logo

“ब्ल्याक समर” ले बेलायतमा मच्चायो धमाका, विशेष शो मा दर्शकहरुको तारिफको ओईरो

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
गत सेप्टेम्बर ९ तारिखमा बेलायतको अल्डरसट स्थित ईमपाईर हलमा चलचित्र “ब्ल्याक समर” को भब्य तरिकाले विशेष शो सम्पन्न भएको छ | चलचित्र हेर्नको लागि नेपाली तथा विदेशी दर्शकहरुको उपस्थिति पनि उल्लेखनीय रहयो | सोचेको भन्दा धेरै दर्शकहरु आउनु भएको निर्माण पक्षले बताएको छ | दर्शकहरुले चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिएको देखियो | साच्चै नै सस्पेन्सले भरिपुर्ण नै चलचित्र बनेको धेरैले बताए | दर्शकहरुको यी यस्ता प्रतिक्रिया सुनेर निर्माण पक्षको पनि हौसला बढेको देखिन्छ | चलचित्र संगै दर्शकहरुले कलाकारहरुको काम पनि तारिफ गरे |

चलचित्रले त्यहाँका दर्शकहरुको माझमा सबैलाई स्थापित बनायो | नायक रितेश चाम्स अझ बढी धेरैको नजरमा परे | लामो समय देखि अरु नेपाली चलचित्रमा समेत अभिनयमा देखिदै आएका उनको यस चलचित्रमा भने लिड भूमिका रहेको छ | आफ्नो एक्शन र अभिनयको प्रस्तुतिले उनले यस चलचित्रमा दिएका छन् | यस चलचित्रमा अधिकांश नया अनुहारहरु नै देखिन्छ | तर नया भएता पनि सबैले राम्रो काम गरेर देखाएका छन् | विदेशको शो ले चलचित्र “ब्ल्याक समर” को नेपालको भविष्य राम्रै हुने संकेत दिएको छ तर नेपालमा के हुने हो त्यो हेर्न बाँकी नै छ |

हुन त चलचित्रमा सबै कलाकारहरुको प्रमुख भूमिका नै छ | तर चलचित्र रितेश चाम्स संग रहेर धेरै भागमा घुमेको छ | लामो समय देखि बेलायतमा नै बसेर कलाकारिता क्षेत्रमा आफुलाई आबद्ध गराएर अगाडी बढिरहेका छन् रितेश चाम्स | उनले धेरै नाटक तथा चलचित्रमा अभिनय समेत गरिसकेका छन् | उनि अभिनित धेरै चलचित्र सफल पनि भईसकेका छन् | पछिल्लो समय उनले “बलाईनड रक्स”, “हेप्पी डेज” लगायतका चलचित्रहरुमा अभिनय गरिसकेका छन् | ब्ल्याक समर बाट आफुलाई दर्शकहरुले दिनुभएको प्रतिक्रियाबाट आफु खुशी रहेको र आगामी दिन अझै राम्रो गर्न सक्ने हौसला समेत मिलेको उनको भनाई रहेको छ |

चलचित्रमा रितेश चाम्स, रीमा विश्वोकर्मा, अमिषा राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ र ज्यासंग लिङदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसी र प्रतिक दुधराजको छायांकन, अर्जुन जी.सीको सम्पादन र सम्राट बस्नेतको द्वन्द रहेको छ | चलचित्रलाई सरस्वति ज्ञवाली,तारा दुमी राई, टिया गुरुङ, विजय कुमार दुमी र प्रतिमा दुधराज मिलेर निर्माण गरेका हुन् | चलचित्रलाई एल.बि सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् | एक निर्देशकको हिसाबले उनले सक्ने मेहेनत लगाएर यस चलचित्रलाई रंगिन बनाउने पुरा कोशिश गरेका छन् |

अब चलचित्र नेपालमा पनि छिट्टै नै प्रदर्शन हुने निर्माण पक्षले बताएको छ | बेलायतको सफल विशेष शो पछि अब नेपालको रिलिज मितिको तय हुने सम्भावना बढेको पनि देखिन्छ | पछिल्लो समय एकै जनरामा नेपाली चलचित्र निर्माण भईरहेको बेला ब्ल्याक समर ले भने फरक जनराको स्वाद दिएको छ भने दर्शकहरुलाई केहि नयापनको अनुभूति समेत दिलाएको छ | स्टारडमको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलिरहँदा निर्माण पक्षले नया कलाकारहरुलाई लिएर चलचित्र बनाउनु पनि कम चुनौतीपूर्ण भने भएको छैन तर पनि सबैको कामलाई दर्शकहरुले अपनाएको देखियो | बेलायतमा सम्पूर्ण छायांकन भएको यो चलचित्रले भने पक्कै पनि दर्शकहरुमा केहि नया कुरा प्रवाह गर्ने देखिन्छ | हेर्नुस ट्रेलर :

 

२९ भाद्र २०७५, शुक्रबार २०:३२ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »