logo

“कलाले भन्दा चर्तिकलाले मौलिक लोक-दोहोरी गित कुरुप भइरहेको समयमा प्रतिष्ठानका पदाधिकारी र प्रतिस्ठानसङ्ग सम्बन्धित हामी सबै राजनीतिबाट टाढा रहनुपर्छ”!!!

संबाददाता

Loading…

 “मुलको या कुवाको पानीलाइ कर्कलाको पातमा उभाएर ठाडो घांटी लाउदै पिएको पानीको स्वाद कहाँ घरको धाराको पाईपमा हुन्छ? प्रबिधिको प्रयोग हुनुपर्छ तर लोक गित संगीतको मौलिकता मर्न हुंदैन।सकेसम्म मौलिकता र संस्कृतिलाई छेडाखानी नै गर्नुहुँदैन अनि मात्र यसको महत्व जीवन्त रहन्छ”

          वरिष्ठ सर्जक एवं गायक: रमेश बि.जि.

नवराज तिमल्सिना “एकान्ते”

विगत दुई दशकदेखि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मा आबद्ध रहेका वरिष्ठ सर्जक एवं गायक लोकदोहोरी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजी इ-नेपाल खबर डट्कम अन्तर्गत इ-नेपाल खबर अन्लाईन लोकदोहोरी समूहमा सम्मानित भएका छन्।

इ-नेपाल खबर डट कमले आयोजना गरेको श्र्ष्ठा सम्मान कार्यक्रमको संचालन इ-नेपाल खबर अन्लाईन लोकदोहोरी समूहका उपाध्यक्ष आशिष दबङ्गले गरेका थिए भने वरिष्ठ सर्जक एवं गायक रमेश बिजीलाइ संस्थाका अध्यक्ष राजन क्षेत्री, वरिष्ठ सर्जक युवा साहित्यकार एवं गीतकार नवराज पन्त, समाजसेवी ईश्वरी कडेल, लोकदोहोरी गायक सूर्य खड्का र लोकदोहोरी गायिका सीता श्रेष्ठ र eनेपाल खबर सम्पादक एवं गायक नवराज तिमल्सिना “एकान्ते” ले स्वागत एवं सम्मान गरेका थिए।

स्वागत एवम् सम्मान कार्यक्रममा वरिष्ठ सर्जक रमेश बिजीले सबैलाई धन्यवाद दिँदै दुई दशकभन्दा लामो समय नेपाली लोक गीत संगीतमा खर्चनु भन्दा धेरै पहिले गुलेली र गुच्चा खेल्ने समयदेखि नै गाउँघर मेलापात र गोठालो जाँदा पात बजाएर गीत गाउने गरेको बताए।

बच्चैदेखि आमाबुवाको दुःख र घरपरिवारको अवस्था बुझेकोले कहिल्यैपनि झगडालु र अबुझ भएर प्रस्तुत हुनु भन्दा पनि बुझेकी र अरुभन्दा पृथक भएर घरपरिवारमा ज्ञानि र इमान्दार छोरो भएर प्रस्तुत भएको बताए।

गाउँघरमा सबैको भन्दा मिठो स्वर भएको गायक ले धेरै प्रतिस्पर्धाहरूमा भाग लिएर प्रतिस्पर्धाहरु जितेपनि काठमाडौंसम्मको यात्रामा आफूभन्दा पनि राम्रो र मिठो स्वरका साथीहरूको संगत र प्रतिस्पर्धामा नेपाली लोक गित संगीतमा आफ्नो सांगीतिक गन्तव्य खोज्दा गायक भन्दा पनि गीतकारमा आफ्नो भबिस्य देखेको कारण आज पाँच सयको हाराहारीमा लेखेका सबै गीतहरू दर्शक श्रोताले मन मनपराइदिनु भएको र माया पनि गरिदिनु भएको बताए।

पछिल्लो समय लोकदोहोरी प्रतिष्ठान भित्र राजनीतिले उग्र रुप लिन्छ कि भनेर डराएका सर्जक रमेश बी जी को सबै लोकदोहोरी प्रतिष्ठान सँग जोडिएका कलाकार,पदाधिकारी,शुभचिन्तक र शुभेच्छुकहरुलाई राजनीतिको धुलो कुल्चेको चप्पल संस्थाको ढोका बाहिर राखेर नितान्त कलाकार या लोक गित संगीतको पहरेदार भएर संस्थानको ढोकाभित्र प्रवेश गर्न पनि अनुरोध गरेका छन।

“राम्रो को भन्दा पनि हाम्रो, को र कला लाई भन्दा चर्तिकला” लाई अंगाल्ने केही हतास मानसिकता बोकेका मान्छेहरुले थोरै समयको लागि सस्तो लोकप्रियता कमाउन सके पनि दीर्घकालीन नहुने भन्दै विकास र प्रविधिको प्रयोग मौलिक गित संगीत जगेनार्थ हुनुपर्ने नत्र मौलिकता मासिंदै जादा, मौलिक संस्कृतिको अवसान सँगसँगै हाम्रो कला, साहित्य,संस्कृति र हामी स्वयं पनि पलायन हुने भएकोले हामी सबै यस कुरामा सजक र सचेत रहन पनि उक्त कार्यक्रममा वरिष्ठ सर्जक एवं गायक रमेश बिजीले अनुरोध गरे।

स्वागत र समापन कार्यक्रमको समापन समयमा सम्मानित सर्जक एवं गायक रमेश बिजी लाई विदाई गर्दै वरिष्ठ गीतकार एवं युवा साहित्यकार नवराज पन्तले भौगोलिकरुपमा टाढा रहेपनि आत्मीयता कहिल्यै टाढा नहुने भन्दै लोक गीत संगीत सिर्जनामा वरिष्ठ सर्जक रमेश बिजीले खर्चेको समय र गीतसंगीतको विकास र संवर्द्धनमा पुर्याएको भूमिका कुनै पवित्र ग्रन्थ या धर्मयुद्ध भन्दा कम नरहेको बताउँदै उसमाथि पनि जो लोकगीत संगीतमा लाग्दै गरेका भर्खर टुसाउन थालेका र लहरा हाल्न थालेका नव-कलाकारहरुलाई उहाँद्वारा व्यक्त गरिएका अनुभव र ज्ञानका कुराहरु एउटा थांक्रो बराबर हुने बताए।

२६ आश्विन २०७५, शुक्रबार ०३:५० मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »