logo

सकियो गायक पूर्ण लिम्बुको नया गीतको छायांकन, मिलन चाम्सको निर्देशनमा आकाश र वर्षाको रोमान्स

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
गीत संगीतमा राम्रो दखल र समाजमा सेवाको प्रभुत्वोको हिसाबमा दर्शकबाट समाजसेवी गायकको उपाधि प्राप्त गरिसकेका र दर्शक श्रोताको मनमा राज गरेका गायक पूर्ण लिम्बु यति बेला आफ्नो नया गीत रिलिजको तयारीमा रहेका छन् | यसपटकको दशैँमा उनको अलिकति फरक प्रस्तुति दर्शक श्रोताले हेर्न पाउनुहुनेछ | उनको प्राय गीतहरु भन्दा फरक शैली र टेस्टमा यो गीत तयार भएको छ | पूर्वेली भाकामा तयार भएको उनको “कति राम्रो” बोलको नया गीतमा प्रेम बजगाईंको शब्द, संगीत र शिला मोक्तानको अरेन्ज रहेको छ | गीतमा पूर्ण लिम्बु र मेलिना राईको सुमधुर स्वर समावेश रहेको छ |

एक किसिमको आफ्नो शैली भन्दा केहि फरक रहेर यसपटक पूर्ण लिम्बुले आफ्नो नया गीत गरेका छन् | गीतको भिडियोको छायांकन पनि सक्किसकेको छ | अहिले गीतको भिडियोको सम्पादन कार्य भईरहेको छ | फिल्मी शैलीमा छायांकन गरिएको उनको यस गीतको भिडियोको सम्पूर्ण छायांकन काठमाडौँ भित्र नै गरिएको हो | भिडियोमा चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् | यी २ कलाकारको जोडी अत्यन्तै सुन्दर देखिएको छ | भिडियोमा कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजको रहेको छ |

चलचित्र निर्माण र निर्देशनमा अहिलेको समयमा औधि नै ब्यस्त रहेका निर्देशक तथा निर्माता मिलन चाम्सले बेलाबखतमा भने मौका मिलाएर म्युजिक भिडियो पनि निर्देशन गर्दछन् | हुन त उनले धेरै म्युजिक भिडियो निर्देशन गरिसके तर पछिल्लो समय भने उनि बढी चलचित्रमा नै आबद्ध भएको हुँदा म्युजिक भिडियो निर्देशनमा केहि कम हिसाबले आबद्ध रहेका छन् | पछिल्लो दर्शकको मन छुने चलचित्र निर्माण र निर्देशन गरेका उनले आफुले केहि नया सोचमा नै यो म्युजिक भिडियो तयार गरेको बताएका छन् | भिडियो छायांकनको केहि तस्बिरहरु पनि सार्वजनिक गरिएको छ | सार्वजनिक तस्बिरले नै भिडियो निकै सुन्दर बनेको सजिलै अनुमान लगाउन सकिन्छ |

दर्शक श्रोताले अवश्य नै गीत र भिडियो दुबैलाई मनपराई धेरै नै माया गरिदिनुहुने विश्वास निर्देशक मिलन चाम्सले ब्यक्त गरेका छन् | यता गायक पूर्ण लिम्बु पनि यस कुरामा निकै आस्वस्थ रहेका छन् | यसपटक केहि फरक गर्ने कोशिश गरेको छु विश्वास छ दर्शक श्रोताले आफ्नो कामको मुल्यांकन अवश्य पनि गरिदिनुहुनेछ | देशको धेरै ठाउँमा समाजसेवामा उनले निकै टेवा पुर्याउदै आईरहेका छन् | उनको काम निकै नै प्रभावकारीको साथमा तारिफ योग्य पनि रहेको छ | समाजसेवा संगै गीत संगीतमा पनि उत्तिकै सक्रिय हिसाबले समय दिनु भनेको सजिलो र सामान्य कुरा भने होइन | तर उनि गीत संगीतकै माध्यमबाट समाजमा राम्रो कुरा प्रवाह गर्ने प्रयास गरिरहेका छन् |

गीत संगीतलाई केहि फरक ढंगले लिएर अगाडी बढ्नु भनेको सबैको हातको कुरा पनि होइन तर गायक पूर्ण लिम्बुले यो गरेर देखाएका छन् | उनले आफु सधैब गीत संगीतमा लागिपर्ने र दर्शक श्रोतालाई राम्रो प्रस्तुति पेश गरिरहने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | नेपाली सांगीतिक क्षेत्रमा उनको यस किसिमको प्रयास साच्चै नै उल्लेखनीय रहेको छ | उनको यस किसिमको प्रयासले नेपाली गीत संगीतलाई पनि फरक पहिचान र उचाई दिलाएको छ | हेर्नुस उनको पछिल्लो गीतको भिडियो :

१६ आश्विन २०७५, मंगलवार ०५:३४ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »