logo

इन्दिरमेशको शब्द , सुभासको संगीत सबिन लिम्बुको स्वरमा “बन जंगल खोला नाला” को रेकर्डिङ सम्पन्न

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
मलेसियामा संगठित P.J.P STEPS ग्रुपको निर्माणमा तयार हुँदै गरेको “अमुल्य धन” एल्बमको नया गीतको रेकर्डिङ कार्य सकिएको छ | केहि दिन अगाडी मात्र “बन जंगल खोला नाला” नामक गीत रेकर्डिङ भएको हो | यो गीत यस एल्बम भित्र समावेश गीत मध्य प्रमुख रहेको बताईएको छ | यस गीतमा इन्दिरमेश देवकोटाको शब्द, सुभास थारुको संगीत र सबिन लिम्बुको स्वर समावेश रहेको छ | निकै फरक कन्सेप्टमा यस गीतलाई निर्माण गरिएको छ | यस गीतको म्युजिक भिडियो पनि चाडै नै तयार गरिने गीतकार रमेश देवकोटाको भनाई रहेको छ |

अहिले सम्म यस “अमुल्य धन” नामक एल्बममा समावेश ७ वटा गीत मध्य ५ वटा गीतको रेकर्डिङ कार्य सक्किसकेको छ | निर्माण पक्षले यहि आउँदो क्रिसमसमा यो एल्बम बिमोचन गर्ने तयारी गरिरहेको छ | त्यहि अनुरुप नै अहिले काम भईरहेको P.J.P STEPS का प्रमुख इन्दिरमेश देवकोटा बताउछन् | धेरै कम व्यक्तिहरुलाई मात्र यो थाहा होला कि P.J.P STEPS ग्रुप अहिले मलेसियाबाट संचालन भईरहेको छ | यसको अर्थ सिधा छ कि यस ग्रुपमा आबद्धता राख्ने व्यक्तिहरु पनि मलेसियामा नै रहेका छन् | तर त्यसमध्य प्रमुख रमेश देवकोटा अहिले मलेसियामा छन् भने अरु २ जना नेपाल फर्किसकेका छन् |

नेपाल फर्केर पनि आफ्नो तर्फबाट सक्दो मेहेनत गरेर पहिलो एल्बम अमुल्य धनलाई नै सोचेर अगाडी बढिरहेका छन् | ५ जना प्रतिभावान युवाहरुको मेलबाट यो ग्रुप बनेको छ | सबैको योगदान छ यस ग्रुपमा र यस एल्बममा पनि | धर्म संग सरोकार राखेर यो एल्बम तयार भएको जस्तो देखिन्छ तर यसले संदेश सबै बर्गलाई दिने गीतकार तथा P.J.P STEPS का प्रमुख इन्दिरमेश देवकोटा बताउछन् | P.J.P STEPS को यो प्रयास के कति सफल हुने हो त्यो भने समयले नै बताउने छ तर अवश्य पनि नेपाली सांगीतिक क्षेत्रमा यो नौलो प्रयास नै हुन सक्छ |

विदेशमा बसेर यसरी एकजुट भएर युवापुस्ताले गरेको कामले केहि नया किसिमको संदेश दिने पनि निश्चित नै रहेको छ | तर यसको निर्णय भने दर्शक श्रोताले नै गर्नेछन् | सुरूवात एक धर्म संग सम्बन्धित रहेर गरेता पनि आगामी दिन अरु धारको गीत संगीत पनि बजारमा लिएर आउने यस ग्रुपका प्रमुख तथा गीतकारइन्दिरमेश देवकोटाले बताएका छन् |

२० आश्विन २०७५, शनिबार २१:२८ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »