logo

के.पी ओलीको विरुद्धमा कडा नारा लाउदै देशभरको सडकमा उर्लियो कांग्रेसको महासागर

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
पछिल्लो केहि समय देखि वर्तमान के.पी ओली सरकारको विरुद्धमा नेपाली कांग्रेस र नेपाली कांग्रेस भित्रको भातृ संगठन निकै खरो रुपमा उत्रेको देखिन्छ | भातृ संगठन भित्र पनि नेपाल तरुण दल यति बेला के.पी ओली सरकार विरुद्ध धेरै नै आक्रोशित बनेको छ | साउन ५ गतेको विरोध प्रदर्शनमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत र तरुण दल कार्यकर्ता माथि के.पी ओली सरकारले गरेको दमन र ज्याजति पछि त माहोल अझै बिग्रदै गएको छ | प्रहरीले तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेत माथि ज्यान मार्ने हिसाबले नै आक्रमण गरेको तस्बिर यति बेला सामाजिक संजालमा निकै भाईरल भएको छ | प्रहरीको आक्रमणबाट तरुण दल अध्यक्ष बस्नेतको टाउकोमा निकै गम्भीर चोट लागेको थियो |

हिजो साउन १५ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभर ७७ वटै जिल्लामा वर्तमान के.पी ओली सरकारको अधिनायकवादी चरित्र र तानाशाही व्यवहारको विरुद्धमा सडकबाट विरोध प्रदर्शन गरेको छ | देशभर मानव सागर उर्लिएको तस्बिर र भिडियो यति बेला सामाजिक संजालमा भाईरल भईरहेको छ | देश विरोधमय बनेको छ यस हिसाबले अब के.पी ओली सरकारले के गर्ला त भन्ने प्रश्न आम जनमानसमा उब्झिएको छ | यस्तै देशभरको विभिन्न जिल्लामा पुगेर कांग्रेसका नेताहरुले सडकबाट नै के.पी ओली सरकारलाई चेतावनी दिदै अब पनि कांग्रेसलाई हेपे र जनता माथि आँच आउने काम गरे त्यसको कडा मुल्य चुकाउनु पर्ने बताएका छन् | यस्तै केहि समय अगाडी नेपाल तरुण दलको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी दमन र ओली सरकारको ज्याजतिले नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत सहित घाइतेहरुको बारेमा समेत कांग्रेस नेताहरुले बोलेका छन् |

आफ्ना भातृ संगठनहरु माथि आक्रमण गरेको भन्दै चर्को विरोध समेत गरेका छन् | यता घाइते नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको स्वास्थ्य अवस्थामा केहि सुधार भएको छ | घाइते हुँदा समेत नेपाली कांग्रेस ललितपुर जिल्लाको विरोध प्रदर्शनमा आज सहभागी हुनुभएका उहाले आफु र केहि कार्यकर्ता मरे नेपाल तरुण दल मर्दैन र नेपाली कांग्रेस कमजोर हुदैन भनेर बताउनुभएको छ | यस्तै उहाले ओली सरकारले नेपाल तरुण दल माथि आक्रमण गरेर जिस्काएको भन्दै यसको परिणाम अब छिट्टै नै ओली सरकारले भोग्ने समेत उल्लेख गर्नुभएको छ |

१६ श्रावण २०७५, बुधबार १२:४१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »