logo

अमेरिकामा सकियो राजेशको नया गीतको रेकर्डिङ, “जुनी भरी संगै जिउँला” ले पायो तारिफ

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
हुन त हामीलाई हेर्दा सांगीतिक माहोल निकै सानो परिधिमा सिमित छ जस्तो लाग्ला तर त्यस्तो होइन | नेपाली गीत संगीतको परिधि धेरै ठुलो भईसकेको छ | अहिले नेपाली सांगीतिक क्षेत्रमा लागिपर्नेको संख्या कम छैन | नेपालमा बसेर संगीतलाई संरक्षण गर्ने उस्तै छन् भने विदेशमा बसेर नेपाली गीत संगीतलाई माया गर्नेको संख्या पनि अहिलेको अवस्थामा कम छैन | त्यहि भित्रको एक नाम राजेश अर्याल हो | बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली गीत संगीतमा डुबिरहेका उनले उतै बसेर नै धेरै गीत बजारमा लिएर आईसकेका छन् |

केहि दिन अगाडी मात्र उनको नया गीत “जुनी भरी संगै जिउँला” बजारमा रिलिज गरिएको थियो | प्राय आधुनिक सेन्टिमेन्टल गीत सिर्जना गर्ने उनले यसपटक भने रोमान्टिक भर्सनमा प्रयास गरेका थिए | उनको आफ्नो शब्दमा तयार भएको गीतमा भूपू पाण्डेको संगीत र अरेन्ज रहेको छ | नायक दयाहाङ राईको श्रीमती बेनुका राई र गायक भूपू पाण्डेले नै गीतमा स्वर समेत भरेका छन् | गीतको शैली फरक छ भने सुन्दा आनन्द पनि लाग्छ | प्रेमभाव समेटेर यो गीत तयार भएको छ |

पछिल्लो समय राजेश अर्यालको शब्द रहेको एक पछि अर्को गीत तयार हुदैछ | यहि बीच उनको शब्द रहेको नया गीतको अमेरिकामा नै रेकर्डिङ कार्य सकिएको छ | गीतमा सोम सुब्बाले स्वर दिएका छन् | यस्तै गीतमा भूपू पाण्डेको संगीत रहेको छ | अहिले गीतको मिक्सीङको काम भईरहेको छ | यो गीत पनि छिट्टै नै बजारमा लिएर आउने जानकारी राजेश अर्यालले दिएका छन् | अमेरिकामा बसेरै भए पनि राजेश अर्याल गीत संगीतमा निकै फुर्तिलो हिसाबले लागिपरेका छन् | विदेशको जीवन संग समयको तालमेल मिलाएर उनले निरन्तर आफ्नो समय संगीतमा खर्चिरहेका छन् | हेर्नुस भिडियो :

२० मंसिर २०७५, बिहीबार ०६:१२ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »