logo

अहिलेको सरकारलाइ असफल पार्ने भाइरस कर्मचारी र मन्त्रीहरु

संबाददाता

Loading…

सज्जन कुमार सिँह
नेपाल ठुलो राजनैतिक आरोह अवरोह,समर्पण त्याग झेल्दै यो अवस्था सम्म आएको छ । गणतन्त्र,संघियता सहित देश अहिले नयाँ प्रयोगमा अघि बढिरहेको छ । सँसार कै उदार मान्यता र वादलाइ अँगाल्ने कम्युनिष्ट पार्टिको दुइ तिहाइको एउटा ऐतिहासिक अवसर अहिलेको सरकार सँग छ । यस्तो अवसर इतिहासम कम मात्र हुन्छ । राणा,राजा हुँदै काग्रेसले लामो समय शासन गरेको नेपालमा नयाँ परिवर्तन र विकासको नारा सहित आएको कम्युनिष्ट र कम्युनिष्टमा पनि ठुलो युद्ध र बलिदान सहित आएका शक्तिहरु सहितको सयुक्त कम्युनिष्टहरुको दुइ तिहाइ सरकार छ ।

राजाले,काग्रेसले केहि गरेन भन्दै उनीहरुलाइ विरोध र आलोचना गर्ने कम्यनष्टिहरुको हातमा छ यो देशको शाषन । बहुमतीय सरकार छ भने देशमा सँघियताको नयाँ प्रयोग पनि पहिलो पटक यहि सरकाले परिक्षण गर्नु परेको छ ।
सँघियताको नयाँ व्यवस्थालाइ लागु गर्नु, यसका सवल दुर्वल पक्षहरुको अनुभव पनि यहि सरकाले गर्दै छ । यो मानेमा पनि यो सरकारसँग केहि अप्ठ्यारा छन् । पहिला सँघियता सँघियता भनेर उफ्रिएकाहरु फेरि कतै यो सँघियता नै हाम्रा लागि घाडो हो कि भन्ने पनि बहस गर्न थालिएको छ ।
हिजोका तुलनामा आज गाउँघर,जताततै राज्यहरु छन् । स्थानीयनिकायहरु छन् । प्रदेश सरकार, स्थानीय निकायहरुको सक्रियता छ यो निकै राम्रो पक्ष हो । स्थानीय नागरिकलाइ केहि सहज पनि भएको छ । तर जसरी संघियता मार्फत छिटो छरितो सरकारको सेवा सुविधा नागरिक समक्ष पु¥याउने लक्ष्य लिइएको थियो सोहि अनुसार स्थानीय नागरिक समक्ष स्थानीय सरकार पुगेको छ ।
राज्य सँग नागरिकको पहुच त पुगेको छ तर स्पष्ट नितिको अन्योल र कर्मचारी तथा निर्वाचित प्रतिनिधीहरु पनि विकासलाइ भन्दा सरकारी बजेट कसरी मिलाएर खाने भन्नेमा बढि केन्द्रित भएको आरोप लाग्दै छ ।
बजेट ठुलो परिणामा आएको छ र त्यसलाइ स्थानीय जनप्रतिनिधीहरुले नै वाड्दा नागरिक सँग छिटो र प्रभावकारी ढँगले पुग्ने भएपनि जनप्रतिनिधीले अधिकारको दुर प्रयोग गरेका र कर्मचारी तन्त्रहरुको यो प्रकृयासँग भएको रुस्टताले समस्या खडा भएको छ ।
यसरी दुइ तिहाइको सरकारबाट नागरिकले ठुलो अपेक्षा राखेका थिए । तर कम्युष्टि दुइतिहाइ शक्तिशाली सरकारको काम कारबाहि प्रति नागरिकले सहजता अनुभुति गर्नपाएनन् । जनअपेक्षा अनुसार यो सरकार पनि काम गर्न सकिरहेको छैन् ।
यसको मूख्य दुइ कारण हुन् । १ कर्मचारी र २ स्वयँमन्त्रीहरु नै । नयाँ सँरचनामा कर्मचारीहरुले आफूलाइ निकै कमजोर महसुस गरेका छन् । स्थानीय निकाय तथा सँरचनाहरु रिक्त रहँदा आफैले शासन गरेका कर्मचारी प्रतिनिधीको आदेश र दबाबमा काम गर्नूपर्दा निकै रुष्ट छन् । भने अधिकाँस कर्मचारीहरु विभिन्न विचारधारा र राजाकालिन,काग्रेस कालिन अवस्थामा भर्ति भएका छन् । उनीहरुलाइ समयअनुसार परिवर्तन् चाहेका छैनन् ।
मन्त्रीहरु पनि लोभी र आफ्नो कार्यकुशलतालाइ नागरिकको हितमा प्रयोग गर्नुको साटो उहि पुरानै शैलीअवलम्बन गरि आफ्नै स्वार्थपुर्तिका लागि लागेको पाइयो । त्यसैले पनि अहिले ओली नृतृत्वको सरकारलाइ एउटा असफलता तिर धकेलिरहेको छ । जब सम्म माथिल्लो तहबाट नै काम कारबाहि फितलो हुन्छ । व्यक्तिगत स्वार्थमा मन्त्रीहरु र माताहातका व्यक्ति फस्छन् त्यो भ्रष्ट आचारणले तलका निकाय पनि सोहि शिरोधार्य गर्छन । त्यसैले मन्त्री र कमचोर कर्मचारीहरुलाइ ठिक नपारे सम्म शक्तिशाली सरकार अनुभुति गर्ने अवस्था सिर्जना हुन्न ।

२८ कार्तिक २०७५, बुधबार १८:४० मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »