logo

जागिरबाट निकालिदिएको झोकमा हत्या गरि झोलामा फालिदिए

संबाददाता

Loading…

काठमााण्डौ

प्रवीण कुँवर चार वर्षदेखि गोंगबुमा स्वस्तिका गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए। मंसिर ११ गते साँझसाढे ६ बजे उनका ८ वर्षीय छोरा प्रयास कुँवर अचानक बेपत्ता भए।

स्याङ्जा जिल्लाका कुँवरको गेस्ट हाउसमा एक महिनाअघि महेन्द्र सार्की काम खोज्दै आइपुगेका थिए। स्याङ्जाबासी नै रहेका कारण कुँवरले गेस्ट हाउसमा काम दिएका थिए। सार्की ड्राइभरको रुपमा काम गरिरहेका थिए।

महानगरीय अपराध महाशाखाका अनुसार २२ वर्षीय सार्की राम्रोसँग काम गर्थेनन्। सधैंजसो काममा ढिलो आउँथे। राम्ररी काम नगरेपछि सञ्चालक कुँवरले सार्कीलाई कामबाट निकालिदिने धम्की दिइरहेका थिए।

मंसिर ११ गते पनि कुँवरले सार्कीलाई चेतावनी दिएका थिए। सोही चेतावनीको ‘रिस फेर्न’ सार्कीले उनका छोराको अपहरण योजना बनाएको महाशाखा प्रमुख धीरजप्रताप सिंहले बताए।

सिंहका अनुसार मिठाइ खुवाउने भनेर फकाएर सार्कीले बालकलाई उठाएका थिए। त्यसैदिन राति रानीबारीको जंगल लगेर सार्कीले बालकको घाँटी थिचेर हत्या गरेको सिंहले बताए।

प्रयास कुँवर

बालक र सार्की सँगसँगै बेपत्ता भएको भोलिपल्ट प्रहरीलाई खबर गरिएको थियो। खबर पाउनेवित्तिकै अपराध महाशाखाको टोली सार्कीको खोजीमा जुट्यो।

सार्कीलाई बिहीबार गोंगबुस्थित डेराबाटै प्रहरीले समात्यो। तर, सार्की समातिएपछि अनुसन्धान गर्दा अपहरण गरेकै राति बालकको हत्या गरेको खुल्यो।

‘अपहरण भएकै दिन हत्या गरेको बयान दिएपछि रानीबारी जंगलमा खोज्दा आज झोलामा बालकको शव फेला पर्‍यो,’ सिंहले सेतोपाटीसँग भने।

सिंहका अनुसार पक्राउ परेका सार्कीमाथि अनुसन्धान थालिएको छ। बालकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ।

महाशाखाका अनुसार परिवारका सदस्य नभएको मौका छोपेर स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट चकलेट खान दिई फकाए होटलकै गाडीमा लगेका थिए।

अनुसन्धान अनुसार सार्कीले बालकलाई गेस्ट हाउसकै गाडीमै राखेर मित्रनगरस्थित बिआर फेन्सी स्टोर र नजिकैको अर्को कपडा पसलमा लगेका थिए। त्यहाँ सार्कीले प्लाष्टिकका दुई वटा जेब्रा झोला किनेर लगेका थिए।

महाशाखा प्रमुख सिंहका अनुसार त्यही दिन बेलुका ६ः४५ बजे सार्कीले बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख र घाँटी थिची हत्या गरेका थिए। हत्यापछि बालकको शव झोलामा प्याक गरेर म्हेपीस्थित सामाखुसी खोलामा फ्याँकेका थिए।

सिंहका अनुसार शव फ्याँकेपछि गाडी लिएर सार्की होटल फर्केका थिए। फर्केपछि बालकका बुबालाई भेटेर सार्कीले खोजतलास गर्न सहयोग समेत गरेका थिए। सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन्। सेतापाटिमा खबर छापिएको छ ।

१४ मंसिर २०७५, शुक्रबार १६:०१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »