logo

मरिश्का र सुशान्त संगै सरापेले देखाए यस्तो बबाल डान्स, गोपी दाहालको “हिस्सी परेकी” रिलिज

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
दर्शक श्रोताको इच्छालाई ध्यानमा राखेर हरेक पल्ट केहि फरक र रमाइलो गीत बजारमा लिएर आएका गीतकार तथा गायक गोपी दाहालको नया गीत “हिस्सी परेकी” सार्वजनिक भएको छ | दशैंको मुखमा उनले यो गीत रिलिज गरेका हुन् | सबै देशमा तथा विदेशमा रहनु हुने नेपालीहरुलाई बडा दशैँको शुभकामना दिदै उनले आफ्नो नया प्रस्तुति पेश गरेको बताएका छन् | दशैंको नजिक रिलिज गरिएको उनको यस गीतमा गाउँघरको स्वाद लिन पाईन्छ | प्रेम भाव संगै सबैको मन छुने शब्द उनले यस गीतमा समावेश गरेका छन् | उनको यस गीतमा उनको आफ्नै स्वर समावेश रहेको छ |

यस्तै उनको यस गीतमा एन.के ब्रदर्सको संगीत रहेको छ भने अरेन्जको काम संजीव सुब्बाले गरेका छन् | गीतमा गोपी दाहाल र किशु गुरुङको स्वर समावेश रहेको छ | गीत र भिडियो एकसाथ हिजो दर्पण मिडियाको युटुब च्यानल देखि रिलिज गरिएको छ | रिलिज हुन साथ गीत र भिडियोले एकदम राम्रो प्रतिक्रिया पाईरहेको छ | गीतको भावलाई बुझेर नै म्युजिक भिडियो पनि निर्माण गरिएको छ | मुनालशिशिर कोइरालाको निर्देशनमा यस गीतको भिडियो तयार भएको छ | गीतमा बिदुर पाण्डे (नबिन) को छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ | यस्तै गीतको यस भिडियोलाई हरिप्रिया दाहालले निर्माण गर्नुभएको हो |

भिडियोमा नेपाली चलचित्र क्षेत्रमा जमेका कलाकार मरिश्का पोखरेल, सुशान्त कार्की, यादब देवकोटा (सरापे) , इश्वोर बल्लव र कृष्ण चौधरीको अभिनय रहेको छ | गीतमा नृत्य संगै केहि रमाइलो खुराक पनि निर्माण पक्षले मिश्रण गरेको छ | यस्तै भिडियोमा नेपाली कला संस्कृति झल्काउने पोशाकको समेत प्रयोग गरिएको छ जसले भिडियो अझै सुन्दर देखिएको छ | कलाकारको अभिनय पनि कम छैन यस भिडियोमा | सुशान्त र मरिश्काको जोडी निकै सुहाएको छ भने भिडियोमा उनीहरुले निकै राम्रो काम गरेको पनि देखिन्छ | गोपी दाहालको यो नया प्रस्तुति धेरै पछि आएको हो |

यस हिसाबले पनि दर्शक श्रोताहरुलाई उनको यो प्रस्तुति बिशेष रहने देखिन्छ | आफुले सक्दो मेहेनत गरेर राम्रो प्रस्तुति दिने प्रयास गरेको र अवश्य पनि आफ्नो प्रस्तुतिलाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने विश्वास उनले ब्यक्त गरेका छन् | यस्तै उनले अबको दिन आफ्नो राम्रो राम्रो दमदार प्रस्तुति दर्शक श्रोताहरुले हेर्न र सुन्न पाउनुहुने समेत उनले बताएका छन् | उनको थुप्रै गीत अब बजारमा आउने तयारीमा रहेको छ | लामो समय देखि उनि अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा काम गरिरहेका छन् | उनको थुप्रै गीत बजारमा आईसकेको छ भने अमेरिकामा र नेपालमा पनि उनको आफ्नै छुट्टै किसिमको पहिचान समेत बनिसकेको छ | हेर्नुस भिडियो :

३० आश्विन २०७५, मंगलवार ०९:२८ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »