खोजी गर्नु र त्यसको उपचार गरिनु दीर्घकालिन आवश्यकता नै हो ।

एसपी हुँदासम्म उच्च मनोबल भइरहेको र जनताबाट हाईहाई भएको व्यक्ति डीआईजीसम्म आइपुग्दा खस्किएको मनोबलमा परिणत भइसकेको हुन्छ । त्यसको कारण खोजी गर्नु जरुरी छ ।

धेरै पूर्वगृहमन्त्रीहरुले प्रहरीलाई ‘प्रहरी’ मात्रै बनाएर काम गरेनन्, आफूले पनि खेल्ने काम गरे र अरुलाई पनि खेल्ने वातावरण मिलाई दिए र त्यसको परिणाम नेपाल प्रहरीले भोगिरहेको छ । जसको सुधार समयको माग भइसकेको छ ।

अर्को गृहमन्त्रीले हेर्न पर्ने कुरा माओवादी जनयुद्धमा ध्वस्त भएका गृह प्रशासनका प्रहरी इकाईहरुको निर्माण कार्य जरुरी कुरा हो । प्रहरीमा स्रोत र साधनको कमी छ, त्यसैले प्रहरी कर्मचारीले माथिल्लोस्तरसँग समन्वय गर्दै हामीले प्रहरी इकाईको लागि संयुक्त डिनर र प्रजेन्टेशनको समसामयिक अपडेट गरिरहुन पर्दछ ।

अर्को गृहमन्त्रीले प्रहरी प्रशासनको बचाव गर्ने कुरा अहिलेको आवश्यकता हो । बेलाबखत प्रहरी अभिभावकविहीन महुशुस गरिरहेको हुन्छ । यस्तोमा गृहमन्त्रीले अभिभावकत्व ग्रहण गरिदिनुपर्छ ।

गृहमन्त्रीले उठाउनु भएको व्यावसायिकताको कुरा एकदम जायज छ तर प्रहरीलाई पूर्ण व्यावसायिक बन्न निर्देशन दिएर मात्रै पुग्दैन, त्यसको लागि सोही मुताविक स्रोत र साधनले सम्पन्न गराई दिनुपर्दछ ।

साथसाथै उच्च व्यवसायिक तालिम लगायतका अवसर सृजना गरिदिनु पर्दछ । अनि राम्रा काम गर्ने, व्यवसायिक प्रहरीहरुलाई प्रोत्साहन र प्रहरीको छवि धुमिल्यान खोज्नेलाई कारबाहीको उचित व्यवस्था गराउन सके त्यसले एउटा स्वरुप लिन सक्थ्यो ।

भर्खरै प्रहरीले प्रादेशिक स्वरुपमा प्रवेश गरेको छ । जोसँग प्रहरी घुलमिल भइसकेको छैन, भनौँ एउटा पूर्ण स्वरुप लिइसकेको छैन । तसर्थ दीर्घकालिन रुपमा समेत पर्न सक्ने असरलाई समेत मध्यनजर राखेर उचित व्यवस्थापन जरुरी छ ।

धेरै नेताहरु शक्तिशाली गृहमन्त्रालय नै ताक्छन् । यसरी गृहमन्त्री भएकामध्ये केही मात्रै अझै ओज थपेर आफ्नो राजनीतिक करियर अगाडी बढाउन समर्थ भएका छन् ।

तर केहिले भने आफैँ समेत गन्हाएर प्रहरीलाई दुर्गन्धित बनाएर आफ्नो पनि राजनीतिक अवशान गरेको देखिन्छ । तसर्थ गृहमन्त्रीको रुपमा आफ्नो राजनीतिक उचाईलाई कहाँसम्म पुर्‍याउने हो त्यो गृहमन्त्रीको आफ्नै हातमा छ ।लेखक भूपू डीएसपी हुन्

८ चैत्र २०७४, बिहीबार ०४:१३ मा प्रकाशित

समाचार

सिगना लामिचौरमा नव वर्ष उत्सव २०७५ भव्य रुपमा सम्पन्न,

भलिबलको उपाधी सिगाना ७ ए लाइ ,रत्यौलीको उपाधी लामिचौर आमा समुहलाइ बागलुङ नव वर्षको अवसर...... पूरा पढ्नुहोस् »

नव वर्ष उत्सवमा विविध प्रतियोगिता जारि ,भाेलि अाधा दर्जन कलाकारकाे धमाका

बागलुङ लामिचौर युवा क्लव बानपा ८ सिगाना लामिचौरले आयोजना गरेको नव वर्ष उत्सव २०७५ दोस्रो...... पूरा पढ्नुहोस् »

ओभरसिज रेमिटले जापानको योक्काईची शहरमा पनि गर्यो शाखा विस्तार

ज्याकखड्का, २८ गते बुधवार २०७४,टोकियो जापान आक्रामक रूपमा आफ्नो सेवा र सञ्जाल विस्तार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतकाे दाेहाेरी ब्याटल नव बर्ष उत्सव सिगानामा

बागलुङ लामिचाैर युवा क्लवकाे अायाेजनाका सञ्चालन भईरहेकाे नव बर्ष उत्सवमा चर्चित गायक तथा...... पूरा पढ्नुहोस् »

बडदो विद्युत जोखिम न्यूनीकरण र तेस्रो पक्ष बिमा।

काठमाडौं । विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय...... पूरा पढ्नुहोस् »

नव वर्ष उत्सवकाे एनअारएनए अाइसिसि सदस्य हिमाल गुरुङले उद्घाटन गर्ने

बागलुङ लामिचाैर युवा क्लव बानपा ८ सिगानाले अायाेजना गरेकाे नवबर्ष उत्सव २0७५ काे विधिवत...... पूरा पढ्नुहोस् »

भिर महको सिकार: सार्है जोखिम र साहसीक काम।

बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर...... पूरा पढ्नुहोस् »

सलमान खान जेठ१२ मा नेपाल अाउदै

काठमाडौं : बलिउड अभिनेता सलमान खानकाे नेपाल अाउने मिति तय गरिएकोे छ । उनी जेठ १२ गते नेपाल...... पूरा पढ्नुहोस् »

भारतिय प्रधानमन्त्रीको सम्बोधनसँगै नेपाल-भारत सम्बन्धमा आईसब्रेक : भारतीय नेताहरु

काठमाडौं, २४ चैत्र । भारतीय नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनलाई ऐतिहाँसिक र...... पूरा पढ्नुहोस् »

गेष्ट हाउस गएकी युवतीको शंकास्पद मृत्यु।

साङ्केतिक तस्वीर २३ चैत, काठमाडौं । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलमा रहेको...... पूरा पढ्नुहोस् »