logo

“उज्ज्वल” को अपार सफलता पछि दोस्रो एल्बम “प्रज्वल” बिमोचन गर्दै गीतकार गोपी दाहाल

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
कुशल शब्द लेखन क्षेमताको कारण निकै कम समयमा नेपाली सांगीतिक क्षेत्रमा आफुलाई फरक किसिमले परिचित गराउन सफल गीतकार गोपी दाहालको दोस्रो एल्बम “प्रज्वल” यहि आउँदो शनिबार अमेरिकामा बिमोचन हुदैछ | नोभेम्बर ३ तारिखको दिन अमेरिकाको सिनसिनाटी. ओहाइयोमा ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त प्रस्तुति रहेको “दिपावली म्युजिकल धमाका २०१८” कार्यक्रममा गोपी दाहालले आफ्नो दोस्रो एल्बम बिमोचन गर्न लागेका हुन् | उक्त कार्यक्रममा उपस्थितिको लागि उनले सबैलाई निमन्त्रणा समेत गरेका छन् | कार्यक्रम पूर्णरुपमा सांस्कृतिक हुनेछ |

गीतकार गोपी दाहालको यस दोस्रो एल्बममा ५ वटा सुमधुर गीत समावेश रहेका छन् जसको कम्पोज अम्बर तुम्बापो सुब्बाले गरेका हुन् | उक्त पाँच वटा गीतहरु र त्यसमा स्वर दिएका गायकहरुको नामवली यस्ता रहेका छन् | १.”सानीमा सानी” – शिव परियार, २.”बासगर मेरी माया” – राजेशपायल राई, ३.”विश्वास गर बेसरी” – राजनराज शिवाकोटी, ४.”इटरीको सुकुटी” – किरण गजमेर, ५.”चौंरीको छुर्पी खाएर” – रमेश कँडेल | सबै गीतहरु निकै नै कर्णप्रिय रहेको छ | उनको दोस्रो एल्बममा समावेश ५ गीत मध्य “सानीमा सानी”, “बासगर मेरी माया” र “इटरीको सुकुटी” बोलको ३ गीतको भिडियो समेत बजारमा केहि समय अगाडी नै रिलिज गरिसकिएको छ |

त्यस मध्य गायक शिव परियारको आवाजमा तयार भएको “सानीमा सानी” बोलको गीतले भने औधि नै चर्चा कमायो | हुन त उनको सबै गीत नै दर्शक श्रोताले मनपराए | यसको प्रमाण हो उनको पहिलो एल्बमको सफलता | उनको पहिलो एल्बम “उज्ज्वल” ले पनि धेरै दर्शक श्रोताको मन जित्यो | आफ्नो पहिलो एल्बमको सफलताको कारण नै उनले आफ्नो दोस्रो एल्बमको तयारीमा जुटे र आफ्नो लेखन यात्रालाई निरन्तरता समेत दिए | उनि बिगत लामो समय देखि अमेरिकामा नै बसेर नेपाली गीत संगीत क्षेत्रमा कलम चलाईरहेका छन् | उनको लेखन शैलीको बेला बखतमा नेपाली सांगीतिक बजारमा चर्चा समेत हुने गरेको छ |

उनको आफ्नै किसिमको पहिचान गीत लेखन क्षेत्रमा बनिसकेको छ | नेपाली गीत लेखन क्षेत्रमा उनले लामो समय बिताए | प्रवासमा बसेर उनले गरेको मेहेनतको दर्शक श्रोताबाट सहि ढंगले मुल्यांकन पनि भएको छ | यसका लागि उनले सबै दर्शक श्रोतालाई हृदय देखि नै धन्यवाद समेत दिएका छन् | हुन त हाम्रो नेपाली गीत संगीत क्षेत्रमा गीतकारको कमि छैन | तर प्रवासमा बसेर त्यो पनि अब्बल रचना गर्ने गीतकारको संख्या भने कम नै छ | यस सुचिमा गोपी दाहालले भने आफ्नो नामलाई धेरै माथि सम्म पुर्याउन सफल भएका छन् | उनको मेहेनत र दर्शक श्रोताको साथ यहि सबै कुराको सहि संयोजनले आज उनले सफलता हासिल गरेका छन् |

उनि अहिले आफ्नो थुप्रै नया गीतको तयारीमा ब्यस्त रहेका छन् | दशैं अघि मात्रै उनको “हिस्सी परेकी” बोलको गीत रिलिज भएको छ | उक्त गीतले निकै कम समयमा नै धेरै दर्शक श्रोताको माया समेत पाईसकेको छ | उनको आफ्नै शब्दमा यो गीत तयार भएको हो भने यस गीतमा एन.के ब्रदर्सको संगीत र संजीव सुब्बाको अरेन्ज रहेको छ | गीतमा गोपी दाहाल र किशु गुरुङको स्वर समावेश रहेको छ | गीतको भिडियो पनि संगै रिलिज गरियो जसमा सुशान्त कार्की, मरिश्का पोखरेल, यादब देवकोटा (सरापे), इश्वोर बल्लव र कृष्ण चौधरीको अभिनय रहेको छ | मुनाल शिशिर कोइरालाको निर्देशनमा बनेको भिडियो निकै आकर्षक बनेको छ |

आफुले पहिलो एल्बम जस्तै दोस्रो एल्बम पनि राम्रो बनाउने प्रयास गरेको उनले बताएका छन् | पहिलो एल्बममा भएका कमि कमजोरीहरुलाई सुधार्दै र दर्शक श्रोताको सल्लहा सुझाब सबै समेटेर आफुले दोस्रो एल्बममा धेरै नयापन समेत लिएर आएको बताएका छन् | उनको यो अभिव्यक्ति एक हिसाबले सत्य पनि साबित भएको छ | दोस्रो एल्बमको उनको ३ वटा गीतको भिडियो बजारमा आइसक्दा यो सबै कुरा प्रमाणित समेत भईसकेको छ | यस हिसाबले उनले आफुलाई दिन प्रति दिन अझ सशक्त र अब्बल बनाउदै लगिरहेका छन् | आगामी दिन आफुले अझै राम्रो प्रस्तुति पेश गर्ने प्रयास गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

साच्चै नै प्रवासमा बसेर उनले नेपाली सांगीतिक क्षेत्रमा दिएको योगदान सराहनीय नै रहेको छ | अबको उनको आगामी प्रस्तुति अझ दमदार हुने र उनको दोस्रो एल्बमबाट पनि उनले सफलता हासिल गर्ने आशा हामी लिन सक्छौ र उनलाई पनि यस प्रति विश्वास र आशा रहेको छ | आजको दिनमा धेरै दर्शक श्रोताले उनलाई राम्रो गीत बजारमा पेश गरिरहने कुशल र अब्बल गीतकारको रुपमा चिनेका छन् | हुन त उनि भित्र अरु पनि थुप्रै प्रतिभाहरु समाहित छ तर पनि उनि विशेष गीत लेखन विधामा नै आफुलाई अगाडी लिएर गईरहेका छन् | हेर्नुस भिडियो :

१६ कार्तिक २०७५, शुक्रबार १३:०८ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »