logo

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

संबाददाता

Loading…

१५ अक्टोवर, कोपनहेगन ।

घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक छलफल भएको छ ।  डेन्मार्कको ओडेन्सेमा “घरघरमा फोहरबाट जैवीक/तरल मल बनाई करेसा बारी/खेती गर्ने” बिषयको प्रविधि हस्तान्तरण सम्बन्धी सेमिनार भएको हो । 

नेपाली राजदूतावास डेनमार्कको आयोजना र ओडेन्सेमा रहेका नेपालीको सक्रियतामा अक्टोवर १३ तारिखका दिनमा सो बिषयमा कार्यक्रम भएको हो । साथै दुताबासले प्रदान गर्ने सेवाहरु राहदानी, कन्सुलर लगायतको विषयमा पनि अन्तरक्रिया भयो ।

राजदुत युबनाथ लम्सालले डेनमार्कको यातायात व्यबस्था, कर प्रणाली, पारदर्शिता, व्यापार तथा पर्यटन क्षेत्रमा रहेको प्रविधिलाई नेपालमा ट्रान्सफर गर्न सके त्यसले नेपालको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 
यस्ता किसिमका योजना तथा कार्यक्रम नेपाल लैजानको लागि आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । 

डा. भानु पोखरेलले डेनमार्कमा फोहोर ब्यबस्थापन कसरी गरिन्छ र काठमाडौंको फोहोर व्यवस्थापनको अवस्था कस्तो रहेको छ भन्ने जानकारी दिदै घरबाट निस्कने प्रांगारिक फोहरलाई घरमै कसरी मोहोर  बनाउन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

राजदुताबासका उपनियोग प्रमुख डोरनाथ अर्यालले यस्ता योजनालाई प्रयोगमा ल्याउन सरकारी अथवा व्यक्तिगत तवरबाट चाल्नुपर्ने कदमहरुको बारेमा चर्चा गरे । 

दिनेश चन्द्र पन्तले प्रांगारिक फोहोर व्यवस्थापनमा नगरपालिकाको भूमिकाका बारेमा जानकारी दिए । गैर आवासिय नेपाली सङ्घ डेनमार्कका अध्यक्ष यमलाल सुवेदीले यस्ता योजना नेपाल लैजान सबैको पहल हुनुपर्नेमा जोड दिए । सङ्घका उपाध्यक्ष डा. नविन अर्यालले फोहोर व्यवस्थापनमा लामो समय देखि काम गर्दै आएको र यदि कसैले यस क्षेत्रमा काम गर्न खोजेमा आफु सहकार्य गर्न तयार रहेको बताए । 

कार्यक्रमका सहभागी शैलेश राजकर्णिकाले यस्ता किसिमका कार्यक्रम समय समयमा हुनुपर्नेमा जोड दिए । अर्का सहभागी यम अर्यालले बिदेशमा रहेका विज्ञहरुको सीप र ज्ञानलाई नेपालको विकासका लागि प्रयोग गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

३१ आश्विन २०७५, बुधबार १५:०७ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »