logo

नेपाली गीत संगीतमा थ्री डी को मेल, यस्तो बन्यो मिन बिष्टको “झ्याई झ्याई झ्याई”

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
मिन बिष्ट नेपाली सांगीतिक क्षेत्रमा नया आयाम लिएर आउने कोशिशमा लागिपरेका एक संगीतकार | उनको नाम भर्सक सबैजना सम्म पुगेको त छैन होला तर नेपाली सांगीतिक क्षेत्र भित्र भने बेलाबखतमा बाहिर आईरहने नाम हो यो | भनिन्छ नि गीत संगीतमा चल्नको लागि केहि नया गर्नु आवश्यक छ र अहिलेको परिवेश त त्यहि अनुरुप नै चलेको छ भन्दा कुनै फरक पर्दैन | यहाँ अहिलेको सांगीतिक श्रोताको पनि फरक रोजाई छ | त्यहि किसिमले संगीतकार मिन बिष्ट अगाडी बढिरहेको पनि देखिन्छ |

उनले २ दशक नेपाली संगीत क्षेत्रमा बिताईसके भने पहिला पनि उनले केहि नया प्रयोग गरेर नेपाली संगीतलाई केहि दिने प्रयास गरेकै हुन् | यस्तै प्रयास यसपटक उनले फेरी गरेका छन् | प्रशंग हो उनको नया गीतको जो कि केहि दिन अगाडी मात्र युटुबमा रिलिज भएको हो | गीतको बोल छ “झ्याई झ्याई झ्याई” | नेपाली मौलिक बाजागाजाको प्रयोग यस गीतमा अत्याधिक गरिएको छ भने संगीतले नै आनन्द दिलाउछ | एकपटक सबैले सुनेपछि अवश्य यसको अनुभव हुने नै छ | अब कुरा हो यसमा के त्यस्तो नया कुराको प्रयोग भएको छ त |

थ्री डी यो शब्द हामीले अक्सर अहिले सुनिरहेको नै हो | विशेष त चलचित्रमा, भिडियोहरुमा र गेम्समा पनि यो शब्द अहिले आउछ | यसको आफ्नै विशेषता छ सम्भवत यसको बखान गर्नु त्यति आवश्यक भने अहिले छैन किन भने धेरैलाई यस बिषयमा ज्ञान र जानकारी छ | तर त्यहि थ्री डी गीत संगीतमा | यो सुन्दा अचम्म लाग्न सक्छ | तर यो सत्य भएर आएको छ र यसलाई प्रयोगमा ल्याएका छन् संगीतकार मिन बिष्टले आफ्नो नया गीतमा | जानु काम्बाङ लिम्बुको शब्द यस गीतमा रहेको छ भने संगीत संयोजन कुमार थापाले गरेका हुन | गीतमा नम्रता राई र राम धिमालले स्वर दिएका छन् | गीतको संगीत मिन बिष्टले आफै गरेका हुन् |

उनको यो प्रयास कति हद सम्म सफल छ अब यसको मुल्यांकन गर्ने जिम्मा त दर्शक श्रोताको नै हो | उनले सबै संग यहि नै अपिल समेत गरेका छन् कि आफ्नो यो नया प्रयोगको बारेमा आफुले प्रतिक्रिया पाएमा आगामी दिन अझै राम्रो तरिकाले नया कुरा दिन सक्ने साहस र हौसला आफु भित्र उत्पन्न हुने विश्वास उनले ब्यक्त गरेका छन् | साच्चै नै मिन बिष्टको कोशिशले नेपाली गीत संगीतमा नया कुराको स्वाद थपेको नै छ र उनको कामले गीत संगीतको उचाई धेरै हद सम्म माथि उठाएको पनि छ | हेर्नुस भिडियो :

२२ मंसिर २०७५, शनिबार १३:२७ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »