logo

एनआईसी एसियाको सीईओमा रोशनकुमार न्यौपाने

संबाददाता

Loading…

१६ मङ्सिर
काठमाडौं
एनआईसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन्।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत पश्चात न्यौपानेले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकारूपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए।

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकमा उत्कृष्ट सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटीएम सञ्जाललगायत परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाइसकेको छ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखका रूपमा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व सम्हालेका छन्। न्यौपाने चार्टड एकाउन्टेन्टसमेत हुन्।

न्यौपानेलाई सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

अधिकृत न्यौपानेले बैंकका ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैंकिङ सेवाप्रदान गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पले परिकल्पना गरेबमोजिम सबै सरोकारवालाको सर्वाङीण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकका रूपमा स्थापित गर्ने बताएका छन्।

एनआईसी बैंकले मुलुकभर दुई सय ६५ शाखा कार्यालय, दुई सय ७० एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकको वासलातको आकार दुई खर्ब १० अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ७१ अर्ब तथा कर्जा एक खर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा स्थिापित भएको छ।

 

१६ मंसिर २०७५, आईतवार २०:०१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »