logo

रेशम चौधरीलाई सपथ गराउने समाचारले टीकापुर घटनाका पीडित मर्माहत, बहानामा उन्मुक्ति नदिन चेतावनी

संबाददाता

Loading…

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई स–सम्मान संसदमा भित्र्याउने गृहकार्य थालिएको खबरले पीडित दुःखी छन् ।

दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका उनीहरु ‘न्याय’को याचना गरिरहेका छन् । तर, राजनीतिक नेतृत्व चौधरीलाई स–सम्मान सदन भित्र्याउने कसरतमा छ ।

हाँसीखुसी नै चलिरहेको थियो शारदा बोहोराको जीवन । प्रहरी सेवामा थिए श्रीमान् । घर व्यवहार चलाउँदै सन्तानको शिक्षा–दीक्षामा केन्द्रित थिइन् यिनी ।

तर, कहालिलाग्दो रुपमा आएको २०७२ भदौ ७ गतेले यिनको जीवनको लय नै मोडिदियो । कैलालीको टीकापुर ‘हत्याकाण्ड’को उत्कर्षमा श्रीमान् बलराम विष्ट सदा–सदाका लागि विदा भए ।

टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ६ प्रहरी र एक नावालकको हत्या भयो । नियतिको ‘बज्रपात’ स्वीकार्दै शारदा र उनका सन्तान ‘न्याय’को याचना गरिरहँदा टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी कैलाली–१ बाट सांसद निर्वाचित भए ।

आत्मसमर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठायो । कारागारमै अनसन थालेपछि उपचारका लागि भन्दै काठमाडौं ल्याइएका चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले अस्पतालमै पुगेर जुस मात्रै पिलाएनन् राजनीतिक नेतृत्व उनलाई सांसदको सपथ गराउनेबारे छलफल चलाइरहेको छ ।

जीवनको लय नै मोडिदिने एक अभियुक्तलाई ‘सम्मान’ गर्ने राजनीतिक नेतृत्वको तयारीले शारदा र उनको परिवारलाई झनै मर्माहत बनाएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टी नेपालले चौधरीको सपथलाई ‘एक सुत्रीय’ माग बनाएको छ । प्रधानमन्त्री ओली गुन तिर्नुपर्ने दायित्वमा रहँदा गृहमन्त्रीको ‘जुस प्रकरण’ले चौधरीको मुद्दा फिर्ता नै हुने हो कि भन्ने आशंकालाई बल दिएको छ ।

तर, राजनीतिक कारण भन्दै राष्ट्र सेवकको हत्याका आरोपीलाई चोख्याउने ‘षडयन्त्र’ भइरहेको भन्दै चुप लागेर नबस्ने चेतावनी दिन्छन् पीडित ।

बलरामकी छोरी बसन्तीले त सञ्चार माध्यममार्फत प्रधानमन्त्री केपी ओलीलाई चिठ्ठी लेख्दै अपराधलाई राजनीतिकरण नगर्न भन्दै आफूहरुलाई न्याय दिन आग्रहसमेत गरिसकेकी छन् ।

पत्रको जवाफ आउला भन्ने आश नरहेपनि ‘समानता र न्याय’को चर्को भाषण गर्ने प्रधानमन्त्री चौधरीलाई सदनमा भित्र्याउन ‘मतियार’ नभइदिए हुन्थ्यो भन्ने यिनीहरुको अपेक्षा छ ।

 

८ चैत्र २०७४, बिहीबार ०७:०६ मा प्रकाशित

समाचार

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »

कुकुरले  लखेटेर   माेटरसाइकल दुर्घटना हुंदा लेखानीका एक युवाकाे ज्यान  गयाे

बागलुङ, ३ असोज–बागलुङमा गत राति  ११.३0  बजेतिर  मोटर साईकल सवार  एक  युवालाई कुकुरले  लखेटेपछि ...... पूरा पढ्नुहोस् »

बागलुङमा पहिराेमा परि एक महिलाकाे मृत्यु

बागलुङ, असोज १ । बागलुङको बडिगाढ गाउँपालिका वडा नं. ७ को तिरतिरे खोलाको पहिरोमा परि एक जनाको...... पूरा पढ्नुहोस् »

जन प्रेम मावि भुस्कातमा बालदिवश विशेष कार्यक्रम सम्पन्न

बागलुङ, ३० भदौ — जिल्लाको ताराखोला गाउँपालिकामा रहेको जनप्रेम माध्यामिक विद्यालयले ५४ औं...... पूरा पढ्नुहोस् »

सिर्जना सास्कृतिक परिवार विहुकाे तिज मेला जारि, सज्जन र हरिसंग यसरी रमाए दर्शक

बागलुङ सिर्जना सास्कृतिक परिवार विहु जुकेपानीकाे छैठाै बार्षिकाेत्सव तथा तिज मेलाकाे...... पूरा पढ्नुहोस् »

थुनिएकाे बडिगार्ड खाेला बग्न थाल्याे, जाेखिम कम हुँदै

बागलुङ , २०७५ भदौ ३० । हिजाे राति ११ बज बडिगार्डकाे तुरतुरेमा गएको पहिरोले बडीगाड खोला थुनिएर...... पूरा पढ्नुहोस् »

सिर्जना सास्कृतिक परिवारकाे तिज मेलामा सहयाेग अभियान जारि

बागलुङ २७ गते सुरु हुने सिर्जना सास्कृतिक परिवारले अायाेजना गरेकाे तिज मेलामा सहयाेग...... पूरा पढ्नुहोस् »