logo

“निखारिएको कलम बाट तिखारिएका शब्द सिर्जना गर्न माहिर मौलीक सर्जक नवराज पन्त सङ्गको अंतरवार्ता”।

संबाददाता

Loading…

 

“लेखेर कपीमा राख्दैमा सिर्जनाले मूर्त रुप पाँउदैन,जब गीतमा संगीत भरिन्छ आवाज भरिन्छ अनि गीत साच्चै गीत हुन्छ”

                     गितकार/सर्जक : नवराज पन्त

www.eनेपाल खबर डट कम का अध्यक्ष ‘राजन क्षेत्री’ सरको सहयोगमा सर्जक नवराज पन्त’सँग eनेपाल खबर डट कमका सम्पादक ‘नवराज तिमल्सिना ‘एकान्ते” ले लिएको अन्तर्वार्ताको पुर्ण अंश।

प्रस्न न: १? गाउँको मुलको पानी, भञ्ज्याङ्को बिसौनी र चौतारिको हावाबाट दुर!! प्राय नेपालिहरुको सपनाको देश अमेरिका बस्दै आउनु भएकोतपाईंले बिगत र बर्तमानलाइ केलाउदा, आफुले आफुलाइ के कुरामा चै आफू परिवर्तित भएको पाउनु हुन्छ?

?? भुगोलको हिसाबले हामी संसारको जुनसुकै ठाउँ बसेपनि हामीले आफ्नो समाज र संस्कृति लाई कहिल्यैे पनि भुल्न सक्दैनौ र भुल्न हुँदैन पनि। अमेरिका बसे पनि मेरो तनमन नेपालमा नै आफ्नै गाउँबेशी र त्यसैमा तैरिएका सहयात्रीहरूसँग हुन्छ। गुच्चा खेल्दाको क्षण होस् या डण्डी बियो खेल्दाको क्षणले हरपल मनलाई पुलकित गरिरहन्छ। मैले चिम्लने आँखाले मेरो देश देख्छु,मैले फेर्ने श्वासमा मेरो देशको हावाको महसुस गर्छु।जब म लोक गीत संगीतमा रमाउछु म मेरै गाउँमा मेलापात गरिरहेको हुन्छु जब आँखा खोल्छु अनि झसङ्ग हुन्छु म त अमेरिकामा छु। म मेरो पारिवारिक सामाजिक कारणले विदेशीएको हु। परदेशिहरुलाइ परदेशको पिडा एउटै हुन्छ जहाँ रहेपनि अमेरिकामा होस खाडी। म आफैं अमेरिका भएर भनेको हैन। मलाइ चै लाग्दैन कि अमेरिका सपनाको देश हो भनेर। मलाई विपनामा या सपनामा नेपाल नै प्यारो लाग्छ।

प्रस्न न: २ ? प्रदेशमा रहेर लोक गित सङ्गितको संरक्षण र सम्बर्द्धनका निमित्त आवाज उठाउदै खारिएका तपाईंका सिर्जनाहरुले समाज परिवर्तनका रुपरेखामा आफ्ना सिर्जनाले कस्तो भुमिका खेलेको छ जस्तो लाग्छ आफ्नै सिर्जना मार्फत?

??वास्तवमा लोक तथा दोहोरीगीत क्षेत्रमा मौलिकता मेरो पाटो हो। मौलिकता मलाई असाध्यै मन पर्छ हुन त विभिन्न किसिमका गीत नलेखेको हैन मैले। र ती गीतहरू बजारमा आउने तयारीमा पनि छन् तर मेरो रोजाई चाहिँ मौलिकता नै हो ।त्यसमाथी पनि पस्चिमा संस्कृतिमा ढल्दै गरेको गीतसंगीतको क्षेत्रमा आफूले आफूलाई मौलिकतामा ढाल्दै पुरातन समयदेखि चल्दै आएका संस्कृति र कला जोगाउने प्रयास मैले मेरो सिर्जनामार्फत गरेको छु र गरिपनि रहनेछु।

प्रस्न न: ३ ? नवराज पन्त लाई ‘सर्जक’ नवराज पन्त भनेर चिनाएको तपाईंको कुन चाहिँ सिर्जना हो? र, आफैलाइ पनि सार्है मन परेको सिर्जनाको नाम लिनु पर्दा कुन सिर्जनाको नाम लिनु हुन्छ?

??मेरो पहिलो एल्बम जुन २०६८सालमा प्रकाशनमा आएको थियो “डाडै फुर्के सल्लो” मलाई यदि कसैले नवराज पन्त भनेर चिन्छ भने यहि बाट नै चिनेको हो र यो गीत नै मेरो सबैभन्दा पहिले सिर्जना पनि हो। मभित्रको क्षमता देख्ने बसन्त थापा,कुलेन्द्र विश्वकर्मा पर्लाद सुवेदी दाइको झक्झकाहट र प्रेरणा ले मैले लोकगित सिर्जना गर्न थालेको हु। लेखेर कपीमा राख्दैमा सिर्जनाले मूर्त रुप पाँउदैन,जब गीतमा संगीत भरिन्छ आवाज भरिन्छ अनि गीत साच्चै गीत हुन्छ यसैको परिणाम हो मेरो “डाडै फुर्के सल्लो” पनि जस्मा वसन्त थापा दाइको संगित र स्वर कुलेन्द्र बिस्वकर्मा दाइ को रहेको छ। यो मेरो पहिलो सिर्जना पनि हो।

प्रस्न न: ४ ? मौलिक गितहरुको रचना गर्ने सर्जक नवराज पन्तको सम्बन्ध अरु गायक/ गायिका हरुसङ्ग त्यति नजमेको हो कि? चाहना नभएर हो, तपाइँका प्राय सबैजसो सिर्जना बसन्त थापालाइ मात्र दिनुको केही बिशेष कारण?

?? मेरा प्राय गीतहरू वसन्त थापा दाइ बाट नै संगीत भएर आउने गरेका छन् र दर्शक श्रोताहरुले पनि मन पराइदिनुभएको छ धेरै थोरै ठाउँ पनि पाएका छन् मेरा सिर्जनाहरुले। म मा खुबी छ भनेर बाटो देखाइदिने पनि उहाँ नै हो र उहाँसँग काम गर्दा धेरै सहज पनि हुन्छ। म परदेशमा छु।अलि धेरै दुख अलि धेरै जिम्मेवारी लिनुपर्ने हुन्छ परदेशमा बस्ने सङ्ग नेपालमा बसेर काम गर्नेले र त्यो जिम्मेवारी चाहिँ बसन्त थापा दाइले लिइ नै राख्नुभएको छ त्यसकारण पनि मलाई सहज भइरहेको छ। उहाँको सिर्जना संगीत अत्यन्तै मन पर्छ मलाई त्यसैले पनि धेरै काम चै उहाँसँग नै भएको हो।तर अरु गायक गायिकासँग चै काम नै नगर्ने र मन नै नपर्ने भन्ने पनि हैन। पछिल्लोपटक देवि अनुरागि दाइसँग काम गरेको छु। केही समय पछि उक्त गीत पनि प्रकाशन हुने तयारीमा छ।

प्रस्न न: ५? हुन त तपाइँ लोक गित सङ्गितको उर्बरभुमीमा जन्मे हुर्केको मान्छे तपाईंलाई यसैपनी प्रेरणा त छदै-थियो तर पनि यो क्षेत्रमा लाग्नुको प्रेरणाको स्रोत या आइडल कस्लाइ मान्नुहुन्छ?

?? मैले अघि पनि भनिसके म भित्र रहेको क्षमतालाई चिनेर मलाई प्रेरणा दिने दाजुहरू वसन्त थापा, कुलेन्द्र विस्वकर्मा र प्रलाद सुबेदि हुनुहुन्छ जसले मलाई सिर्जना गर्न सिकाउनुभयो। म भित्रको नवराजलाई जगजगाइ दिनुभयो त्यसैले पनि मैले प्रत्येक सिर्जना गरिसकेपछि अहिलेसम्म पनि उहाँहरुलाई सुनाउँछु र उहाँहरु बाट केही सिक्छु पनि। यो भन्दा अघिल्लो पुस्ताका भगवान भण्डारी,विष्णु खत्री, एकनारायण भन्डारी दाइहरुको सिर्जनाहरु पनि असाध्यै मन पराउँछु म । तर मैले मेरो लोकगित सङ्गीत सिर्जनाको आइडल चै वसन्त, कुलेन्द्र र प्रलाद दाइ लाई नै मान्छु।

 

प्रस्न न: ६ ? केही मान्छेहरुले भन्नेकुरा नवराज जतिको राम्रो लेख्छ, तेतिकै घमण्डि पनि छ!! अरुका गित त गित नै हैन झै गर्छ भन्छन नि! के यो साचो हो? यदि यसो नै हो भने तपाईं (हाल बसिरहेको देश अमेरिका) मा भएर पलाएको घमण्ड हो या तपाईंको बानी नै यस्तै हो?

??तपाईंको प्रश्न एकदम जायज हो। म गीतसंगीतमा देखिएका विकृति र विसङ्गतिप्रति खरो रुपमा उत्रने र स्पष्ट विचार राख्ने भएकोले केही मान्छेहरुले यस्तो सोचेको हुनुपर्छ तर मलाई त्यस्तो लाग्दैन। मैले मेरो सांगीतिक यात्रामा धेरै काम एक जनासँग मात्र गरेकोछु बसन्त दाइसँग अरुसङ्ग सांगीतिक हिसाबले ब्यात्तिगत सम्बन्ध जोडेको छैन यसकारण पनि भन्न सक्छु र साच्चै भन्नुपर्दा म घमन्डी छैन तर बिकृति विसंगति सँग लड्ने र लोकगित सङ्गितको क्षेत्रमा हुनेगरेका असुहाउदो क्रियाकलाप चै पटक्कै मन नपराउने मौलिक सर्जक भने पक्कै हु म।

प्रस्न न: ७ ?मातृभुमी देखि टाढा निरन्तर कामको चाप, मानसिक तनाबका बिचमा रहेर सिर्जनात्मक कार्यमा लागिरहन कतिको सहज छ?

??जब स्वदेशबाट टाढा हुँदा संसारको जुनसुकै ठाउँमा गए पनि प्रदेश भनेको प्रदेश नै हुन्छ।होला दुरीको हिसाबले टाढा या नजिक तर मानसिक तनाव प्रदेश को सबैमा बराबर नै रहन्छ।चाहे गोरखपुर बसौ लन्डन,अमेरिका जापान जहाँ बसेपनि। उसमाथि पनि एउटै समयतालिका अनुसार एउटै काम र आफ्नो इष्टमित्र घर परिवारसँगको बिछोड ले अवस्यनै सताउँछ। जब म काम सकेर अलिकति फ्री हुन्छु नेपाली लोक गीत र विभिन्न साहित्यिक पुस्तकहरू पढ्ने गर्छु यसो गर्दा मलाई मानसिक रुपमा धेरै राहत मिल्छ र उसै समय आफूमा फुरेका कुराहरु कापीमा उतार्ने गर्दछु।मेरो कुनै विशेष समय छैन कि लेखनको लागि भनेर। फुर्सदको समयको सदुपयोग नै गर्ने हो।

प्रस्न न:८ ? एउटा सर्जकले शब्द सिर्जना गर्छ, गायक/गायिकाले गाउछन र चर्चामा आउछन, असली श्रस्ठा छायांमा पर्छ! यो एउटा समस्य हो कि? पुरातन देखि चल्दै आएको चलन हो कि के हो? यसको कुनै उपाय छैन कि गायक गायिका सङ्ग्गै सबन्धित सिर्जनाका सर्जकलाइ पनि चिन्न सक्ने र उत्तिकै अबसरहरुको सिर्जना हुने?

?? पक्कैपनि गायक-गायिका नायक नायिकाहरु जति गीत लेख्ने सर्जक कथा लेख्ने लेखक को सम्पर्क सिधा दर्शकश्रोता सँग हुँदैन। हुन त लोक गित पनि हाम्रो समाजको साहित्यको एउटा अभिन्न पाटो भने अवश्य हो। र मेरो विचारमा कुनैपनि सर्जक गायक-गायिकाको सम्बन्ध भनेको एउटा रुखको जरा,हरिया पात हाँगाबिँगा र त्यसैमा फुलेका फुल जस्ता हुन् जस्तै जरा बिना एउटा रुख औचित्यहीन हुन्छ तेस्तै राम्रो सर्जक बिना कला गलाले उचित दिशा पाउन सक्दैन।

प्रस्न न: ९ ? प्रदेशमा रहेर नेपालमा रहेका म्युजिक कम्पनिहरु सङ्ग काम गर्न कतिको सहज छ?

?? परदेशमा रहेर मैले धेरै कम्पनीहरुसँग काम गर्ने अवसर पाएको छैन मैले नचाहेर पनि हुनसक्छ। अवसर र चाहना भएको अवस्थामा अरू कम्पनीहरुसँग पनि काम गर्न सकिनेछ।यद्यपि मैले जोसँग काम गरिरहेको छु सर्जक संगीतकार गायक बसन्त थापा दाजुसँग र मेरा गीतहरु प्राय उहाँकै कम्पनीबाट आउने गरेका छन्। हुन त म काठमाडौ बस्दा पनि कर्मथलो काठमाडौंभन्दा बाहिर नै हुन्थे प्राध्यापन पेसामा बागलुङमा नै ज्यादा रहन्थेँ र बाग्लुङ मेरो जन्मथलो पनि हो।सुरुका गित देखि अहिलेसम्मका गित बसन्त दाइसँगै गरेकोले मलाई कुनै अप्ठ्यारो परेको छैन र जति जिम्मेवारी लिनुपर्ने हो दाइले नै लिइरहनुभएको छ। तर अफ्ट्यारो हुने कुराको महसुस चै मैले गरेको छु।

प्रस्न न: १० ? गित सङ्गीत मा कलाकार सर्जक या कुनै पनि लगानी कर्ताले ढुक्क भएर लागानी गर्ने आधार के हुन?

?? अहिले तत्काल हेर्दा कुनै पनि आधार छैन युट्युब बाट आउने सामान्य पैसाले यति ठूलो industry मा लगानी गरेका लगानीकर्ताहरूले लगानीको प्रतिफल उच्च रुपमा पाएका छैनन।केही सफल कम्पनी र सर्जकहरुले मात्र जीवन धान्ने जिविकोपार्जन गर्ने आधार भएको छ जस्तो लाग्छ मलाई अन्य पेसामा आबद्ध रहेर आफ्ना इच्छा चाहना र लगाव पुरा गर्ने काम सबैले गरिरहेका छन्, मैले पनि यसै गरिरहेको छु र अन्य गायक गायिका र सर्जकहरुले पनि यस्तै नै गरिरहनुभएको छ जस्तो लाग्छ।

प्रस्न न: ११ ? तपाईंको लोकप्रीय सिर्जना ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’ लाई तपाइँको अनुमती बिना नै रीमिक्स गर्न लागेको कुराले सामाजिक संजाल facebook मा केही समय चर्चाको बिषय नै बन्यो! के हो यसको वास्तविकता?? तपाईंको सिर्जनालाइ माया गर्ने पाठक, दर्शक श्रोतालाइ बुझाइदिनुहुन्छ कि?

?? मेरो गित “मायालुको शहरमा मेरो गाउमा घर छ” मेरो अनुमतिबिना नै रिमिक्स गर्न खोजेको थाहा पाएर वास्तविकता बुझ्नको निमित्त सामाजिक सञ्जाल फेसबुकमार्फत् केही कुरा व्यक्त गरेको पक्कै हो । र जब मैले मेरो कुरा राखे गम्भीरताका साथ उहाँहरु (दुर्गेश थापा) पनि प्रस्तुत हुनुभयो र मैले मेरो साङ्केतिक क्षेत्रका पथप्रदर्शक दाजु बसन्त थापा सँग पनि यो कुरा राखे। र दाइले एउटा पुलको झै काम गर्नुभयो। असली सिर्जना नमर्नेगरी remix गर्दा हुन्छ भनेपछि मैले वसन्त दाइको कुरालाई काट्न सकिन किनकि उक्त गीतको संगीतकार स्वयम वसन्त दाइ नै हुनुहुन्छ।अन्ततः हाम्रो सकारात्मक सहमति भयो अब दुर्गेश भाइको टिमले उक्त गीतको रिमिक्स बजारमा ल्याइसक्नु भएको छ।

प्रस्न न: १२ ? तपाईंको सिर्जनाको पर्खाइमा रहेका दर्शक श्रोताहरुलाई कस्तो कोसेली लिएर आउने तयारीमा हुनुहुन्छ?

?? लोक तथा दोहोरी क्षेत्रका सम्पूर्ण दर्शक तथा श्रोताहरुको लागि, नेपाली मनहरु लागि हामीले तयार पारेका धेरै सिर्जनाहरु तयार भएर बसेका छन। केहि गितहरू भिडियो हुने क्रममा छन। पञ्चेबाजाका गीतहरू छिटैनै भिडियो गर्ने तयारीमा छन् भने अन्य गीतहरु पनि मेरै शब्दमा आउँदैछन् पछिल्लो समयको हाम्रो तयारी कुलेन्द्र विश्वकर्मा बसन्त दाइ र मेरो संयुक्त प्रस्तुति पनि बजारमा आउने तयारीमा छन।अन्य गीतहरु पनि आउँदैछन् मेरै शब्द सिर्जना मा देवि अनुरागी दाई र सिता श्रेष्ठ बहिनीको आवाजमा रहेको गित छिट्टै बजारमा आउने तयारीमा छन्।

प्रस्न न: १३ ? आजभोलि जसरीपनि हिट हुने भाइरल हुने भनेर सस्तो लोकप्रियताका लागि जे पनि गाइदिने र जेपनि देखाइदिने कलाकारहरुलाई के भन्नुहुन्छ?लोक गित सङ्गितका विर्कृती कसरी रोक्न सकिन्छ र रोक्न पर्ने दायित्व कस्को हो?

??जसरी पनि हिट हुने कारण हो लाहुरे लगानी भन्छु म अर्थात Ime लगानी। विदेशबाट स्वदेश जाने छुट्टीमा र हिट हुनको निमित्त जस्तोपनि गित गर्ने,जे पनि गर्ने, गीत पनि चाँडो बनाउने आफ्नो सिर्जनशीलता प्रयोग गर्न नपाउने समस्या एकातिर। र उनीहरुका आर्थिक बाध्यता, सर्जकको बाध्यता पनि र अन्य लगानी गर्ने लगानीकर्ताहरुको बाध्यता संगै एकैदिनमा बजार तताउन खोज्ने चाहनाले गर्दा पनि लोक दोहोरी गित बिग्रेको जस्तो पनि लाग्छ। मेरो तर्फबाट यस्ता विकृति रोक्न के सल्लाह हुन्छ भने हामीसँग भएको छाता संगठन लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायत का संस्थाहरु जुन लोकगीत संगीतको संरक्षणका निमित्त हामीले नै खडा गरेको,अग्रजहरुले खडागरेको प्रतिष्ठानहरु जो कि हाम्रै सफलता र सुरक्षाका निम्ति खडा गरेका यस्ता संस्थाहरुलाई समयअनुसार राम्रो प्रबन्ध गर्न सकिएको छैन। र यसलाई प्रबन्ध गर्नको लागि एउटा प्राविधिक इकाई गठन गर्ने ।प्राविधिक इकाईबाट आफ्नो सफ्टवेयरको विकास गर्ने र राज्यबाट त्यसको दर्ता गरेर निश्चित अधिकार लिने र एकलौटी रुपमा लोकगीत हरु लाई दर्शक स्रोतामाझ मा प्रस्तुत गर्ने हो भने कलाकार सर्जक गायक गायिकाको भविष्य पनि निश्चित र रोयल्टिको पनि निश्चितता हुनेथियो।

प्रस्न न: १४ ? आफ्नो ब्यस्त समय हामिलाइ दिनुभएकोमा eनेपाल खबर अन्लाईन डट कमको तर्फबाट तपाइँलाइ धन्यवाद दिन चाहन्छौ र तपाईंको उज्ज्वल साङ्गेतिक जीवन र भविस्याको कामना पनि गर्दछौं। अन्त्यमा: तपाइँलाई अत्यन्तै माया गर्ने दर्शक, श्रोता, शुभ चिन्तक पाठकहरुलाइ eनेपाल खबर डट कम को यो अन्तर्वार्ता मार्फत के भन्न चाहनुहुन्छ?

?? eनेपाल खबर डट्कम का अध्यक्ष राजन क्षेत्री सर र स्वयं तपाई प्रति धेरै आभारी छु मेरो क्षेत्रमा रहेको अनुभव, सिर्जनासँग जोडिएको मेरो सम्बन्ध र विभिन्न समस्य र समाधानको विषयमा अन्तरक्रिया गर्ने यो सुवर्ण अवसर दिनुभएकोमा। तपाईहरुको आफ्नै व्यस्त समयको बावजुत पनि मिलाउनु भएको अमूल्य समय प्रति आभारी त छँदै छु र मेरो धेरै माया छ eनेपाल खबर.com लाई पनि।मेरो प्रिय दर्शक श्रोताहरु मेरा भगवानहरुमाझ केही समयको अन्तरालमा नै मेरो पाँचवटा सिर्जनाहरु आउँदैछन् र यि सिर्जनाहरुलाई पनि पहिलेझैं धेरैभन्दा धेरै माया गरिदिनु हुन्छ भन्ने विश्वास लिएको छु। मेरा गल्ती कमजोरीहरुलाई केलाउँदै मलाई अझै माझीने र निखारिने अवसर दिनुहुनेछ भन्ने आशा पनि राखेको छु,गलतलाई गलत सहिलाई सहि भनेर। दर्शक-श्रोताले नेपाली लोक दोहोरी गित लाई यति धेरै माया गर्नु भएको छ यो मायालाई निरन्तर कायम राखी दिनु हुन र सर्जक गायक गायिका बाट हुने गल्तीहरुलाई सबैले सुन्दा पनि सहज हुने पाच्य हुने सामाजिक तवरमा पच्ने शब्दहरुको प्रयोग गरी सल्लाह सुझाव र आलोचनासंगै समालोचना पनि गरिदिन अनुरोध गर्दछु।सबैले बोल्न पाउने अधिकारको प्रयोग सु-स्वास्थ सु-संस्कृत र बुद्धिजीवी भएर गरौ। यदि हामीले कुनै पनि कुराको आलोचना गर्दैनौं भने हामी निरंकुश हुन्छौं तानाशाही हुन्छौं सर्जक होस् या गायकगायिका त्यसैले समाजमा हुने हर सकारात्मक कुराहरु भौतिक र सामाजिक हिसाबले समालोचना गर्दै समुन्नत समाज निर्माणार्थ एकजुट हुन सबै सबै नेपाली मनहरुमा बिनम्र गर्दछु। जय गित जय संगित!!!

यो गितको भिडियो हेर्न नभुल्नुहोला।

 

१४ बैशाख २०७५, शुक्रबार २२:३० मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »