logo

के.पी ओली सरकारको ज्याजति र प्रहरीको दमनको कारण रणभूमिमा परिणत भयो बानेश्वोर

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
२०७५ साउन ५ गते अर्थात् हिजो शनिबार माइतीघर मण्डला देखि नया बानेश्वोर चोक युद्ध भूमिमा परिणत भएको जस्तो देखियो कारण हो नेपाल तरुण दल र प्रहरी बीचको झडप | करिब १ बजेबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले माइतीघर देखि विरोध प्रदर्शन सुरु गर्दै नया बानेश्वोर चोक बढिरहेको थियो | त्यहि बखतमा नया बानेश्वोर चोक नपुग्दै नेपाल तरुण दल माथि प्रहरीले कडा बल प्रयोग गर्यो | प्रहरीले नेपाल तरुण दलका कार्यकर्ता माथि अन्धाधुन्ध लाठी बर्षाउण थाल्यो | त्यो संग संगै असुर ग्यास पनि प्रयोग गर्यो प्रहरीले | प्रहरी संगको नेपाल तरुण दलको उक्त झडपमा परेर नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत गम्भीर घाइते हुनुभएको छ | उहाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ |

उहा संगै उक्त झडपमा परेर नेपाल तरुण दल पुर्व अध्यक्ष महेन्द्र यादव, नेपाली कांग्रेस ललितपुर पार्टी सभापति मदन अमात्य लगायत २०० जना भन्दा बढी घाइते भएका छन् | शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दै अगाडी बढिरहेको नेपाल तरुण दलका कार्यकर्ता माथि प्रहरीले एक्कासी लाठी चार्ज गर्न सुरु गरेको थियो | यहि हिसाबले पहिलो निशाना नै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतलाई बनायो | संगठनको कमाण्डरलाई ढाल्यो भने संगठन टुट्छ भन्ने मानसिकता राख्दै प्रहरीले निर्ममतापूर्वक ढंगले केन्द्रीय अध्यक्ष बस्नेत माथि कुटपिट गर्यो | यहाँ सम्मकी उहा चोट खाएर रगताम्य हुँदा समेत प्रहरीले उहा माथि प्रहार गर्न छोडेन | यस घटनाको अहिले देशभर नै निन्दा भईरहेको छ | यसकै विरोधमा हिजो नै नेपाल तरुण दल केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै आज देशभर नै जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गर्ने घोषणा गरिसकेको छ |

यस्तै प्रहरीले हिजोको उक्त प्रदर्शनमा नेपाल तरुण दल कार्यकर्ता माथि पेस्तोल समेत ताकेको छ | पेस्तोल लिएर प्रदर्शनकारीहरुलाई लखेटेको दृश्य अहिले युटुब तथा सामाजिक संजालमा हेर्न सकिन्छ | यस्तै प्रदर्शन सकिए पछि पनि प्रहरीले क्याफेमा बसेर खाजा खाईरहेका व्यक्तिहरुलाई तरुण दलको कार्यकर्ता भन्दै जबरजस्ती ढंगले बाहिर निकालेर कुटपिट समेत गरेको थियो | नेपाल तरुण दलको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको यो दमन निकै आलोचनात्मक देखिएको छ | के.पी ओली सरकारले २ तिहाई बहुमतको दम्भको आधारमा अधिनायकवादी चरित्रको प्रदर्शन गरिरहेको प्रष्ट देखिन्छ | प्रहरीको कुटाईबाट केहि पत्रकारहरु समेत घाईते भएका छन् | प्रहरीले प्रदर्शनकारी संग संगै पत्रकार माथि समेत पेस्तोल ताकेको थियो | यस विषयमा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रहरीको यो दमन र ओली सरकारको ज्याजतिको घोर निन्दा र भर्त्सना गर्नुभएको छ |

यस्तै उहाले अधिनायकवादी चरित्र बोकेको के.पी ओली सरकारको यो दमनबाट र प्रहरीको लाठीबाट आफु र आफ्नो संगठन नडराउने बताउनुभयो | यस्तै उहाले अबको दिन नेपाल तरुण दललाई दमन गर्न खोजेको ओली सरकारले ठुलो परिणाम बोग्नु पर्ने समेत बताउनुभयो | त्यस्तै उहाले ओली सरकारले २ तिहाई बहुमतको दम्भमा उफ्रेर लोकतन्त्रको ताकतलाई बिर्सिएको भन्दै राणा र राजालाई फालेको नेपाली कांग्रेस र नेपाल तरुण दलले ओली सरकारलाई समेत जरा देखि नै उखालेर फाल्ने कडा चेतावनी समेत दिनुभएको छ | यस्तै नेपाल प्रहरीले नेपाल तरुण दलका ३ जनालाई पक्राउ गरेको थियो भने केहिलाई बेपता पारेको समेत नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जानकारी दिनुभएको छ | घाइते भएपछि उपचारको लागि उहा लगायत अरु घाइते व्यक्तिहरुलाई मिन भवन स्थित सिविल हस्पिटलमा लगिएको थियो |

त्यसै गरी घाइते नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत सहित अरु घाइतेहरुको अवस्था बुझ्नको लागि नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल , बालकृष्ण खाँण, राष्ट्रिय सभा प्रतिपक्ष संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सह-महामन्त्री डा. प्रकाश शरण महत लगायतका नेताहरु सिविल हस्पिटल पुग्नुभएको थियो | घाइतेको अवस्था बुझेर नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आफुले ओली सरकारको यस दमनको विरुद्ध घोर आपत्ति रहेको बताउनुभएको छ | यस्तै उहाले यस घटनाको घोर भर्त्सना तथा निन्दा समेत गर्नुभएको छ | यस्तै उहाले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुले यस्ता किसिमको अधिनायकवादी दमन प्रवृति नचाहेको र काठमाडौँबाट पूर्णरुपमा निषेधित क्षेत्र हटाउनु पर्ने बताउनुभयो | यस्तै उहाले यो दमन प्रवृति ओली सरकारले बन्द नगरे यसको कडा मुल्य चुकाउनु पर्ने समेत चेतावनी दिनुभएको छ | त्यस्तै नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले प्रहरी प्रशासनको आडमा यो दमन सहितको हिंसा देखाउनु भन्दा वार्ता गरेर ओली सरकारले समस्याको समाधान निकाल्नु पर्ने बताउनुभयो |

६ श्रावण २०७५, आईतवार १५:०४ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »