logo

सर्जक एवं गायक वसन्त थापाको अहिले सम्मकै सर्बोउत्कृष्ठ लोक पप पन्चेबाजा गित “पानीले भिरालो खोज्यो” मा गायिका सीता श्रेष्ठले देखाइन आफ्नो स्वर-कौशल!!! (पूरा भिडियो सहित)

संबाददाता

Loading…

नवराज तिमल्सिना “एकान्ते”

बजारमा प्रकाशन गर्नुभन्दा पहिले नै चर्चा बटुल्न थालेको नेपाली लोक पप पन्चेबाजा गित “पानीले भिरालो खोज्यो” लोक गित संगीतको इतिहासमै अत्यधिक लगानी गरेर निर्माण गरेको मानिन्छ। उत्त गित प्रकाशन भएको केही समयमा नै सर्बत्र भाइरल समेत बनिरहेको छ। सर्जक एवं गायक वसन्त थापाको अफिसियल युटुब च्यनल मार्फत प्रकाशन गरिएको “पानीले भिरालो खोज्यो” ले समकालीन समयमा प्रकाशन भएका अरु गितहरुलाइ पछि पार्दै बाजि मार्ने पक्कापक्की देखिन्छ।

सामाजिक रितिथिती, चल्नचल्तिका मुल्यामान्याता र सांस्कृतिक परंरागत परिधिभित्र रहेर निर्माण गरिएको “पानीले भिरालो खोज्यो” ले हाम्रो समाज र उमेर पुगेका युगल जोडिहरुको प्रेमिल कहानिलाइ दाम्पत्या जिवनमा परिणत गर्ने प्राकृतिक विषयबस्तुको उठान गर्न खोजेको देखिन्छ।

“पानीले भिरालो खोज्यो” मा देखिएका प्रमुख अनुहारहरु:

निर्माता: राजन क्षेत्री

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका राजन क्षेत्री लोकगीत संगितलाई असाध्यै माया गर्छन। उनै राजनले विगत पाँचवर्षदेखि online messenger (eनेपाल खबर लोक दोहोरी) समूह मार्फत लोक गित संगीत संरक्षण र संवर्द्धनका निमित्त विभिन्न पहलकदमी हरु चाल्दै आएका छन् । कलाकारहरूको हौसलाको स्रोत बन्दै राजनले पछिल्लो दुई वर्षयता enepalkhabar. com नामक online media पनि सन्चालन गरिरहेका छन्। उनै समाजसेवी मनका धनी क्षेत्रीको लगानीमा निर्माण भएको लोक पप गित “पानीले भिरालो खोज्यो” भर्खरै सार्बजनिक गरिएको छ। गितमा नयाँ प्रयोग नौलोपन दिन खोजिएकोले अत्यधिक रुपमा सफल हुने बिस्वस्त रहेको हामिसङगको कुराकानिमा राजनले बताए।

निर्माता: अशोक सुवेदी

लामो समयदेखी अमेरिकालाइ कर्मथलो बनाउदै आएका समाजसेवी अशोक सुवेदी आफैमा क्षमतावान ब्यात्तित्त्वका धनी हुन। आफुले नगाएपनी,सिर्जना नगरे पनि लोक गित संगीत लाई असाध्यै माया गर्ने अशोक सुवेदीले “पानीले भिरालो खोज्यो” मार्फत निर्माताको रुपमा लोक गित संगीतमा प्रवासबाट नै डेब्यु गरेका छन र यो गित अत्याधिक रुपमा सफल हुनेमा बिस्वस्त रहेको पनि हामिसङ्गको कुराकानिमा अशोकले बताए।

सर्जक एवं गायक: वसन्त थापा

नेपालि जनजिब्रोको बोली समेट्न सक्ने र गीतको रुप दिएर सिर्जना गर्नसक्ने सर्जक। आफैंद्वारा सिर्जित उत्कृष्ट सिर्जनालाई गीत बनाएर गाउने, सुमधुर आवाजका धनी,बहुप्रतिभाशाली सर्जक एवं गायक वसन्त थापा पन्चेबाजा गित र मौलिक गित लय सिर्जनाका राजा नै मानिन्छन्। यतिले मात्र बसन्तको परिचय कम हुने गरेको छ आजभोली। नयाँ सिर्जनामा नयाँ र मौलिकपनको छवि छोड्न माहिर संगीतका खेलाडीलाइ प्रयोगात्मक सर्जक गायक भन्दा पनि फरक पर्दैन। यि नै प्रिय कलाकार, प्रीय सर्जक बसन्तको पछिल्लो समयको “पानीले भिरालो खोज्यो” ज्वलन्त उदाहरण हो।

लोक दोहोरी गायिका सीता श्रेष्ठ:

लोकदोहोरी गायिका सीता श्रेष्ठको पछिल्लो समय विभिन्न विधामा चार दर्जनजति गीतहरू बजारमा आइसकेका छन्। त्यसमध्ये केही गीतहरूले विभिन्न समयमा भएका म्युजिक अवार्डहरुमा अवार्ड पनि जितिसकेका छन्। उनै प्रतिभाशाली गायिका सीता श्रेष्ठले “पानीले भिरालो खोज्यो” मार्फत आफ्नो प्रतिभाको उजागर मात्र गरेकी छैनन् कि निकट भविष्यमा उनको बिकल्प नहुने र सीता श्रेष्ठ एउटा ठूलो ब्राण्ड बन्ने पक्का पक्की पनि गरेकी छन।

वसन्त थापा र लोकलोकदोहोरी गायिका सिता श्रेष्ठको आवाज रहेको गीतको निर्माण लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका लोक गीत संगीतप्रेमी सामाजिक मनका उदार समाजसेवी राजन क्षेत्री र अशोक सुबेदिले गरेका छन्।

सामान्य हिसाब किताब भन्दा धेरै मेहनत र लगानी गरेको ‘पानीले भिरालो खोज्यो’ को रेकर्डिङ राग studio मार्फत गरिएको छ। गीतको म्युजिक भिडियोमा दुर्गेश थापा, ओभि रायमाझी, मरिस्का पोखरेल र साथिहरुको अभिनय रहेको छ। निर्देशन प्रथम खड्काको रहेको छ भने ‘पानीले भिरालो खोज्यो’ लोकपप रत्यौलिको डिजाइन चर्चित संगीतकर्मी आशिष् अविरलले गरेका हुन।

२ मंसिर २०७५, आईतवार ०७:३७ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »