logo

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

संबाददाता

Loading…

कञ्चनपुर, ६ असोज
मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्भेक्षणको काम पूरा भएको छ ।

रेलमार्गमा पर्ने ५०० घरधुरी प्रभावित हुने देखिएका छन् । सामुदायिक विद्यालयका दुई शौचालय र इलाका हुलाक कार्यालय अत्तरियाको भवन रेलमार्गमा पर्ने देखिएको मेची–महाकाली विद्युतीय रेलमार्ग परियोजनाका सामाजिक विज्ञ सुभाषचन्द घिमिरेले बताउनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड–गड्डाचौकी गरी चार भागमा विभाजन गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

परियोजनाअन्तर्गत रेल्वेको ट्र्याक राख्ने ठाउँ यकिन गर्ने, जग्गाको लेखाजोखा राख्ने, आवासीय क्षेत्रको घरधुरी सर्भेक्षणको काम, रुख, सञ्चार र स्टेशन राख्ने ठाउँको सर्भेको काम सेप्टेम्बर महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । ओभरहेड ब्रिज, क्रसिङ सडक, नदी खोलालगायत क्षेत्रको माटो परीक्षणको काम पूरा भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सँगै विस्तृत इञ्जिनीयरिङ, सर्भे तथा डिजाइनको काम अगाडि बढाइएको छ । वातावरण संरक्षण नियमावली २०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्याङ्कन तयार गरी जनसङ्ख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसाइन क्षेत्र र जैविक क्षेत्रबारे मूल्याङ्कन गरिन्छ ।

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरिया, उदासीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साडेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको काम र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ ।

विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि चाइनिज, कोरियन कम्पनी र नेपाली सिल्ड कम्पनीलाई जिम्मा दिइएको छ । २२० किलोमिटर प्रतिघण्टाका दरले कुद्ने क्षमताको रेलमार्ग निर्माण गरिने बताइएको छ । पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ झण्डै ९५० किलोमिटर रहेको छ ।

६ आश्विन २०७५, शनिबार १४:३६ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »