logo

“तिम्रो रुपै देखेर” पछि दोस्रो गीत स्वरूप आफ्नै शब्द रचनामा कृष्ण राईले तयार पारे “तिमी बाहेक”

संबाददाता

Loading…

रातोपर्दा डटकम :
अमेरिकामा बसेर करिब ४ बर्ष देखि म्युजिक भिडियो निर्देशन, छायांकन र सम्पादनमा सक्रिय भएर लागिपरेका कृष्ण राई नेपाली गीत संगीतमा उत्तिकै चाख राख्दछन् | म्युजिक भिडियो निर्देशनमा त उनले सफलता हासिल गरिसकेका छन् भने एता नेपाली गीत संगीतमा पनि सफलता हासिल गर्ने प्रयासमा उनि रहेका छन् | नेपाली सांगीतिक क्षेत्रमा उनले गीतकार र संगीतकारको हिसाबले पाईला राखे | उनले अहिले सम्म २ वटा गीत रेकर्ड गराईसके | त्यसमध्य दोस्रो गीत उनको केहि समय अगाडी मात्र रेकर्डिङ भएको हो जसको रेकर्डिङ भिडियो समेत उनले सार्वजनिक गरेका छन् |

उनको यस दोस्रो गीतको बोल “तिमी बाहेक” रहेको छ | आधुनिक भर्सनको रहेको उनको यस गीतमा उनको आफ्नै शब्द रचनामाको साथमा बादल लिम्बुको संगीत र राजेश पायल राईको स्वर समावेश रहेको छ | सार्वजनिक गरिएको उक्त गीत रेकर्डिङको भिडियोबाट गीत केहि मात्रामा सुन्न सकिन्छ तर पुरा गीत भने आउन बाँकी नै छ | गीतको म्युजिक भिडियो पनि गीत संगै रिलिज गरिने कृष्ण राईले जानकारी दिएका छन् | उनको अनुसार अहिले भिडियो निर्माणको तयारी भईरहेको छ |

कृष्ण राईको यस अगाडी नै २०१७ मा “तिम्रो रुपै देखेर” बोलको पहिलो गीत तयार भईसकेको छ | यस गीतमा भने उनको शब्द र संगीत रहेको छ भने राजेश पायल राईले नै यस गीतमा पनि स्वर दिएका छन् | यहि गीतबाट नै उनले नेपाली गीत संगीतमा गीतकार र संगीतकारको हिसाबले अफिसियल रुपले हात हालेका थिए | तर कला क्षेत्रमा भने उनि लामो समय देखि नै आबद्ध रहेका थिए | उनको पहिलो गीतको पनि म्युजिक भिडियो पनि बजारमा आएको छैन | सम्भवत उनले अब पालैपालो नै २ गीत बजारमा लिएर आउने तयारी गरेको बुझ्न सकिन्छ | तर उनले आफुलाई पहिलो भन्दा दोस्रो गीतबाट निकै आश रहेको बताएका छन् |

अहिले उनि आफ्नो २ गीतको भिडियो निर्माणको तयारीमा जोडतोडले लागिरहेका छन् भने त्यसको साथमा अरु व्यक्तिहरुको म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त रहेका छन् | उनि गीतकार र संगीतकार संगै डान्सर, मोडल, क्यामरामेन, सम्पादक र भिडियो निर्देशक पनि हुन् | उनि भित्र यति धेरै कला समाहित रहेको छ | उनि अमेरिकामा बस्न थालेको ७ बर्ष बितिसक्यो | यो धेरै लामो समय हो तर नेपाली कला र सांगीतिक क्षेत्रको माया उनको मनबाट हट्न सकेको छैन | अवश्य पनि उनको योगदान नेपाली कला क्षेत्रमा धेरै छ | विदेशमा बसेर उनले गरेको संगर्षले धेरै नया प्रतिभा बाहिर लिएर आउन समेत मदत गरेको छ |

एक साथ नेपाली कला क्षेत्रको यति धेरै विधामा आफुलाई आबद्ध गराउन सक्नु कम चुनौतिपूर्ण अवश्य पनि होइन | तर उनले हिम्मत गरेर नै काम गरिरहेका छन् र धेरै हद सम्म सफल भएका पनि छन् | उनको प्रयासले विदेशमा नेपाली कला क्षेत्रको बढावा हुदैछ भने धेरैको माझमा चिर परिचित पनि बन्दैछ | साच्चै नै यो नेपाली सांगीतिक र कला क्षेत्रको लागि ठुलो उपलब्धि हो | यस हिसाबले कृष्ण राईको योगदान साच्चै नै अपरिहार्य रहेको छ |

१९ भाद्र २०७५, मंगलवार २२:३१ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »